कोरोना जित्दै अमिताभ घर फर्के
SamacharDesk – बिकाश | २०७७ श्रावण १८, आइतबार

बलिउडका महानायक अमिताभ बच्चन कोरोनालाई जित्दै घर फर्केका छन् ।
ट्वीटरमा ट्वीट गर्दै अमिताभले आफ्नो कोरोना परिक्षणको पछिल्लो रिपोर्ट नेगेटिभ आएको र घर फर्केको लेखेका छन् ।
ट्वीटमा उनले घर गएर क्वारेन्टाइनमा बस्ने पनि बताएका छन् ।
अमिताभले नानावतिका चिकित्सक र नर्सहरुको राम्रो स्याहार सुसारका कारण आफुले संक्रमण जित्न सकेको लेखेका छन् ।
अमिताभले नमस्कार गर्दै गरेको र धन्यवाद लेखिएको फोटो शेयर गर्दै आमाबुवाको साथमा घनिष्ठ र फ्यानहरुको दुवाको लागि आफु कृतज्ञ रहेको पनि बताएका छन् ।
T 3613 - I have tested CoVid- have been discharged. I am back home in solitary quarantine.
— Amitabh Bachchan (@SrBachchan) August 2, 2020
Grace of the Almighty, blessings of Ma Babuji, prayers & duas of near & dear & friends fans EF .. and the excellent care and nursing at Nanavati made it possible for me to see this day . pic.twitter.com/76jWbN5hvM
यसैबीच, अमिताभका छोरा अभिषेकको पछिल्लो रिपोर्ट पनि पोजेटिभ नै आएका छन् ।
अमिताभ घर फर्किँदै गर्दा अभिषेक भने अस्पतालमै बस्नुपर्ने भएको छ ।
बुवाको रिपोर्ट नेगेटिभ आएकोमा खुसी व्यक्त गर्दै आफुले कोरोनालाई जित्ने विश्वास पनि अभिषेकले व्यक्त गरेका छन् ।
I, Unfortunately due to some comorbidities remain Covid-19 positive and remain in hospital. Again, thank you all for your continued wishes and prayers for my family. Very humbled and indebted.
— Abhishek Bachchan (@juniorbachchan) August 2, 2020
I’ll beat this and come back healthier! Promise.
यो पनि पढ्नुहोला
बलिउडका महानायक अमिताभलाई कोरोना संक्रमण
अमिताभ पछि अभिषेकलाई पनि कोरोना संक्रमण
ऐश्वर्या राय र उनकी छोरीलाई पनि कोरोना संक्रमण
अमिताभ बच्चन संक्रमणमुक्त भएका छैनन्
Categorized in पेजथ्री