शुभ गणपतिको १६ औँ वार्षिकोत्सव सम्पन्न
SamacharDesk – बिराज | २०८१ चैत्र ९, आइतबार

काठमाडौंको बाङ्गेमुढास्थित शुभ गणपति बचत् तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाले काठमाडौंमा ‘चुनौतिपूर्ण अवस्थामा सफल सहकारी संचालन’ बिषयक अन्तरक्रिया कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको हो ।
शनिवार आयोजित कार्यक्रममा सहकारीका सदस्यहरुबिच सो अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष अरुण सिद्धि तुलाधरले बर्नमान समयमा सफल सहकारी संचालन गर्न आवश्यक तत्वहरुबारे प्रकाश पारे ।
शुभ गणपति सहकारीले बर्तमान अवस्थामा पनि ती आवश्यक तत्वहरुको पालना गर्दै सफल रुपमा सहकारी संचालन गर्दै आएको छ । इमान्दारीपूर्वक नियम कानुनमा बसेर काम गर्ने सहकारी सुरक्षित छ, बचतकर्ता ढुक्क हुन सक्नुहुन्छ’ अध्यक्ष तुलाधरले बताए ।
त्यस्तै ऋण लगानि तथा असुलि उपसमितिका सदस्य अनिल कृष्ण जोशी र लेखा बिज्ञ प्रविण रत्न तुलाधरले पनि आ–आफ्ना विचार राखेका थिए ।
प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले कार्यक्रमका वक्ताहरुको प्रस्तूतीमा टिप्पणी गरेका थिए ।
‘चुनौतिपूर्ण बर्तमान अवस्थामा सफल सहकारी संचालन गर्नु आफैमा एउटा चुनौती हो, तर पनि शुभ गणपतिले संस्थामा सुशासन कायम गर्दै बचत तथा ऋणको उचित सन्तुलन राख्न सफल भएको छ’ कार्यकारी अधिकृत श्रेष्ठले भने ।
कार्यक्रममा कोषाध्यक्ष सुशिल रत्न तुलाधरले संस्थाको आर्थिक विवरण प्रस्तूत गरेका थिए ।
Categorized in बिजनेस