ललितपुरमा ‘सफायर एस्थेटिक केन्द्र’ सुरू
SamacharDesk – बिजयरत्न | २०८१ माघ २०, आइतबार

ललितपुरमा सफायर एस्थेटिक केन्द्र संचालनमा आएको छ । ‘उज्वल छालाको लागि तपाईंँको गन्तव्य’ भन्ने नाराका साथ ललितपुरको युएन पार्क नजिकै सफायर एस्थेटिक केन्द्र सञ्चालनमा आएको हो ।
लोकप्रिय कलाकार प्रशान्त ताम्राकार, अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले केन्द्रको संयुक्त रुपमा उद्घाटन गरे ।
विगत १० वषदेखि पुल्चोकस्थित नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टर सञ्चालन गर्दै आएकोमा यसलाई विस्तार गर्दै आफ्नो सेवा नयाँ ठाउँमा सिफ्ट भएको अकुलोप्लाष्टी एण्ड फेसियल प्लास्टिक सर्जन डा. पूजा राजभण्डारीले बताइन् ।
केन्द्रमा छाला उपचार, लेजर उपचार, बडी कन्टोरिङ र फ्याट रिडक्सन, पिआरपी थेरापी, कस्टेमिक डर्माटोलाजी, सौन्दर्य सर्जिकल सुविधा, कस्टोमाइज्ड स्किन केयर प्लानहरु प्राप्त गर्न सकिने बताइएको छ ।
Categorized in बिजनेस