arin enterprises

पन्डोरा पेपर्समा सचिन तेन्डुलकर पनि

SamacharDesk – बिकाश | २०७८ आश्विन २०, बुधबार

भारत सरकारले पन्डोरा पेपर्सको बहु एजेंसी जाँचको आदेश दिएको छ । पन्डोरा पेपर्समा ३ सय बढि भारतीयको नामसमेत मुछिएपछि भारत सरकारले जाँचको आदेश दिएको हो ।

पन्डोरा पेपर्समा मुछिएका भारतीयमा विश्व प्रशिद्ध क्रिकेटर सचिन तेन्डुलकरसमेत परेका छन् । पूर्व क्रिकेटर तेन्दुलकर र उनको परिवारका सदस्यहरुसमेतको नाम पन्डोरा पेपर्समा आएको छ ।

तेन्दुलकरलाई २०१६ मा स्थापित ब्रिटिश भर्जिन आयरल्यान्डको एक संस्थाको मालिक बताइएको छ । उक्त कम्पनीमा पूर्व क्रिकेटर तेन्दुलकरको साथमा उनकी पत्नी अंजलि तेन्दुलकर र ससुरा आनंद मेहतालाई मालिक र निर्देशक बताइएको छ ।

सचिन तेन्दुलकर फाउन्डेशनका सीआईओले यी सबै लगानी वैध र कानूनी हिसाबले सहि दावी गरेका छन् ।

अम्बानी पनि मुछिए पन्डोरा पेपर्समा

त्यसैगरी यसमा उद्योगपति अनिल अम्बानीको नाम पनि आएको छ । पन्डोरा पेपर्समा रिलायन्स एडीए ग्रुपका अध्यक्ष अनिल अम्बानी र उनका प्रतिनिधिहरुसँग कम से कम १८ अफशोर कम्पनीहरु रहेको दावी गरिएको छ ।

२००७ देखि २०१० सम्ममा स्थापित यी कम्पनीहरुले कम से कम १.३ बिलियन डलर लगानी गरेको दावी गरिएको छ ।

यस सम्वन्धमा अनिल अम्बानीले कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि एक वकिलले भने उनको तर्फबाट बोल्दै अम्बानीले भारतीय अधिकारीहरुलाई कानून अनुसार आवश्यक सबै जानकारी दिएको दावी गरेका छन् ।

केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी) का अध्यक्ष जेबी महापात्राले यस जाँच दलको नेतृत्व गर्नेछन् । भारतीय विदेश मन्त्रालयले दोषी पाइएकालाई उचित गरिने बताएको छ ।

Categorized in अन्तर्राष्ट्रिय