मल्टी अकाउन्ट फिचर ल्याउँदै ह्वाट्सएप
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २८, आइतबार

मेटाको मेसेजिङ एप ह्वाट्सएपले मल्टी अकाउन्ट फिचर ल्याउने भएको छ । एउटै ह्वाट्सएप अकाउन्टमा एकभन्दा बढी अकाउन्ट तथा नम्बर प्रयोग गर्न सकिने गरी कम्पनीले यस्तो फिचर ल्याउने लागेको हो ।
कम्पनीको अनुसार ह्वाट्सएपको बेटा भर्सन २.२३.१७.८ मा यो फिचर आउने क्रममा छ ।
यद्यपि विकासकै क्रममा रहेको यो फिचरले फेसबुक तथा इन्स्टाग्राम जस्तै एउटा एपमा नै थुप्रै अकाउन्टको सुविधा दिनेछ ।
हाल बेटा टेस्टरका लागि मात्र उपलब्ध नयाँ अपडेट चाँडै नै सबै प्रयोगकर्ताका लागि सार्वजनिक हुने अनुमान गरिएको छ ।
योसँगै पर्सनल तथा प्राइभेट च्याट कुराकानी सबै अलग अलग रहनेछन् भने नोटिफिकेसन समेत दुवै अकाउन्टका लागि छुट्टाछुट्टै रहनेछन् ।
प्रयोगकर्ताले एक भन्दा बढी अकाउन्ट प्रयोग गर्नका लागि डुअल एप अथवा डुअल मोड जस्ता क्लोन फिचर प्रयोग गर्नुपर्ने हुन्छ ।
अहिलेसम्म ह्वाट्सएपमा एउटै अकाउन्ट मात्र प्रयोग गर्न सकिने अवस्था छ ।
Categorized in विज्ञान-प्रविधी