arin enterprises

टिकटक पूर्णरुपमा खुला

SamacharDesk | २०८१ भाद्र २१, शुक्रबार

सरकारले सामाजिक सञ्जाल टिकटक औपचारिक रुपमा खुला गरेको छ । सरकारले इन्टरनेट प्रदायक कम्पनीहरुलाई टिकटक खुल्ला गर्न निर्देशन दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएसंगै टिकटक चल्न थालेको छ । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए ।

उनीहरुले सरकारले राखेका सबै सर्ब शर्त मान्न तयार रहेसंगै सञ्चार मन्त्रालयले टिकटकमाथि लगाएको प्रतिबन्ध औपचारिक रुपमै फुकुवा गर्दै प्राधिकरणलाई पत्र पठाएको थियो ।

सरकारले गत कात्तिक २७ मा टिकटक बन्द गरेको थियो । टिकटक कम्पनीसँग सरकारले नेपालमा दर्ता हुनुपर्ने, सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्नेलगायतका शर्त सरकारले राखेको थियो ।

Categorized in राष्ट्रिय
SKIP THIS buddhan jayanti 2082