arin enterprises

युगकवि सिद्धिचरण श्रेष्ठको ११३औं जन्मजयन्ती मनाइयो

SamacharDesk – समाचारडेस्क | २०८१ जेठ ८, मंगलबार

युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १३औं जन्मजयन्ती मंगलबार मनाइयो ।

वि.सं. १९६९ साल जेठ ९ गते आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् ।

दिवसका अवसरमा राजधानीमा कवि सिद्धिचरण श्रेष्ठको शालिकमा माल्यापर्ण गरियो ।

युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा संस्कृति पर्यटनमन्त्री हितबहादुर तामाङ्, प्रतिष्ठानका अध्यक्ष वैरागि काइला लगायत सहभागीहरुले श्रेष्ठको शालिकमा माल्णपर्ण गरेका थिए ।

कार्यक्रमका सहभागीहरुले युगकवि श्रेष्ठको योगदानको विषयमा चर्चा गरेका थिए । कार्यक्रममा नेवाः दे दवुका अध्यक्ष पवित्र बज्राचार्य, समाजसेवी मंगलकृष्ण मानन्धरको पनि सहभागिता रहेको थियो । 

कार्यक्रमको आयोजना युगकवि श्रेष्ठको निवास पुरानो भन्सार न्यूरोडमा भएको थियो । सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिन्छन् ।

युगकवि श्रेष्ठले आफ्नो जीवनको साढे छ दशक लामो साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रासंस्मरण लगायतका विधामा सफलतापूर्वक कलम चलाएका छन् ।

नका ‘मेरो प्यारो ओखलढुंगा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायतका मर्मस्पर्शी रचनाहरु सर्वाधिक चर्चामा छन् ।

उनका कविता संग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायतका कृति रहेका छन् ।

Categorized in समाज