arin enterprises

समीर बलामिको नेतृत्वमा चलचित्र पत्रकार संघ

SamacharDesk – विजयरत्न | २०७९ फाल्गुण १८, बिहिबार

चलचित्र पत्रकार संघमा समीर बलामिले नेतृत्व गर्ने भएका छन् । संघको बुधबार सम्पन्न नवौं महाधिवेशनमा प्रतिद्वन्द्वी राजन घिमिरेलाई पराजित गर्दै बलामी संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

बुधबार राति सम्पन्न मतगणनाले बलामिको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको हो ।

त्यस्तै संघमा कुबेर गिरी उपाध्यक्ष (कार्यक्रम) र विजय सुवेदी आवाज उपाध्यक्ष (संगठन) मा निर्वाचित भएका छन् । उपाध्यक्ष महिलामा भने सुरक्षा भट्टराई चुनिएकी छन् ।

संघको महासचिवको जिम्मेवारी रघुनाथ सापकोटाले पाए । यसैगरी सचिव खुल्लामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली, कोषाध्यक्षमा मनिष कार्की निर्वाचित भएका छन् ।सह–कोषाध्यक्षमा मनिष अन्जान दाहाल भने निर्विरोध चुनिए ।

संघको नयाँ कार्य समिति सदस्यहरुहरुमा भने सुष्मा श्री कार्की (महिला), सुरेन्द्र थापा, सिपी जैसी, अनुप भट्टराई, कृष्ण पाण्डे, निशा बजगाईँ तथा अर्जुन गुरागाईँ निर्वाचित भए भने समावेशी सदस्यमा मोहम्मद जालिम निर्विरोध रहे ।

Categorized in पेजथ्री