arin enterprises

ब्लग

  • २०७८ आषाढ २९, मंगलबार

    २ हजार ३९८ नयाँ संक्रमित थप, २ हजार ७८ निको

    नेपालमा कोभिड १९ का थप २ हजार ३९८ जना नयाँ संक्रमित भेटिएका छन् । ११ हजार १२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २१ दशमलव ७७ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ७ हजार ५८ आरटी पिसिआर परिक्षणमा एक हजार ६३९ जना र ३ हजार ९५४ एन्टिजेन परिक्षणमा ७५९...

  • २०७८ आषाढ २८, सोमबार

    ‘सर्वोच्चको फैसला ईतिहासकै महत्वपूर्ण परिघटना’

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै महत्वपूर्ण परिघटना भएको बताउनुभएको छ । एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्चको आजको फैसला नेपाल र नेपाली जनताको...

  • २०७८ आषाढ २८, सोमबार

    उपत्यकामा साढे ४ सय बढि नयाँ संक्रमित थप

    काठमाडौं उपत्यकामा विगत केही दिन थप हुने कोभिड १९ का नयाँ संक्रमितको संख्या ४ सय भन्दा तल रहेकोमा आज यो संख्या बढेर साढे ४ सय माथि पुगेको छ । पछिल्लो २४ घण्टामा देशैभरीबाट थप हुने नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ४५१ जना रहेका छन् । काठमाडौंमा...

  • २०७८ आषाढ २८, सोमबार

    निको हुनेभन्दा दोब्बर बढि संख्यामा नयाँ संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा कोभिड संक्रमित निको भएका भन्दा दोब्बर बढि संख्यामा नयाँ संक्रमितहरु भेटिएका छन् । पछिल्लो पटक एक हजार १३३ जना संक्रमित संक्रमण मुक्त भई डिस्चार्ज हुँदा थप हुने नयाँ संक्रमितको संख्या २ हजार ३७० रहेको छ । जम्मा ११ हजार ५८४ जनाको...

  • २०७८ आषाढ २८, सोमबार

    देउवालाई रामचन्द्रको बधाई

    सर्वोच्च अदालतले दुई दिन भित्रमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवालाई बधाई दिएका छन् । ट्वीटरमा ट्वीट गर्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवालाई बधाई दिएका...

  • २०७८ आषाढ २८, सोमबार

    सर्वोच्चमा गोरु व्याएको राप्रपा अध्यक्ष थापाको भनाई

    सर्वोच्च अदालतले संसद विघटनको फैसलालाई बदर गर्दै ७ दिन भित्र संसद वैठक आह्वान गर्ने र दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसँगै यो सम्वन्धी प्रतिक्रियाहरु आउन थालेका छन् । एमाले नेता ईश्वर पोखरलले सर्वोच्चको...

  • २०७८ आषाढ २८, सोमबार

    संसद पुनर्स्थापना भयो, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभा पुनस्थार्पित भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । साथमा सर्वोच्च अदालतको संवैधानिक इजालसले...

  • २०७८ आषाढ २८, सोमबार

    पेनाल्टीमा इंग्ल्यान्डलाई हराउँदै इटाली च्याम्पियन

     पेनाल्टीमा इंग्ल्यान्डलाई हराउँदै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले युरो २०२०को उपाधि जितेको हो । इंग्ल्यान्डको लन्डन स्थित...

  • २०७८ आषाढ २७, आइतबार

    उपत्यकामा ३९१ संक्रमित थपिए, ४४० संक्रमण मुुक्त

    काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ३९१ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा २६३, ललितपुरमा ९७ र भक्तपुरमा ३१ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्ममा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ६९ हजार २४८ पुगेको छ ।...

  • २०७८ आषाढ २७, आइतबार

    परिक्षणको १९ दशमलव ८६ प्रतिशतमा संक्रमण पुष्टि

    नेपालमा थप एक हजार ८३१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक ९ हजार २१८ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ९ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो । ५ हजार ५३५ आरटी पिसिआर परिक्षणमा एक हजार २३७ र ३ हजार ६८३ एन्टिजेन परिक्षणमा ५९४...

  • २०७८ आषाढ २७, आइतबार

    वीरेन्द्र अस्पताल छाउनीमा निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु

    वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा हेमोडाइलासिस सेवा सुरु भएको हो । आइतबार काठमाडौँ...

  • २०७८ आषाढ २७, आइतबार

    जनसंख्या दिवसमा प्रजनन् क्षमतामाथि कोभिड १९ को प्रभाव सम्वन्धी चर्चा

    आज जुलाई महिनाको ११ तारीख, विश्वभरी विभिन्न किसिमले विश्व जनसंख्या दिवस मनाइन्छ । यस वर्षको जनसंख्या दिवस ‘प्रजनन् क्षमतामाथि कोभिड १९ को प्रभाव’ भन्ने विषयमा केन्द्रीत रहेको छ । कोभिड १९ महामारी र प्रजनन क्षमतासँग सम्वन्धित रही विभिन्न...

  • २०७८ आषाढ २७, आइतबार

    ब्राजिललाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन

     ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१को उपाधि जितेको छ । आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा घरेलु टोली ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेटिनालाई उपाधि दिलाउने क्रममा एन्जल डि...

  • २०७८ आषाढ २६, शनिबार

    उपत्यकामा ३८० संक्रमित थप, ५३० निको

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का ३८० जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा २६१, ललितपुरमा ७४ र भक्तपुरमा ४५ जना संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ६८ हजार ८५७ जना कोभिड १९ बाट संक्रमित भइसके । तीमध्ये २ लाख ५८ हजार...

  • २०७८ आषाढ २६, शनिबार

    संक्रमित संख्या दिनहुँ बढ्दाे दरमा

    नेपालमा पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा करीब २१ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक जम्मा १० हजार ४१७ जनाको स्वाब नमूना परिक्षण गरिएकोमा २ हजार १६९ जना मा संक्रमण पुष्टि भएको हो । ६ हजार ५३० आरटी पिसिआर परिक्षणमा...

  • २०७८ आषाढ २५, शुक्रबार

    उपत्यकामा नयाँ संक्रमितको संख्यामा कमी आउँदै

    काठमाडौं उपत्यकामा कोभिड १९ का नयाँ संक्रमितको संख्यामा कमी आउँदै गरेको देखिएको छ । हिजो ४२७ जना नयाँ संक्रमित भेटिएको काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितको संख्या ४ सयभन्दा कम रहेको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा जम्मा ३८०...

Pages