arin enterprises

उपसभामुखविरुद्ध महाभियोग लगाउने कांग्रेसको तयारी

SamacharDesk | २०८१ भाद्र २६, बुधबार

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख विरुद्ध महाभियोग लगाउने तयारीमा रहेको छ ।

उपसभामुख रानामगरले २०२३ को फेब्रअरीको संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा जान लागेको भन्दै आफूहरुको भिसा अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूताबासलाई पत्र लेखेकी थिइन् ।

त्यही विषयलाई लिएर सत्तारुढ दलहरुले उनीमाथि प्रश्न उठाएका छन् । सत्तारुढ दलहरुले पदीय मर्यादा विरुद्ध यसरी राजदूतावासमा पत्र लेखेको भन्दै उपसभामुख पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ ।

आज बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले उपसभामुखविरुद्ध महाअभियोग दर्ता गर्ने निर्णय गरेको छ । कांग्रेसले आज ह्विप नै जारी गरी ३ असोजसम्म आफ्ना सांसदलाई उपत्यकाबाहिर नजान निर्देशन दिएको छ ।

त्यस्तै उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं फर्किन भनिएको छ । बुधबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको छ ।

त्यस्तै एमाले , जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टींले कांग्रेसले ल्याउने महाअभियोगया प्रस्तावमा समर्थन जसत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख विरुद्ध महाभियोग लगाउने तयारीमा रहेको छ ।

त्यस्तै एमाले , जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टींले कांग्रेसले ल्याउने महाअभियोगया प्रस्तावमा समर्थन जनाउने भएको छ ।

राजस्वपाले भने सरकारको उक्त निर्णयको प्रतिरोध गर्ने जनाएको छ ।  नेकपा एकीकृत समाजवादीले उपसभामुख ईन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ ।

पार्टीको कार्यालय आलोनगरमा बसेको स्थायी कमिटीको बठकले यस्तो निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिएका छन् ।

Categorized in राजनीति
SKIP THIS dahain 2081