आगलागीमा परी दुई बालकको मृत्यु
SamacharDesk – बिकाश | २०७७ पौष २९, बुधबार

कालीकोटमा एउटा घरमा आगलागी हुँदा दुई जना बालकहरुको जलेर मृत्यु भएको छ ।
नरहरीनाथ गाउँपालिका–७ दुध्यौलि बस्ने २९ वर्षीय भैरे बटालाको घरमा आज बिहान आगलागी भएको थियो ।
आगलागीमा परी बटालाका छोराहरू १२ वर्षीय गणेश बटाला र ९ वर्षीय मन बहादुर बटालाको जलेर मृत्यु भएको हो ।
सोही आगलागीमा परी ४ वर्षीय खगेन्द्र बटाला घाइते भएका छन् । खगेन्द्रको कुमालगाउँ स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।
आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
आगलागी कसरी भयो भनेर खुल्न सकेको छैन । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Categorized in समाज