arin enterprises

नेपालभाषाको सर्ट मूभि ‘चिपगु नीलः’ सार्वजनिक (भिडियोसहित)

SamacharDesk – बिराज | २०८१ जेठ २७, आइतबार

कथाकार केशरमान ताम्राकारको अवार्ड विनर कथामा आधारित सर्ट फिल्म ‘चिपगु नीलः’ सार्वजनिक भएको छ ।

आज भन्दा ४० वर्ष अघि ताम्राकारले नेपालभाषा साहित्य सम्मेलनमा प्रथम पुरस्कार जितेको कथामा आधारित भई निर्माण गरिएको सर्ट फिलम ‘चिपगु नीलः’ शनिवार कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लिक्समा प्रिमियर गरी सार्वजनिक गरिएको हो ।

जनकवि दुर्गालाल श्रेष्ठको साथै साहित्यकार हितकरवीर सिंह कसाः र आख्यानकार मथुरा सायमि लगायतको उपस्थितीमा भएको कार्यक्रममा उक्त फिल्म सार्वजनिक गरिएको हो ।

सोही कार्यक्रममा जनकवि श्रेष्ठ, साहित्यकार कसाः र आख्यानकार सायमिले फिल्मका कलाकार, प्राविधिकका साथै फिल्म निर्माणमा सहयोग गर्ने सहयोगीहरुलाई खादा र प्रमाण पत्रसहित सम्मान गरेका थिए ।

नेवाः कला क्षेत्रमा निरन्तर रुपमा सर्ट फिल्म र म्यूजिक भिडियो दिइरहेका निर्देशक योवन शाक्यले यस फिल्मको निर्देशन गरेका छन् ।

शाक्यले यस अघि ‘शहिद’, ‘आजु द्यः –आराध्यदेव) बाघ भैरब’, ‘ध्वः छध्वः रेखाया’ लगायतका शर्ट मुभि निर्माण गरी अवार्ड समेत जितिसकेका छन् । छायाङ्कन र दृश्य सम्पादन रक्की महर्जन र योवन शाक्यले गरेका छन् ।

चलचित्रमा अयलाः लूवया, सालूगु गाचा म्यूजिक भिडियोको सुपरहिट जोडी नेरिसा महर्जन र मनोज महर्जनको साथमा सुनिता श्रेष्ठ, चिरिबाबु महर्जन, नविन थेच्वमि, गंगा महर्जन, सलिना महर्जन, हसना महर्जन र बाल कलाकार ओसमि रंजितकारले अभिनय गरेका छन् ।

चलचित्रको टाइटल ट्राएक सचिका चिनाः गाएर लोकप्रिय भएकी गायिका निभा डंगोलले गाएकी छिन् भने संगीत यचु शाक्यको रहेको छ । सम्बाद उमेश स्थापितले लेखेका छन् ।

पतिको मृत्यु पछि आफ्नो जीवनलाई फेरी नयाँ ढङ्गबाट सुरु गर्न खोज्ने एक महिलाको संघर्ष यसमा देखाइएको छ ।

प्रिमियर लगत्तै यो सर्ट फिल्म नेवाः इन्टरटेनमेन्ट एचडी युट्युब च्यानलमार्फत विश्वव्यापी सार्वजनिक भइसकेको छ ।

Categorized in पेजथ्री