पास की फिचर ल्याउदै ह्वाट्सएप
SamacharDesk | २०८० श्रावण २४, बुधबार

ह्वाट्सएपले प्रयोगकर्ताको अकाउन्ट भेरिफाई गर्न ‘पास की’ फिचर ल्याउने भएको छ ।
कम्पनीले ह्वास्टएसपको नयाँ भर्सन २.२३.१७.५ सँगै काउन्ट प्रमाणित गर्न ‘पास की’ राख्नुपर्ने फिचर ल्याउन लागेको हो ।
यो फिचरले अकाउन्ट सुरक्षित राख्न मद्दत गर्ने बताइएको छ । नयाँ भर्सन प्लेस्टोरमा उपलब्ध भइसकेको भए पनि पास की फिचर भने उपलब्ध भइसकेको छैन ।
कम्पनीले यो फिचर आगामी अपडेटमा उपलब्ध हुने बताएको छ । पास की भन्नाले अक्षर वा अंकको सिक्वेन्स हो जसले सेक्युरिटी कोडका रुपमा काम गर्छ ।
यसको प्रयोगगरि प्रयोगकर्ताले अकाउन्ट भेरिफाइ गर्नसक्छन् । यो पास की गुगलको पासवर्ड मेनेजरमा भण्डारण हुने भएकोले यसलाई प्रयोगकर्ताहरुले सम्झिरहनु पर्दैन ।
यसरी पास की सुरक्षित रूपमा भण्डारण हुनाले प्रयोगकर्ताको अकाउन्ट अनधिकृत रूपमा अरूको पहुँचमा जानबाट जोगिने कम्पनीको विश्वास छ ।
त्यसबाहेक पास कीले प्रयोगकर्ताको पहिचान प्रमाणित गर्न उनीहरुको फिंगरप्रिन्ट, फेस वा स्क्रिन लक प्रयोग गर्न सकिन्छ ।
यसले गर्दा पिनको तुलनामा अकाउन्ट बढी सुरक्षित हुने कम्पनीको भनाइ छ ।
Categorized in विज्ञान-प्रविधी