arin enterprises

बिचार

  • २०८० आषाढ २६, मंगलबार

    सगरमाथाको चुचुरो ६४४ जनाले चुमे

    यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको चुचुरोमा ६ सय ४४ आरोहीले सफल आरोहण गरेका छन् । एउटै सिजनमा यति धेरै आरोहीहरू सगरमाथा चुचुरोमा पुगेको इतिहासमै पहिलोपटक हो । चुचुरोमा पुग्नेहरू २८७ आरोही र तीन सय ५९ पथप्रदर्शक रहेको पर्यटन विभागले जनाएको छ जसमा...

  • २०८० आषाढ २६, मंगलबार

    आदीपुरुषको विवाद चलिरहँदा OMG 2 को टीजर सार्वजनिक

    रामायणको कथावस्तुमा आधारित चलचित्र ‘आदीपुरुष’ को विवाद र वहस नसेलाउँदै बलिउडमा अर्को एउटा फिल्मको टीजर सार्वजनिक भएको छ, जसको सम्बन्ध पनि धर्मसँगै रहेको छ । बलिउडका खिलाडी कलाकार अक्षय कुमार अभिनित फिल्म OMG (ओ माइ गड) 2 को टीजर आज विहान सार्वजनिक...

  • २०८० आषाढ २६, मंगलबार

    वनएक्स बेट प्रकरणमा पक्राउ परेकाहरु विरुद्ध अदालतमा मुद्दा दर्ता

    गत महिना अवैध अनलाइन सट्टेबाजी एप वनएक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका दिनेश खड्का, अनिता धिताल लगायत १० जना कलाकार तथा युट्युबर विरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । उनीहरुलाई प्रहरीले एक वर्षसम्म कैद र १० हजार...

  • २०८० आषाढ २६, मंगलबार

    “येँ दे म्हसिके” पुनर्ताजगी तालिम सम्पन्न

    काठमाडौं महानगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूमा लागू गरिएको स्थानीय विषयको पठनपाठनमा संलग्न प्रशिक्षण सहायकहरूका लागि आयोजित पाँच दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाले विगत तीन वर्षदेखि आफू मातहत रहेका सामुदायिक...

  • २०८० आषाढ २६, मंगलबार

    नेयमार प्रशिक्षणमा फर्किए

    ब्राजिलीयन स्टार फुटबल खेलाडि नेयमार प्रशिक्षणमा फर्किएका छन् । प्रि–सिजन टूरको तयारी गरिरहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को अभ्यास सत्रमा नेयमार देखिएका हुन् । करिब चार महिना चोटका कारण आराम गरेका नेयमार पीएसजीको प्रशिक्षणमा...

  • २०८० आषाढ २६, मंगलबार

    मनाङ एयर हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु

    सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर सोमबार बिहान काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन...

  • २०८० आषाढ २६, मंगलबार

    विवादित अभिव्यक्तिबारे प्रधानमन्त्रीले दिए जवाफ

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादास्पद अभिव्यक्ति दिनु आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीमा कुरा गरेको भन्ने अभिव्यक्ति...

  • २०८० आषाढ २५, सोमबार

    थ्रेड्सले पायो पाँच दिनमै १० करोड प्रयोगकर्ता

    इन्स्टाग्रामको नयाँ एप थ्रेड्सले १० करोड प्रयोगकर्ताको आँकडा पार गरेको छ । सञ्चार माध्यम भर्जले एक रिपोर्ट सार्वजनिक गर्दै थ्रेड्समा १० करोड बढी प्रयोगकर्ता पुगेको बताएको हो । यसअघि च्याटजीपीटीले दुई महिना लगाएर राखेको रेकर्ड थ्रेड्सले पाँच दिनमै...

  • २०८० आषाढ २५, सोमबार

    भारतमा अवैध सुनसहित तीन जना पक्राउ

    भारतको सुरत विमानस्थलबाट अवैध ४८ किलो सुनसहित तीन जना पक्राउ परेका छन् । राजस्व गुप्तचर निर्देशनालयले २५ करोड भारु बराबरको ४८ दशमलव २ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको हो । युएईको शारजहाँबाट एअर इण्डियाको उडानबाट आएका तीन जना यात्रुहरुलाई...

  • २०८० आषाढ २५, सोमबार

    चीनको किन्डरगार्टेनमा चक्कु प्रहार हुँदा छ जनाको मृत्यु

    चीनको एक किन्डरगार्टेनमा जथाभावी चक्कु प्रहार हुँदा छ जनाको मृत्यु भएको छ । चीनको दक्षिण पूर्वी ग्वाङदोङ राज्यमा रहेको किन्डरगार्टेमा प्रवेश गरेका २५ वर्षिय एक युवकले बालबालिका र शिक्षक शिक्षिकामाथि चक्कु प्रहार गर्दा तिन बालबालिकासहित ६ जनाको...

  • २०८० आषाढ २५, सोमबार

    प्रसुति गृहले शिशु प्रदर्शन गर्ने

    परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसरमा ५९औं शिशु प्रदर्शनी गर्ने भएको छ । अस्पतालले सोमबार एक सूचना प्रकाशित गरी सो प्रदर्शनीका लागि इच्छुक अभिभावकहरुलाई भाग लिन आह्वान गरेको हो । यसका लागि प्रसूति गृहमै जन्मेका एक...

  • २०८० आषाढ २५, सोमबार

    हर्नान्डेज पीएसजीमा अनुबन्धीत

    हर्नान्डेज पीएसजीमा अनुबन्धीत फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लुकास हर्नान्डेजलाई अनुबन्ध गरेको छ । बायर्न म्युनिखका डिफेन्डर २७ वर्षीय हर्नान्डेजलाई पीएसजीले ३४ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । । उनले पीएसजीसँग ५ वर्षको सम्झौता गरेका छन्...

  • २०८० आषाढ २५, सोमबार

    भारी वर्षाका कारण भारत र पाकिस्तानको जनजीवन अस्तव्यस्त

    भारतका विभिन्न भागमा अत्यधिक बर्षाले जनजीवन अस्तब्यस्त बनेपछि विद्यालयहरु बन्द गरिएका छन् । राजधानी नयाँ दिल्ली लगायत शहरका सडकहरु जलमग्न भएसँगै जनजीवन प्रभावित भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाले सोमबार विद्यालय बन्द गर्ने निर्णय गरेको...

  • २०८० आषाढ २५, सोमबार

    साउने ब्रत प्रारम्भ

    तिथि अनुसार साउने सोमबारको व्रत आजदेखि शुरु भएको छ । साउने ब्रत शुरु हुने भएपछि पशुपतिनाथलगायत देशभरका शिव मन्दिरहरुमा दशनार्थीको भीड बढेको छ । पशुपति क्षेत्र विकास कोषले साउने ब्रतका लागि सबै तयारी गरिएको जनाएको छ । साउने सोमबारका लागि देशका...

  • २०८० आषाढ २४, आइतबार

    मर्निङ वाक जाँदा लुटपाट गर्ने पाँच जना पक्राउ

    मर्निङ वाकमा निस्किने महिलाको सुनको सिक्री लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंका विभिन्न ठाउँमा श्रृंखलाबद्ध लुटपाटमा संलग्न तिनीहरुलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।...

  • २०८० आषाढ २४, आइतबार

    ज्याक माको कम्पनी एन्ट ग्रुपलाई एक अर्ब डलर जरिवाना

    चिनियाँ अर्बपति ज्याक माको कम्पनी एन्ट ग्रुपलाई साढे सात अर्ब युआन अर्थात् लगभग एक अर्ब अमेरिकी डलर जरिवाना लागाएको छ । चीनको वित्तीय नियमनकारी निकायहरुले विभिन्न वित्तीय कानुन र निर्देशिकाहरूको पालना नगरेको भन्दै कम्पनीलाई उक्त जरिवाना लागाएको हो...

Pages