arin enterprises

संयुक्त राष्ट्रसंघको महासभा सुरु

SamacharDesk | २०८१ भाद्र २७, बिहिबार

संयुक्त राष्ट्रसंघको महासभाको ७९औं सत्र विहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ ।

७८ औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९ औं सत्रका अध्यक्ष फिलेमान यङ्गलेलाई हथौडा हस्तान्तरण गरेपछि औपचारिक रुपमा सुरु भएको हो ।

सत्रलाई सम्बोधन गर्दै क्यामरुनका पूर्व प्रधानमन्त्री समेत रहेका यङ्गलेले जलवायु परिवर्तन, दिगो विकास लगायत अन्य विश्वव्यापी चुनौतीबाट लड्नका लागि विविधतामा एकता सम्बन्धि आफ्नो दृष्टिकोण पेश गर्दै अन्तर्राष्ट्रिय सहयोगको आह्वान गर्नुभयो ।

उहाँले समतापूर्ण आर्थिक उन्नती हासिल गर्नुपर्नेमा पनि जोड दिनुभयो । हरित अर्थव्यवस्थालाई प्रोत्साहन दिँदै आर्थिक विकासको फाईदा हरेक देशलाई सुनिश्चित गर्नुपर्ने उहाँको भनाई थियो ।

उहाँले शान्ति र सुरक्षा आफ्नो मुख्य प्राथमिकता भएको पनि बताउनुभयो । उहाँले अन्य देशहरुलाई गाजा क्षेत्र, हैटी, युक्रेन र अफ्रिकाको ग्रेट लेक्स क्षेत्रमा जारी हिंसा अन्त्यको पहल गर्न पनि आह्वान गर्नुभयो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संकटले घेरिएको विश्वको समस्या समाधान गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय
SKIP THIS dahain 2081