arin enterprises

ललितपुरको महालक्ष्मी सडकमा भ्वाङ

SamacharDesk | २०८१ श्रावण ३०, बुधबार

ललितपुरको महालक्ष्मी नगरपालिका– ३ बाक्लोगाँउ चोक अगाडिको सडक भासिएर भ्वाङ परेको छ ।

सडक भासिएपछि महालक्ष्मी नगरपालिका-३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल-बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा सवारी आवागमन अवरुद्ध भएको छ ।

केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण उक्त सडकको झण्डै ३ मिटर क्षेत्र भ्वाङ परेको छ ।

यसअघि राजधानीको काठमाडौँ प्लाजा नजिकको सडक भासिएका कारण सडक अवरुद्ध भएको थियो ।

त्यो सडक निर्माण सम्पन्न हुन तीन महिना लाग्ने सडक विभागले जनाएको छ ।

यस्तै केही महिना अघि सोह्रखुट्टेबाट नयाँबजार जाने बाटोमा पनि सडक भ्वाङ परेर जमेको पानीमा दुई मोटरसाइकलमा सवार दुई यात्रु खसेका थिए ।

Categorized in समाज