सामसुङले ४४० मेगापिक्सल भएको क्यामेरा सेन्सर बनाउँदै
SamacharDesk | २०८० भाद्र ३, आइतबार

सामसुङले ४४० मेगापिक्सल भएको क्यामेरा सेन्सर बनाउने भएको छ ।
प्रविधिसम्बन्धी विभिन्न विवरणको खुलासा गर्ने रेभनगसले ट्वीटरमा एक पोष्ट गर्दै सामसुङले चार नयाँ क्यामेरा सेन्सरहरुमा काम गरिरहेको दाबी गरेको हो ।
उक्त पोष्ट अनुसार सामसुङले ४४० एमपी एचयू वन, ३२० एमपी सेन्सर, ०.७ माइक्रोन पिक्सेल भएको २०० एमपी एचपी सेभेन र १.६ माइक्रो पिक्सेल भएको ५० एमपी आईसोसेल जीएन सिक्स सेन्सरमा काम गरिरहेको जनाएको छ ।
हुन त सामसुङ ब्रान्ड आफ्नो स्मार्टफोनको क्यामेरा सेन्सर प्रविधिका कारण चर्चित छ ।
सामसुङले यसअगाडि मानव आँखासँग मिल्दोजुल्दो रेजोलुसन भएका सेन्सरहरू विकास गर्ने घोषणा गरेको थियो । अहिले विकास भइरहेको ४४० एमपी सेन्सरलाई त्यसैको रुपमा हेरिएको छ ।
यद्यपि अहिलेसम्म यो सेन्सर के मा प्रयोग हुन्छ भनेर निश्चित भने छैन । यो सेन्सर कार वा अन्य इन्डस्ट्रियल सामग्रीमा प्रयोग हुनसक्ने भनेर विभिन्न मिडियाहरुले लेखेका छन् ।
३२० एमपी क्यामेरा सेन्सर Samsung Galaxy S26 वा योभन्दा हाई इन्ड फोनहरुमा प्रयोग हुनसक्ने रेभनगसले बताएका छन् ।
मिडियाटेकको डाइमेन्सिटी ९२०० चिपसेटले ३२० मेगापिक्सलको क्यामेरा सपोर्ट गर्ने तथ्यले पनि यो हाई रेजोलुसन सेन्सरको बजार बलियो भएको भनिएको छ ।
यसकारण चाँडै यो सेन्सर स्मार्टफोनमा हुने पनि बताइएको छ ।
स्मार्टफोनहरूमा ४४० एमपी प्रयोग भए क्यामेरा सेन्सर टेक्नोलोजीमा महत्त्वपूर्ण छलाङ हुने बताइएको छ ।
Categorized in विज्ञान-प्रविधीSamsung ISOCELL sensors being mass-produced in the latter half of 2024.
— Revegnus (@Tech_Reve) August 17, 2023
- 200MP with 0.6μm HP7
- 50MP with 1.6μm GN6
- 440MP with ??μm HU1
