सामसङ ग्यालेक्सी एस२४ सिरिज बजारमा
SamacharDesk | २०८० माघ १५, सोमबार

२०८० मा भएको ग्लोबल अनप्याक पछि, सामसङले नेपालमा पनि नयाँ ग्यालेक्सी एस२४ सिरिजको रिलीजको साथ मोबाइल एआईको नयाँ युगको औपचारिक घोषणा गरेको छ ।
काठमाडौँ मेरियट होटलमा गरिएको यस अनप्याक कार्यक्रममा मोबाइल उपकरणहरू मार्फत विश्वसँग अन्तरक्रिया गर्ने तरिकालाई सधैँका लागि परिवर्तन गरिदिएको कम्पनीले दावी गरेको छ ।
कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ श्रृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी एस२४ सिरिजको अनावरण गरेका थिए ।
ग्यालेक्सी एस२४ को मुख्य विशेषता भनेको नेटिभ कल एप भित्र वास्तविक समय, दुई–तर्फी कल अनुवादहरूमै प्रत्यक्ष अनुवाद (लाइभ ट्रान्सलेट)को सुविधा राखिएको छ ।
यस सुविधाले, अर्को व्यक्तिले जुनसुकै फोन प्रयोग गरे पनि, आफ्नो प्रयोगकर्ताको लागि १३ भाषाहरूमा अडियो र टेक्स्ट अनुवादहरू हुने गर्दछ । यसबाहेक हराएर दिशाहरू सोध्ने वा रेस्टुरेन्टमा खाना अर्डर गर्नेको लागि होस्, यी फोनहरु प्रयोगकर्ताले आफ्नै व्यक्तिगत अनुवादकको रूपमा काम गर्न सक्छ ।
साथै, प्रयोगकर्ताले टेक्स्ट पठाउँदा, च्याट असिस्टले सन्देशलाई तुरुन्तै अनुवाद गर्दिन्छ, जसले प्रयोगकर्ताहरूलाई सजिलै बोल्न सक्ने भाषामा साथीहरूसँग टेक्स्ट गर्ने फिचरहरु समावेश गरिएको छ । फोन प्रयोगकर्ताहरुले ट्रान्सक्रिप्ट असिस्टको साथ, प्रयोगकर्ताहरूले रेकर्ड गरिएका कुराकानीहरूको छोटो सारांशहरू सिर्जना गर्न र साझेदारी गर्न सक्छन्, वा मिटिङहरूमा व्यवस्थित रहन नोट असिस्ट प्रयोग गर्न सक्छन् ।
नयाँ एन्ड्रोइड अटो सुविधाले चालकहरूलाई सुरक्षित रूपमा नेभिगेट गर्न, उनीहरूको मन पर्ने मिडिया पाउन र जता हुँदा पनि जहिले कनेक्टेड रहने कम्पनीले जनाएको छ ।
कम्पनीले यसको मूल्य ग्यालेक्सी एस२४ शृङ्खलाका लागि प्रि–बुक खुला गरिएको छ । ग्यालेक्सी एस२४ सिरिजकासुरुवाती मूल्य १ लाख १९ हजार ९ सय ९९ सुरु भएर १ लाख ९९ हजार ९ सय ९९ सम्मको रहेको छ ।
कम्पनीले ०% ब्याज दरमा ईएमआइ सेवा पनि प्रदान गरिएको छ ।
Categorized in बिजनेस