arin enterprises

यंगाःहिति परिसरमा मध्यकालिन संरचनाहरु फेला

SamacharDesk – राम डंगोल | २०८१ जेठ २५, शुक्रबार

काठमाडौंको यंगालस्थित लिच्छविकालिन यंगाःहिति परिसरमा मध्यकालिन संरचनाहरु फेला परेको छ ।

सो स्थानमा ईंटाबाट निर्मित प्राचिन संरचना फेला परेको छ । काठमाडांैको यंगाल टोलमा रहेको यस हिति परिसरमा ईँटाको संरचना भित्रै अंगार र खरानीको थुप्रो पनि फेला परेको छ ।

यो स्थान कसैको मृत्युपछि किरिया बस्ने ठाउँ हुनसक्ने अनुमान गरिएको छ । पुरातत्वविद् उद्धव आचार्यले पुरातात्विक महत्वका संरचानहरु ईँटाको संरचना किरिया बस्ने कोठा, बाटो, पर्खाल र सिंढी हुनसक्ने बताउनुभयो ।

बाग्मती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र स्थानीय उपभोक्ता समिति मिलेर यंगाःहितिको जिर्णोद्धार गर्ने क्रममा यी वस्तु फेला परेका हुन् ।

यहाँ करिव १४ सय वर्ष पुरानो तीन वटा हितिहरु र १३ सय ८२ वर्ष पुरानो दुईवटा लिच्छविकालिन शिलालेख रहेका छन् ।

Categorized in समाज