arin enterprises

सुकुन्दाले मनायो महाकवि जोशीको ८६औं जन्मजयन्ती

SamacharDesk – बिराज | २०८० चैत्र २८, बुधबार

काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसको करिब ४५ बर्ष पूरानो इतिहास बोकेको सुकुन्दा साहित्य पालाले नेपालभाषा साहित्यका महाकवि गिरिजाप्रसाद जोशीको ८६औं जन्मजयन्ती मनाएको छ ।

कार्यक्रममा जुममार्फत जाेडिएका वर्ल्ड नेवाः अर्गनाइजेशनका संस्थापक अध्यक्ष डा. बालगोपाल श्रेष्ठले महाकवि गिरिजा प्रसाद जोशीले आफुहरुलाई भाग्योदय मा.वि.मा शिक्षक भई अंग्रेजी र नेपालभाषा विषय अध्यापन गराएको स्मरण गरे ।

‘उनले विद्यार्थीहरुलाई विभिन्न हस्तलिखित पत्रिका प्रकाशित गर्न लगाए । साथै सांखुमा उहाँकै उपस्थितीमा भाषा साहित्य मुँज्या खलः गठन गरी मैले संस्थापक अध्यक्ष भई विविध साहित्यिक, सांस्कृतिक कार्यक्रम गर्ने गरेको म सम्झिरहेको छु’ श्रेष्ठले भने ।

महाकवि जोशीले रचना गरेका र संगीत भरेका जनताका गीत गाउने जस्ता कार्यहरु गर्ने गरेको पनि अर्गनाइजेसनका संस्थापक अध्यक्ष श्रेष्ठले स्मरण गरे ।

साेही कार्यक्रममा हालसालै दिवंगत भएका नेपालका प्रथम केमीकल इन्जियर र साहित्यकार राजदास श्रेष्ठप्रति श्रद्धान्जली अर्पण गरिएको थियो ।

पालाका सचिव रिदेन महर्जनले आगामी दिनहरुमा नेपालभाषा तथा साहित्यक क्षेत्रमा अतुलनीय योगदान दिएका व्यक्तित्वहरूको कदर स्वरूपसाहित्यिक कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रममा रत्न राज्यलक्ष्मी क्याम्पसबाट नेपालभाषा विषयमा चौथो तह पूरा गरेका रुपा शाही, साहित्यकार रामेश श्रेष्ठ, पालाका सचिव महर्जनका साथै प्रशान्त डंगोलले आ आफ्नो साहित्यिक सृजना प्रस्तुत गरेका थिए ।

Categorized in समाज