कला-साहित्य
-
२०८० जेठ ८, सोमबार
राजुको ‘संगीतसँग यात्रा’ सम्पन्न
संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार गरेको अवसरमा काठमाडौंमा ‘संगीतसँग यात्रा’ कायर्मक्रम सम्पन्न भएको छ । रेशराज प्रोडक्शन प्रा.लि.ले गत शनिबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा कार्यक्रमको आयोजना गरेको हो ।...
-
२०८० जेठ ८, सोमबार
स्थानीय संस्कृतिको अध्ययन र अभिलेखीकरणमा सभासद् श्रेष्ठको जोड
बागमति प्रदेश सभासद् समिता खड्गी श्रेष्ठले हरेक जातजातिको सांस्कृतिक, आर्थिक लगायत विविध पक्षलाई लिएर बौद्धिक स्तरमा अध्ययन र अभिलेखीकरण गर्नुपर्नेमा जोड दिएकी छन् । नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं समितिबाट काठमाडौंमा आयोजित कार्यक्रममा सभासद्...
-
२०८० जेठ ८, सोमबार
शरणार्थी प्रकरणको प्रतिवेदन प्रहरीले बुझायो
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आज सोमबार आफ्नो रायसहितको पूर्ण प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि आज प्रतिवेदन बुझाएको हो । आइतबार समय अभावको...
-
२०८० जेठ ८, सोमबार
राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमूर्ति अमेरिकामा प्रतिस्थापन हुने
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले अमेरिकाको मेरिल्याण्ड सहरस्थित बाल्टिमोरमा प्रतिस्थापन गर्न लागेको नेपाल संवत् प्रवर्तक शंखधर साख्वाःको प्रतिमूर्ति हस्तान्तरण गरेको छ । शनिबार प्रतिष्ठानको परिसरमा एक कार्यक्रमकाबीच साख्वाको उक्त...
-
२०८० जेठ ८, सोमबार
बाख्मत शहर रुसको नियन्त्रणमा नगएको जेलेन्स्कीको दाबी
युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युक्रेनको बाख्मत शहर रुसको नियन्त्रणमा नगएको दाबी गरेका छन् । शनिबार रुसको तर्फबाट युद्ध लडिरहेको बाग्नर समुहले बाख्मतलाई पुरै नियन्त्रणमा लिएको दाबी गरेको थियो । जी–सेभेन सम्मेलनमा सहभागी हुन जापान पुगेका...
-
२०८० जेठ ८, सोमबार
म्यानसिटीले चेल्सीलाई हरायो
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित निकालेको छ । यस सिजनका उपाधी विजेता सिटीले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो । आइतबार राति भएको खेलमा सिटीलाई जित दिलाउन जुलियन अल्भारेजले निर्णायक गोल गरे । उनले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । ७१...
-
२०८० जेठ ८, सोमबार
तामाकोसी पाँचौमा सञ्चयकोषले लगानी गर्ने
तामाकोसी पाँचौ जलविद्युत आयोजनाको निर्माणका लागि लगानी जुटेको छ । ९९.८ मेगावाट विद्युत क्षमता भएको दोलखाको बिगु गाउँपालिकामा उक्त जलविद्युत आयोजना निर्माण हुन लागेको हो । यसको लागि कर्मचारी सञ्चय कोषले लगभग ५५ प्रतिशत अर्थात् १३ अर्ब ७४ करोड ऋण...
-
२०८० जेठ ८, सोमबार
भ्यालेन्सियासँग रियल म्याड्रिड पराजित
स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड पराजित भएको छ । आइतबार राति भएको खेलमा रियललाई भ्यालेन्सियाले १–० गोल अन्तरले हराएको हो । भ्यालेन्सियाको जितमा डिएगो लोपेजले निर्णायक गोल गरे । उनले खेलको ३३ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै खेलको अन्तिममा...
-
२०८० जेठ ८, सोमबार
डर्टमण्ड शीर्ष स्थानमा उक्लियो
जर्मनी बुन्डेसलिगामा बोरुसिया डर्टमण्ड शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति अग्सबर्गलाई ३–० ले हराउँदै डर्टमण्ड शीर्ष स्थानमा उक्लिएको हो । अग्सबर्गको घरेलु मैदानमा भएको खेलको ३८ औं मिनेटमा फेलिक्सले रातो कार्ड पाएपछि अग्सबर्ग १० खेलाडीमा समेटिएको...
-
२०८० जेठ ७, आइतबार
एल साल्भाडोरको रंगशालामा भागदौड मच्चिँदा १२को मृत्यु
मध्य अमेरिकी राज्य एल साल्भाडोरको राजधानीस्थित एक फुटबल रंगशालामा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ । कुस्काटलान रंगशालामा सान साल्भाडोरको अलियान्ज र सान्ता एनाको फास क्लबबीच खेल जारी रहँदा यस्तो घटना भएको बीबीसीले जनाएको हो । रंगशालाको...
-
२०८० जेठ ७, आइतबार
क्याननले पनि स्मार्टफोनसँग सहकार्य गर्ने
चर्चित क्यामेरा कम्पनी क्याननले पनि स्मार्टफोन निर्मातासँग सहकार्य गर्न खोजिरहेको समाचार बाहिरिएको छ । पछिल्लो समयमा क्यामेरा कम्पनी र स्मार्टफोन निर्माताबीच सहकार्य बढ्दोक्रममा रहँदा यस्तो समाचार बाहिरिएको हो । तर, क्यानोनले कुन स्मार्टफोन...
-
२०८० जेठ ७, आइतबार
जी–सेभेनको शिखर सम्मेलनको आज समापन हुँदै
विश्वका सात प्रमुख धनी राष्ट्रहरुको समूह ‘जी–सेभेन’ को शिखर सम्मेलनको आज समापन हुँदैछ । गत शुक्रबारदेखि जापानको हिरोसिमामा सुरु भएको सम्मेलन आइतबार समापन हुनलागेको हो । यस सम्मेलनमा रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने निर्णय भएको छ । वार्षिक ४ अर्ब...
-
२०८० जेठ ७, आइतबार
रुसी सेनाद्वारा युक्रेनको बाख्मत शहर नियन्त्रणमा लिएको दावी
रुसले युक्रेनको बाख्मत शहर पुरै नियन्त्रणमा आएको दावी गरेको छ । युक्रेनमा लड्दै आएको रुसी सैनिक समूह वागनरका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मत शहर पूर्णरुपमा नियन्त्रणमा आएको दावी गरेका हुन् । शनिबार भिडियो सन्देश मार्फत प्रमुख प्रिगोजिनले वागरनर...
-
२०८० जेठ ७, आइतबार
सिटीलाई तेस्रोपटक प्रिमियर लिगको उपाधि
म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति दोस्रो स्थानको आर्सनलले हार व्यहोरेपछि सिटी प्रिमियर लिग च्याम्पियन बनेको हो । उपाधि होडमा रहेको आर्सनल शनिबार राति नटिङ्घम फरेस्टसँग १-० गोलले पराजित भएपछि सिटी तीन खेल...
-
२०८० जेठ ७, आइतबार
उपाधि विजेता बार्सिलोनाले पराजित
स्पेनिस ला लिगामा बार्सिलोनाले हार व्यहोरेको छ । यस सिजनको ला लिगा उपाधि विजेता बार्सिलोनालाई रियल सोसिडाडले २–१ गोल अन्तरले हराएको हो । गएराति बार्सालाई सोसिडाडले उसैको मैदानमा हराएको हो । क्याप नाउमा भएको खेलको पाँचौं मिनेटमा मिकेल मेरिनोले गोल...
-
२०८० जेठ ७, आइतबार
भारतमा हुने जी–२० बैठकमा चीन सहभागी नहुने
भारतमा अर्को साता हुने जी–२० पर्यटन बैठकमा चीन सहभागी नहुने भएको छ । बैठक आयोजना गर्न लागिएको जम्मु कश्मीर विवादित क्षेत्र भएकाले चीन सहभागी नहुने चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले जनाएको हो । शुक्रबार पत्रकार सम्मेलनमा चिनियाँ विदेश...