arin enterprises

प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण र रेखाचित्रण तालिम

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ आषाढ १२, मंगलबार

रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ४५ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्त्वावधानमा संचालित ट्राफिक नियन्त्रण तथा रेखाचित्रण चौथो समूह अन्तर्गत उक्त तालिम प्रदान गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सोमबार एक कार्यक्रमको आयोजना गरी तालिम समापन गरिएको थियो ।

तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जिवन कुमार श्रेष्ठले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे ।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सवारी दुर्घटनाको अनुसन्धानको सिलसिलामा सवारी दुर्घटनासँग सम्बन्धित प्रमाणहरूलाई रेखाचित्रणको माध्यमबाट देखाउन सके अनुसन्धान प्रभावकारी हुने विचार राखे ।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक शेखर जंग मल्लले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे ।

७ दिनको तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार १४ जना र प्रहरी जवान २६ जना गरी कुल ४५ जना प्रशिक्षार्थीहरूको सहभागीता थियो ।

Categorized in समाज