arin enterprises

राष्ट्रिय

  • २०७९ माघ ३, मंगलबार

    नवनियुक्त मन्त्रीहरुको प्रतिबद्धता

    आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज मन्त्री हुनेहरु नेकपा एमालेबाट ८ जना, नेकपा माओवादी केन्द्रबाट ६, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना राप्रपाबाट ४ जना र जनमत पार्टीबाट १ जना रहेका छन् । नवनियुक्त...

  • २०७९ माघ ३, मंगलबार

    प्रधानमन्त्री दाहाल नेतृत्व सरकारको मन्त्रिमण्डल विस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । यो विस्तारसँगै अब मन्त्रिपरिषद सदस्य २३ पुगेको छ ।...

  • २०७९ माघ २, सोमबार

    विमान दुर्घटनामा पर्नेमध्ये २६ जनाको पहिचान

    आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलायन्सको विमानमा सवार ६९ जनाको शव फेला परेको छ । चालक दलका ४ सदस्यसहित ७२ जना सवार यति एयरलायन्सको नाइन(एन एएनसी एटीआर ७२(५०० विमान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको थियो । ६९ यात्रुमध्ये ५३ जना...

  • २०७९ माघ १, आइतबार

    यति एयरको जहाज फेवाको खोंचमा दुर्घटना

    काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको छ । जहाजमा चालकदलका सदस्यसहित कूल ६८ जना यात्रु रहेको अनुमान गरिएको छ । विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरणका क्रममा ११ बजेर १० मिनेट जाँदा फेवाको...

  • २०७९ माघ १, आइतबार

    आज माघे संक्रान्ति पर्व मनाईंदै

    आज माघे सक्रान्ति पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ । आजबाट उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जाने मान्यता रहेको छ । आजको दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल...

  • २०७९ पौष २७, बुधबार

    देशभर पृथ्वी जयन्ती मनाइयो, कीर्तिपुरवासीहरु कालो दिनको रुपमा सम्झंदै

    राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१औं जन्मजयन्ती काठमाडौंमासहित देशभर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी मनाइएको हो । विसं १७७९ पुस २७ गते गोरखामा तत्कालीन राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । ...

  • २०७९ पौष २५, सोमबार

    पेट्रोलियम पदार्थको भाउ घट्यो

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले घटाइएको जनाएको छ । नयाँ मूल्यअनुसार अब...

  • २०७९ पौष २५, सोमबार

    संघीय संसदको पहिलो बैठक बस्दै

    प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज दिउँसो १ बजे संघीय संसद बानेश्वरमा बस्दैछ । गत मंसीर ४ गते सम्पन्न आम निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो १ बजेका लागि संसदको...

  • २०७९ पौष २४, आइतबार

    नेवाः पत्रकार राष्ट्रिय दबूको चौथौं महाधिवेशनबाट १९ सदस्यीय कार्यसमितिसहित अध्यक्षमा नृपेन्द्रलाल श्रेष्ठ चयन

    नेवाः पत्रकार राष्ट्रिय दबूको चौथौं महाधिवेशन सम्पन्न भएको छ । नृपेन्द्रलाल श्रेष्ठ नेतृत्वको १९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै हिजो ललितपुरको ज्वागलमा सम्पन्न भएको छ । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, उपाध्यक्षहरु रचना श्रेष्ठ, संदिप...

  • २०७९ पौष २४, आइतबार

    न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाइयो

    सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय...

  • २०७९ पौष १९, मंगलबार

    सुकुम्वासी समस्या सहजै समाधान हुने आयोगको दावी (भिडियो सहित)

    राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिले सुकुम्वासी समस्यालाई व्यवस्थित रुपमा प्रकृयामा लिएर गए सजिलै समाधान हुने दावी गरेको छ । सोमबार भूमि आयोग काठमाडौं समितिमा भएको पत्रकार भेटघाट र अन्तरक्रिया कार्यक्रममा समितिका पदाधिकारीहरुले सहज प्रकृयालाई...

  • २०७९ पौष १९, मंगलबार

    प्रधानमन्त्री दाहालले आज विशेष सम्बोधन गर्ने

    प्रधानमन्त्री पुष्पकमल दाहालले आज विशेष सम्बोधन गर्दैहुनुहुन्छ । सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन सन्दर्भमा आज कर्मचारीहरुलाई विशेष सम्बोधन गर्ने हुनुभएको छ । हिजो प्रधानमन्त्री बनेपछि पहिलो पहिलो पटक सचिवहरुसंग छलफल गर्नुभएका प्रधानमन्त्री...

  • २०७९ पौष १८, सोमबार

    दूधको मूल्यवृद्धि फिर्ता

    शनिबारदेखि एकाएक बढाइएको दूधको मूल्य फिर्ता लिन सरकारले निजी डेरी कम्पनीहरुलाई निर्देशन दिएको छ । आइतबार बसेको कृषि तथा पशुपंक्षी मन्त्रालय र निजी डेरी कम्पनीहरुबीच बसेको छलफलपछि एकलौटी रुपमा बढाइएको मूल्य वृद्धि तत्काल फिर्ता दिन भनेको हो । दूधको...

  • २०७९ पौष १८, सोमबार

    पेट्रोलियम पदार्थको मूल्य यथावत

    पटकपटक पेट्रोलियम पदार्थको मूल्य घटे पनि मूल्य नघटाएको नेपाल आयल निगम यसपटक मूल्यमा वृद्धि भए तत्काल मूल्य नघटाउने भएको छ । भारतबाट आएको पेट्रोलियम पदार्थको मूल्य सूचीमा केही घटबढ भएपनि नेपालमा मूल्य यथावत राखिने निगमले जनाएको हो । निगमका अनुसार...

  • २०७९ पौष १७, आइतबार

    आज १०औं राष्ट्रिय पोशाक एवं टोपी दिवस

    अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै नेपालमा आज नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाइरहेको छ । २०६३ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रिय पोशाकको प्रयोगमा कमी आएपछि जनस्तरबाट टोपी दिवस मनाउन थालिएको हो । मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय...

  • २०७९ पौष १७, आइतबार

    अंग्रेजी नयाँ वर्ष २०२३ मनाईंदै

    इस्वी संवतको नयाँ वर्ष सन् २०२३ आजदेखि सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को विदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु गरी इस्वी संवत् २०२३ मनाइरहेको छ । नयाँ वर्षको अवसरमा विश्वभरका मानिसहरुले आपसमा शुभकामना...

Pages