arin enterprises

श्रमाधान रोजगार मेला ललितपुरमा

SamacharDesk | २०८१ जेठ २९, मंगलबार

सातै प्रदेशमा संचालन भएको श्रमाधान रोजगार मेला बागमती प्रदेशमा आजबाट सुरु भएको छ ।

जेठ १७ गते देखि कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला वागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा आजदेखि शुरु भएको छ ।

मेला भोलिसम्म सञ्चालन हुनेछ । मेलामा ८० वटा नीजि तथा सरकारी क्षेत्रका स्टल रहेका छन् । रोजगार मेलाको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले गर्नुभएको छ ।

सो अवसरमा उहाँले श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्ने बताउनुभएको छ । उहाँले यो शुरुवात मात्रै भएको भन्दै मेलाले उद्यमी बन्न चाहनेको लागि सहज प्रक्रियाको जानकारी दिने बताउनु भयो ।

कुनै रोजगारीको लागि कस्तो खालको शिक्षा तथा सीपको आवश्यकता पर्दछ भन्ने विषयमा पनि छलफल हुने बताउनु भयो । मन्त्री श्रेष्ठले उद्योग, शिक्षा र श्रम मन्त्रालयको सहकार्यमा भोकेशनल तालिमहरु सञ्चालन गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दैनिक १५सय को हाराहारीमा वैदेशिक रोजगारीमा गइरहेको अवस्थामा यस्तो खालको मेलाले थोरै भएपनि नेपाली युवालाई नेपाल भित्रै रोकी राख्न मद्दत पुग्ने बताउनु भयो ।

मेलालाई ठूलो उपलब्धी रुपमा लिन सकिने बताउनु भयो ।

Categorized in बिजनेस
SKIP THIS buddhan jayanti 2082