arin enterprises

करको निर्णयबिरुद्ध युवा ब्यवसायीहरु आन्दोलित

SamacharDesk – राजेश बज्राचार्य | २०७७ जेठ २४, शनिबार

जेठ २५ भित्र कर चुक्ता गर्नुपर्ने सरकारको निर्णयको सर्वत्र विरोध पश्चात् म्याद पुनरावलोकन गरी असार ७ सम्म थप गरिएको छ । यद्यपि हालको आर्थिक कारोबार शुन्य अवस्था र आफ्ना ब्यवसायको बजारसमेत सुनिश्चित नभए कसरी कर तिर्ने भन्दै ललितपुरका स्थानीय युवाहरुको समुहले सरकारको निर्णय विरुद्ध सांकेतिक विरोध गरेका छन ।

लामो लकडाउनका कारण आर्थिक अबस्था धराशायी बन्दै गएको अबस्थामा सरकारले व्यापारीलाई कर तिर्न दिएको निर्देशनको ललितपुरका युवाहरुले विरोध गर्दै उनीहरुले राहत प्याकेज घोषणा, कर तिर्न समयावधि थप लगायतका माग लेखिएको प्लेकार्ड मंगलबजारस्थित ढुंगेधारामा सरकारविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा सहभागी युवा उद्यमी पृथबिन्दु महर्जनले कोरोना महामारीका कारण सिंगो देश लकडाउन भएको अबश्थामा सरकारले कर तिर्न गरेको ताकेता व्यावहारिक नभएको बताइन् । 

‘बिश्वभर फैलिएको महामारीले हामी जस्ता हस्तकला, पर्यटन, ब्युटी पार्लर लगायतका मझौला स्तरका उपभोग्य सरसामानका ब्यवसायीहरुको बजार अनिश्चित अवस्थामा छ’ महर्जनले भनिन् । ‘करको समयावधी थप मात्र नभइ, बिशेषतः राहत प्याकेजको घोषणा नभए हामीलाई यो निर्णय अमान्य रहेको छ ।’

स्वस्फुर्त रूपमा बिरोधमा उत्रिएका अर्का एक व्यवसायीले भने ‘हामीलाई बैंक कर्जा, लगानीको समस्या त छँदैछ, करको कुराले अब स्वभाविक रूपमा घरधनीले पनि सरकारको निर्णय अनुसार लकडाउन अवधिको पनि भाडा माग्ने अवस्था निर्माण भै थप तनाव भएको छ । यस्तो अवस्थामा हामीले कसरी कर मात्र तिर्ने ?’

देशमा संक्रमण संंख्या बढेपछी लकडाउनको अवधि थपिँदै जाने निश्चितप्रायः छ । यससँगै देश आर्थिक मन्दीतिर लाग्ने सम्भावना बढ्दै गएको छ । 

यसलाई दृष्टिगत गरी सरकारले उद्योगी र आम ब्यापारीहरुका लागि राहतको प्याकेजको माग गर्दै सरकारले जारी गरेको कर तिर्ने म्याद थप्नुपर्ने उनिहरुको माग रहेको छ ।

Categorized in बिजनेस