स्टार अवार्डको नोमिनेसनको प्रमाण वितरण सम्पन्न
SamacharDesk – बिराज | २०८२ बैशाख १४, आइतबार

संसारकै सबैभन्दा लामो र सबैभन्दा ठुलो दावी गरिएको संसार नेशनल स्टार म्यूजिक भिडियो अवार्डमा नोमिनेसनमा परेकालाई प्रमाण पत्र वितरण गरिएको छ ।
कीर्तिपुरमा आयोजित एक कार्यक्रममा अवार्डको विवभिन्न विधामा नोमिनेसनमा परेकाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।
कार्यक्रममा म्यूजिक, म्यूजिक भिडियोसँग सम्वन्धित विभिन्न ३२ विधासँगै भजनतर्फ ८ र बाल कलाकारसमेत गरी ४१ विधामा नोमिनेसनमा परेकालाई प्रमाण पत्र वितरण गरिएको थियो ।
३२ मध्येका प्रत्येक विधामा टप १० नोमिनेसन छ भने भजनतर्फ प्रत्येक विधामा टप ८ र बाल कलाकारमा टप १५ नोमिनेसन रहेको छ ।
यस अवार्डलाई सबैभन्दा लामो अवधि सञ्चालन हुने र सबैभन्दा बढि विधामा अवार्ड वितरण गरिने अवार्ड कार्यक्रम भनी विश्व रेकर्ड दावी गरिएको छ ।
कार्यक्रममा बोल्दै संसार्स क्रिएसनका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जनले यो अवार्ड विशुद्ध कला प्रेमीहरुको सम्मान र प्रोत्साहनको लागि आयोजना गरिएको भन्दै संसार्स क्रिएसनले कला क्षेत्रमा निरन्तर विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए ।
ललितपुर महानगरपालिका २१ वडाका वडाध्यक्ष रविन्द्र महर्जनले स्थानीय कला, संस्कृतिको उत्थानमा जनस्तरबाट हुने कार्यक्रममा स्थानीय सरकारको सदैव साथ रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा कला क्षेत्रविद् प्रकाश सायमी, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले समेत आआफ्ना विचार राखेका थिए ।
डुली डुली रहुँ म्यूजिक भिडियाे सार्वजनिक
सोही कार्यक्रममा योगेन्द्र पौडेल र ऋतु श्रेष्ठबाट गाइएको ‘डुलि डुलि रहुँ’ गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।
अवार्ड कार्यक्रमको आयोजक संस्था संसार क्रिएसन्सकै ब्यानरमा बनेको उक्त म्यूजिक भिडियोमा रोबिन पोखरेल र मीरा डंगोलको मुख्य भूमिका रहेको छ ।
छायाङ्कन मोहन कुमार झिल्लुको रहेको छ भने दृश्य सम्पादन अनिल कुमार महर्जनले गरेका छन् । निर्देशन जितेन्द्र राजोपाध्यायले गरेका छन् ।
दिपक विवश आँशुका शब्दहरुलाई मन्जु नकर्मीले संगीत दिएका छन् ।
उक्त म्यूजिक भिडियो संसार्स अनलाइन टिभि युट्युब च्यानलमार्फत सार्वजनिक भइसकेको छ ।
यस गीतकी गायिक ऋतु संसार्स क्रिएशनबाट आयोजना भएको संसार्स अनलाइन सिंगिंग स्टारका फाइनलिस्ट हुन् ।
Categorized in पेजथ्री