arin enterprises

दशैंका लागि हवाई टिकट बुकिङ हुन थाल्यो

SamacharDesk | २०८१ भाद्र २७, बिहिबार

नेपालीहरुको ठूलो चाड दसैँ नजिकीदै गर्दा यात्रुहरुले हवाई टिकट बुकिङ गर्न थालेको छ ।

उसो त हवाई कम्पनीहरुले दशैंका लागि भनेर अग्रिम टिकट बुकिङ गरिंदैन तर यात्रुहरु नै पछि अभाव हुने टिकट महंगो हुने डरले दशैं आउन एक महिना छँदै बुकिङ गर्न थालेका हुन् ।

धेरैजसो पहाडी र दुर्गम क्षेत्रको टिकट बुकीङ हुन थालिएको बताइएको छ । बसको टिकट भने असोज पहिलो हप्तादेखि खुला गर्ने तयारी भइरहेको बताइएको छ ।

एयरलाइन्सहरूले दसैँका लागि भनेर अग्रिम बुकिङ खुलाउँदैनन् तर पछि अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले यात्रुहरूले दसैँलाई भन्दै अग्रिम बुकिङ थालिसकेका हुन् ।

वायुसेवा सञ्चालक संघका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ सुरु भइसकेको छ ।

संघका प्रवक्ता मुरारीधर जोशीले दसैँलक्षित अहिले सुगमभन्दा दुर्गम गन्तव्यतर्फको टिकट बुकिङमा यात्रुको चाप देखिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार दसैँमा सहरबाट गाउँ र विदेशबाट स्वदेश फर्किने यात्रुले आफ्नो गन्तव्यको टिकट लिन सुरु गरिसकेका छन् ।

Categorized in राष्ट्रिय
SKIP THIS buddhan jayanti 2082