arin enterprises

राष्ट्रिय

  • २०७९ जेठ १९, बिहिबार

    दरबार हत्याकाण्ड २१ वर्ष पूरा

    राजा वीरेन्द्रको वंशै नाश हुने गरी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ । तर, अझैसम्म उक्त हत्याकाण्ड कसले, किन गर्यो भन्ने रहस्यमै छ । नारायणहिटी दरबारमा भएको उक्त हत्याकाण्डमा दश जनाको ज्यान गएको थियो । वि.स. २०५८ साल जेठ १९ गते राती राजा...

  • २०७९ जेठ १८, बुधबार

    प्रधानमन्त्री देउवा र महानगर प्रमुख शाहबीच भेटवार्ता

    प्रधानमन्त्री शेरबहादुर देउवा र नवनिर्वाचित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटघात भएको छ ।  सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाले गरेका राम्रा काममा सरकारको साथ र...

  • २०७९ जेठ १८, बुधबार

    उड्ड्यन प्राधिकरणको नयाँ नियम लागू

    नेपाल नागरिक उड्ड्यन प्राधिकरणले उडानका लागि बुधबारदेखि नयाँ नियम लागू गरेको छ । नयाँ नियममा प्रस्थान गर्ने र गन्तव्यमा पुग्ने रुटको मौसम सफा रहेको खण्डमा मात्रै विमानलाई उडान अनुमति दिइने छ । हालै तारा एयरको विमान दुर्घटनामा परी २२ जनाको मृत्यु...

  • २०७९ जेठ १७, मंगलबार

    आज विश्व धुम्रपानरहित दिवस

    आज विश्व धुम्रपान तथा सुर्ती रहित दिवस नेपालमा पनि मनाइँदैछ । हरेक वर्षको मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ । यो दिवस मनाउनुको मुख्य उद्देश्य भनेकै धुम्रपान तथा सूर्तीजन्य पदार्थको सेवनबाट  हुने क्षति न्यूनिकरण गर्ने र  यस्ता सूर्तीजन्य पदार्थको...

  • २०७९ जेठ १६, सोमबार

    दुर्घटनाग्रस्त अवस्थामा विमान भेटियो

    पोखराबाट मुस्ताङको जोमसोम जाने क्रममा हिजो बिहानदेखि हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा आज भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ को सानुसरे भन्ने स्थानमा विमान दूर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मानापाथी हिमालको...

  • २०७९ जेठ १६, सोमबार

    सरकारबाट १८ खर्बको बजेट प्रस्तुत

    सरकारले आ.व. २०७९/८० का लागि झण्डै १८ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आगामी आर्थिक बर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट घोषणा गर्नुभएको हो । यसमध्ये चालु खर्च तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् कुल बजेटको ४२...

  • २०७९ जेठ १५, आइतबार

    आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत हुने

    आगामी आर्थिक वर्ष २०७९÷८० को लागि सरकारले आज संघीय संसदमा बजेट प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे आर्थिक वर्ष २०७९÷८० को राजश्व र आय–व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नु हुनेछ । गत असारमा शेरबहादुर देउवाको नेतृत्वमा...

  • २०७९ जेठ १५, आइतबार

    गणतन्त्र दिवस मनाईंदै

    आज गणतन्त्र दिवस  । दुई सय ३८ वर्ष लामो शाहवंश राज परम्पराको अन्त्य गरी मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको अवसरमा जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाईंदैछ ।  अघिल्ला वर्षहरुमा कोरोना महामारीको कारण गणतन्त्र दिवसमा औपचारिक...

  • २०७९ जेठ १०, मंगलबार

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

    सरकारले आगामी आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम घोषणा गर्नुभएको हो । नीति तथा कार्यक्रममा सरकारले विशेषगरी आन्तरिक उत्पादनलाई प्राथमिकतामा राख्ने जनाएको छ ।...

  • २०७९ जेठ ८, आइतबार

    बलात्कारीलाई कारबाही गर्न माग गर्दै विरोध प्रर्दशन

    बलात्कारीलाई सजाय दे, दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर, बलात्कार सम्बन्धि घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर जस्ता लेखिएको प्ले कार्ड प्रर्दशन गर्दै प्रर्दशनकारीहरुले हिजो...

  • २०७९ जेठ ३, मंगलबार

    संसदको वर्षे अधिवेशन सुरु

    प्रतिनिधिसभाको वर्षे अधिवेशन आजबाट सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको करिब ९ महिनादेखिको अवरोध पछि आज अधिवेशन बसेको हो । बजेट अधिवेशनको पहिलो दिन एमालेले अवरोध गरेन । आफ्नो दलले कारबाही गरेका सांसदहहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले २३...

  • २०७९ जेठ ३, मंगलबार

    कीर्तिपुरको मेयरमा कांग्रेसका नकर्मीले बाजी मार्याे

    कीर्तिपुर नगरपालिकामा मेयरमा यसपालि कांग्रेसले बाजी मारेको छ । मेयरमा कांग्रेसका राजकुमार नकर्मी विजयी हुनुभएको छ । उहाँले एमालेका रत्नकेशर बज्राचार्यलाई साढे चार हजार मतान्तरले पराजित गर्नुभएको हो । २०३६ सालदेखि नेपाली कांग्रेसमा सक्रिय भएका...

  • २०७९ जेठ २, सोमबार

    २५६६औं बुद्ध जयन्ती मनाईंदै

    २५६६औं बुद्ध जयन्ती आज हर्षाेल्लासपूर्वक नेपाल लगायत विश्वभरका बौद्ध धर्मावलम्बीहरुले मनाइँदैछ । हिन्दू मान्यता अनुसार भगवान विष्णुको नवौं अवतारको रुपमा पनि भगवान सिद्धार्थ गौतमलाई पूजा आराधना गर्ने गर्दछ ।  वैशाख शुक्ल पूर्णिमाकै तिथिमा बुद्धको...

  • २०७९ बैशाख ३१, शनिबार

    काठमाडौं, भरतपुर महानगरपालिकाको मतगणना शुरु, उपमेयरमा सुनिता डंगोलको अग्रता

    स्थानीय तह निर्वाचनको सर्वाधिक चासोको विषय रहेको काठमाडौं र भरतपुर महानगरपालिकाको मतगणना शुरु भएको छ ।  काठमाडौं महानगरपालिकाका मतगणना अनुसार सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका सिर्जना सिंह र नेकपा (एमाले)का केशव स्थापितबीच महानगरप्रमुखको लागि कडा...

  • २०७९ बैशाख ३१, शनिबार

    आठ पालिकाको नतिजा अनुसार एमालेको अग्रता

    हिजो सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना अनुसार मतपरिणाम आउने क्रम जारी छ ।  हालसम्म ८ स्थानीय तहको प्रमुखको टुंगो लागेको छ । निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ४ स्थानीय तहको प्रमुख जितेको छ । नेपाली कांग्रेसले २ स्थानीय तहमा प्रमुख जितेको...

  • २०७९ बैशाख २८, बुधबार

    भारतीय विमान भैरहवामा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भन्दै भारतीय वायु सेवाको विमान आज भैरहवा विमानस्थलमा आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीमा जेठ २ गते लुम्बिनी आउने भएपछि सुरक्षा व्यवस्था मिलाउन...

Pages