arin enterprises

आज सुरक्षित इन्टरनेट दिवस

SamacharDesk – समाचारडेस्क | २०७८ माघ २५, मंगलबार

हरेक वर्ष फेब्रुवरी ८ तारिखलाई सुरक्षित इन्टरनेट दिवसका रूपमा मनाइन्छ ।

यस वर्ष ‘टुगेदर फर बेटर इन्टरनेट’ (राम्रो इन्टरनेटका लागि सँगसँगै) नाराका साथ यो दिवस विश्वभर मनाइँदै छ । विश्वमा इन्टरनेटको पहुँच र विस्तार भएसँगै सन् २००४ देखि सुरक्षित इन्टरनेट दिवस मनाइन थालेको हो ।

बालबालिका तथा युवाहरूका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्द्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्ने लक्ष्य लिइएको छ ।

सन् २०१९ देखि चाइल्ड सेफनेटले नेपालमा सुरक्षित इन्टरनेट दिवसको आयोजना गर्दै आएको छ ।

Categorized in विज्ञान-प्रविधी