arin enterprises

प्रदेशसभा ललितपुर र भक्तपुरको मत परिणाम

SamacharDesk – बिराज | २०७९ मङ्सिर ९, शुक्रबार

गत मंसीर ४ गते सम्पन्न आम निर्वाचन २०७९ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

मतपरिणामहरु आउने क्रममा ललितपुर र भक्तपुरमा प्रतिनिधि सभाको साथै प्रदेश सभातर्फ पनि सम्पूर्ण नतिजा आइसकेका छन् ।

ललितपुरको नतिजा

प्रदेश सभातर्फको नतिजामा ६ क्षेत्रमध्ये नेकपा एमालेले ४ क्षेत्र र नेपाली कांग्रेसले २ क्षेत्रमा विजय हासिल गरेको छ ।

नेकपा एमालेले ललितपुर क्षेत्र नम्बर १ (क), २ (क), ३ (क) र ३(ख), मा जित हासिल गरेको छ । ललितपुर क्षेत्र नं १(ख) र २ (ख)मा नेपाली कांग्रेस विजय भएको छ ।

  

भक्तपुरको नतिजा

भक्तपुरको प्रदेशसभातर्फको नतिजामा ४ क्षेत्रमा छुट्टा छुट्टै पार्टि विजयी भएको छ ।

भक्तपुर क्षेत्र नं १ (क)मा नेपनली कांग्रेस विजयी हुँदा १ (ख)मा नेमकिपा विजय भयो ।

यस्तै २ (क)मा नेकपा (एमाले)को उम्मेदवार निर्वाचित हुँदा २ (ख)मा नेकपा र्(एस)का उम्मेदवार निर्वाचित भएका छन् ।

Categorized in राजनीति