arin enterprises

पाँच दिनका लागि वित्तीय बजार बन्द गर्दै श्रीलंका

SamacharDesk | २०८० आषाढ १२, मंगलबार

आगामी बिहीबारदेखि पाँच दिनका लागि श्रीलंकाको वित्तीय बजार बन्द हुने भएको छ ।

श्रीलंका सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नु अघि बित्तीय बजार बन्द गर्ने घोषणा गरेको हो ।

गत मार्चमा सहमति भएको अन्तर्राष्ट्रिय मुद्रा कोषको बेलआउट प्याकेज अनुरूप पुनर्संरचनाले सरकारी ऋणपत्रलाई असर गरेपछि त्यहाँको सरकार थप अप्ठेरोमा परेको थियो ।

भोलि यसै हप्ताको अन्त्यमा ऋण पुनर्संरचना योजनालाई अनुमोदन गर्न विधायिकाको विशेष अधिवेशन बोलाउने विषयमा छलफल गर्न सांसदहरूको बैठक आव्हान गरिएको छ ।

यस्तै चार वर्षे २.९ अर्ब अमेरिकी डलरको आईएमएफ उद्धार प्याकेजलाई निरन्तरता दिन सरकारले आफ्ना विदेशी ऋणदाताहरूसँग बाह्य ऋणको पुनर्संरचनाका लागि वार्ता भने जारी नै राखेको छ ।

श्रीलंका सरकारले आफ्नो खातालाई सन्तुलित बनाउन र टापु राष्ट्रको सबैभन्दा खराब आर्थिक संकटबाट बाहिर निस्कन आन्तरिक र विदेशी ऋण सेवालाई आधा बढी घटाउनुपर्ने आईएमएफको सर्त राखेको छ ।

श्रीलंका सरकारलाई हाल कुल वैदेशिक ऋणको १४ अर्ब डलर बढी विदेशी सरकारको द्विपक्षीय ऋण छ भने यसको ५२ प्रतिशत चीनलाई तिर्नुपर्ने भएको छ ।

Categorized in अन्तर्राष्ट्रिय