ट्वीटरमा अब ट्वीट हेर्न अकाउन्ट लगइन गर्नैपर्ने
SamacharDesk – Aakash Rajopadhyaya | २०८० आषाढ १७, आइतबार

ट्वीटरमा अब कुनै पनि ट्वीट हेर्न अकाउन्ट लगइन गर्नैपर्ने भएको छ । ट्वीटरले एकपछि अर्को नियम लागु गर्ने क्रममा पुनः नयाँ नियम थपिएको हो ।
पहिले प्रयोगकर्ताले कुनै अन्य पोष्ट वा लिंकमा मात्रै क्लिक गर्दा पनि ट्वीट गर्न सक्थे तर अब भने अकाउन्टमा लगइन नगरी ट्वीट हेर्न मिल्ने छैन ।
कम्पनी आफैंले यस विषयमा आधिकारिक रुपमा कुनै पनि जानकारी नदिएपनि प्रयोगकर्ताहरूले भने यो फिचर देख्न सुरु गरिसकेका छन् ।
केही प्रयोगकर्ताले यसलाई अस्थायी रुपमा कुनै प्रणालीमा आएको समस्याको रूपमा लिएका छन् । तर केहीले भने कम्पनीले जानाजान अकाउन्टको संख्या बढाउन यो फिचर लागू गरेको हुनसक्ने अनुमान गरेका छन् ।
पछिल्लो समय ट्वीटर प्रयोगकर्ताको संख्या बढ्नेभन्दा घट्ने क्रम बढिरहेको कारण पनि कम्पनीले यस्तो फिचर ल्याएको हुनसक्ने अनुमान गरिएको छ ।
Categorized in विज्ञान-प्रविधी