सोनू सुदमाथि जवरजस्ती अवैध निर्माण गरेको आरोप
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूराे | २०७७ पौष २९, बुधबार

भारतको मुंबई बीएमसी (बृहन्मुम्बई नगरपालिका) ले सोमु सुदमाथि अवैध निर्माण गरिरहेको आरोप लगाएको छ ।
बीएमसीले पहिले दुई पटक अवैध निर्माण भत्काइ दिइसकेर पनि सोनुले जुहू क्षेत्रमा आफ्नो अवैध निर्माण कार्य जारी राखेको बताएको छ । सोनू सूदको तर्फबाट गत हप्ता बम्बे हाई कोर्टमा दायर रिटको जवाफमा बीएमसीले यस्तो भनेको हो ।
निर्माण कार्य रोक्न बीएमसीले दिएको नोटिसलाई चुनौती दिँदै सोनू सूद बम्बे हाईकोर्ट पुगेका थिए । गत डिसेम्बरमा बीएमसीविरुद्ध सोनुले दिएको रिट निवेदन तल्लो अदालतले खारेज गरेको थियो ।
२०२० को अक्टोबरमा दिइएको उक्त नोटिसमा सोनुमाथि आवसिय क्षेत्रमा रहेको ६ तल्लाको ‘शक्ति सागर’ भवनलाई व्यापारिक होटलमा रुपान्तरण गरिरहेको आरोप लगाइएको छ ।
Categorized in पेजथ्री