arin enterprises

कला-साहित्य

  • २०७९ पौष २५, सोमबार

    बसको ठक्करबाट २७ वर्षीय युवकको मृत्यु

    बालाजुमा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ । काठमाडौंको बालाजुस्थित सडकमा बसको ठककरबाट अन्दाजी २७ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो । सोही...

  • २०७९ पौष २५, सोमबार

    हत्याका आरोपी १५ वर्षपछि पक्राउ

    कपिलवस्तुमा हत्याको आरोप लागेका एक पुरुष घटना भएको १५ वर्ष पछि पक्राउ परेका छन् । लुम्बिनीको रूपन्देही साँस्कृतिक नगरपालिका–७ कर्महवा बस्ने ५६ वर्षीय शिब बालक चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । चौधरीलाई कपिलवस्तु मायादेवी गाउँपालिका–८ मा रामेश्वर...

  • २०७९ पौष २५, सोमबार

    पेट्रोलियम पदार्थको भाउ घट्यो

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले घटाइएको जनाएको छ । नयाँ मूल्यअनुसार अब...

  • २०७९ पौष २५, सोमबार

    मर्जरपछि ग्लोबल आईएमई बैंक देशकै ठूलो बैंक

    शनिवार ग्लोवल आईएमई बैंक र बैंक अफ काठमण्डु मर्जर भएको छ । मर्जरपछि आजबाट ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भएको छ । एकीकृत कारोबारका लागि प्रणाली स्वाप गर्नका लागि शनिबार र आईतबार कारोबार बन्द गरिएको थियो । बीओकेसंगको मर्जरसंगै...

  • २०७९ पौष २५, सोमबार

    संघीय संसदको पहिलो बैठक बस्दै

    प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज दिउँसो १ बजे संघीय संसद बानेश्वरमा बस्दैछ । गत मंसीर ४ गते सम्पन्न आम निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो १ बजेका लागि संसदको...

  • २०७९ पौष २४, आइतबार

    अमेरिकी सभामुखमा केभिन चयन

    अमेरिकी तल्लो सदन प्रतिनिधि सभाको नयाँ सभामुखमा केभिन म्याककार्थी चयन भएका छन् । १४ औं पटकको मतदानमा हार बेहोरेका म्याककार्थी १५ औं पटकमा निर्वाचित भएका हुन् । सभामुख चयनका लागि खसेको ४२८ भोट मध्ये म्याककार्थीले २१६ मत प्राप्त गरे । डेमोक्रेटिक...

  • २०७९ पौष २४, आइतबार

    तन्त्रविद्हरुको सम्मानको साथै ‘नेपालमा तन्त्र’ पुस्तक विमोचन

    नेपाली तन्त्रको अध्ययन, अनुसन्धान एवम् विकासमा योगदान पुर्‍याउने अध्येता, साधकहरुलाई तन्त्र चर्चा परिवारले सम्मान गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच विभिन्न किसिमले तन्त्रको विकास र प्रचार प्रसारमा योगदान पुर्‍याउने चार जनालाई...

  • २०७९ पौष २४, आइतबार

    नेवाः पत्रकार राष्ट्रिय दबूको चौथौं महाधिवेशनबाट १९ सदस्यीय कार्यसमितिसहित अध्यक्षमा नृपेन्द्रलाल श्रेष्ठ चयन

    नेवाः पत्रकार राष्ट्रिय दबूको चौथौं महाधिवेशन सम्पन्न भएको छ । नृपेन्द्रलाल श्रेष्ठ नेतृत्वको १९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै हिजो ललितपुरको ज्वागलमा सम्पन्न भएको छ । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, उपाध्यक्षहरु रचना श्रेष्ठ, संदिप...

  • २०७९ पौष २४, आइतबार

    न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाइयो

    सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय...

  • २०७९ पौष २३, शनिबार

    नेपालभाषाको गीतसंगीतमा चम्किंदै गायक सज्जु मानन्धर

    गणेशदेवी फाउण्डेशनको प्रस्तुतीमा गायक सज्जु मानन्धरको एकल स्वरमा नेपाल भाषाको एकल एल्बम “छन्त नापलाय् सातकि” एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित समारोहमा गायक सज्जु मानन्धरको एकल स्वरमा रहेको उक्त...

  • २०७९ पौष २२, शुक्रबार

    चाँगु नारायणको कलश यात्रा सम्पन्न

    चाँगु नारायणको कलश यात्रा सोमबार सम्पन्न भएको छ । हरेक पौष शुक्ल पूर्णिमाको दिनमा चाँगुनारायणको कलशलाई हनुमानढोका ल्याउने परम्परा अनुसार आज कलश यात्रा गरिएको हो । यस वर्षको कलश यात्रामा चाँगुनारायण पूजारी आभास धरानन्द राजोपाध्यायले कलश बोकेका थिए ।...

  • २०७९ पौष २२, शुक्रबार

    साँखुमा माधव नारायण व्रत सुरु

    काठमाडौंको उत्तर पूर्वी कुनामा रहेको साँखुमा आजबाट माधव नारायण व्रत आरम्भ भएको छ । ऐतिहासिक नगरी साँखुको धार्मिक महत्व बोकेको शालीनदीमा माधव नारायण व्रत सुरु गरिएको हो । यस वर्ष व्रत बस्ने व्रतालुको संख्या जम्मा २१५ रहेको श्री माधव नारायण स्वस्थानी...

  • २०७९ पौष २२, शुक्रबार

    माहारेजको निर्णायक गोलले सिटी विजयी

    इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई १–० ले हराएको छ । चेल्सीको मैदानमा भएको खेलमा भ्रमणकारी टोली म्यान्चेस्टर सिटीका लागि रियाद माहारेजले निर्णयक गोल गरे । खेलको ६३ औं मिनेटमा अल्जेरियन खेलाडी माहारेजले गरेको गोलको मद्दतले...

  • २०७९ पौष २२, शुक्रबार

    पाल्पा बस दुर्घटनामा मृत्यु हुने ६ जनै एकै गाउँका

    गएराती पाल्पाको रैनाछहरा गाउँपालिको खुर्सानेमा ग १ ख ४९७७ नम्बरको बस पाल्पाको रैनदेवी छहरा–८, खुर्सानीमा दुर्घटना भएको छ । रुपन्देहीको सालझण्डीबाट खुर्सानो जाँदै गरेको राती साढे १० बजेतिर दूर्घटना भएको थियो । दुर्घटनामा परी रैनदेवी छहरा–८, का ६...

  • २०७९ पौष २२, शुक्रबार

    श्री स्वस्थानी व्रत कथा आजबाट आरम्भ

    हिन्दु धर्मावलम्बीहरुले आजबाट श्री स्वस्थानी व्रत तथा कथा श्रवण सुरु गरेका छन् । आजदेखि माघ महात्मे अन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को आरम्भ हुन्छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । एक महिनाभर...

  • २०७९ पौष २२, शुक्रबार

    स्व. गणेशदेवी मानन्धरको स्मृतिमा काराओके सांगीतिक कार्यक्रम

    स्व.गणेशदेवी मानन्धरको स्मृतिमा कालिमाटीको एफ टेन पार्टी भेन्यूमा काराओके सांगीतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपाली तथा हिन्दी गीतमा नव प्रतिभा तथा चर्चित गायक गायिकहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । स्व. गणेशदेवी मानन्धरको २...

Pages