arin enterprises

थ्रेड्सको वेब भर्सन यही साता आउने

SamacharDesk | २०८० भाद्र ५, मंगलबार

मेटाको सामाजिक सञ्जाल थ्रेड्सको वेब भर्सन यही साता आउने भएको छ । थ्रेड्स सार्वजनिक भएपछि प्रयोगकर्ताले सबैभन्दा बढी खोजेको सो प्लेटफर्मको वेब भर्सन हो ।

बहुप्रतिक्षित थ्रेड्सको वेब भर्सन मेटाले यसै साता सार्वजनिक गर्ने द वाल स्ट्रिट जर्नलले जनाएको छ ।

इन्स्टाग्रामका प्रमुख आदम मोसेरीले एक प्रयोगकर्तालाई रिप्लाई दिँदै वेब भर्सनका लागि कम्पनीले परीक्षण गरिरहेको जानकारी दिएका थिए ।

ट्वीटर (एक्स)को प्रतिद्वन्द्वीका रुपमा हेरिएको थ्रेड्सले पछिल्लो समय सक्रिय प्रयोगकर्ता गुमाइरहेको छ । सार्वजनिक भएको पाँचौं दिनमा १० करोड प्रयोगकर्ता पाएर रेकर्ड राखेको सो एपका ८२ प्रतिशत प्रयोगकर्ता निस्क्रिय छन् ।

प्रयोगकर्तालाई सक्रिय राख्न कम्पनीले विभिन्न आकर्षक फिचर ल्याउनमा केन्द्रित भइरहेको छ । मेटाका सीईओ मार्क जुकरबर्गले थ्रेड्समा एक पोस्ट राख्दै सो प्लेटफर्ममा विभिन्न फिचरहरू थप गरिरहेको जानकारी दिएका थिए ।

जुकरबर्गले विशेषगरी एड्भान्स सर्च फिचर ( शब्द खोजेको भरमा प्रयोगकर्ताको नाम, उसले राखेको पोस्ट देखिने फिचर) उपलब्ध गराउने बताएका छन् । 

Categorized in विज्ञान-प्रविधी