राष्ट्रिय
-
२०७९ फाल्गुण १९, शुक्रबार
आयुर्वेद संरक्षण र संवद्र्धन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
शुक्रबारबाट काठमाडौंमा सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा सुरु भएको छ । सो अवसरमा महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताउनुभएको छ । कार्यक्रममा तीन सय वर्ष पुरानो इतिहास बोकेको...
-
२०७९ फाल्गुण १८, बिहिबार
प्रदेश १को नाम कोशी प्रदेश नामाकरण
प्रदेश १ को नामाकरणका लागि हिजो प्रदेशसभामा भएको मतदानमा ९० मध्ये ८२ मत खसेपछि कोशी प्रदेश नामाकरण भएको छ । प्रदेश सभामा हिजो भएको नामाकरण सम्बन्धि मतदानमा अत्यधिक बहुमतसहित कोशी प्रदेशको प्रस्ताव पारित भएको हो । ९३ सदस्यी प्रदेशसभाका ८२ जना सांसदले...
-
२०७९ फाल्गुण १७, बुधबार
राष्ट्रपति निर्वाचनको आचारसंहिता लागू
यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि आजदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ लागू भएको छ । आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी,...
-
२०७९ फाल्गुण १६, मंगलबार
सरकारी वेवसाइटहरु अब एउटै ढाँचामा
नेपालका सबै सरकारी वेबसाइट एउटा ढाँचा र मापदण्डमा निर्माण भएका छन् । सरकारी निकायका वेबसाइटमा एकरुपता कायम गर्न एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको विकास गरिएको छ । सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले आज (मङ्गलबार) मन्त्रालयमा आयोजित एक...
-
२०७९ फाल्गुण १५, सोमबार
नेकपा एमाले दाहाल नेतृत्व सरकारबाट बाहिरियो
नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । सोमबार बसेको नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि नेकपा (एमाले)का मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिनुभएको छ । सोमबार अपराह्न...
-
२०७९ फाल्गुण १४, आइतबार
उपत्यका लगायत देशका विभिन्न स्थानमा हल्का वर्षा
उपत्यका लगायत देशका विभिन्न सथानमा आज हल्का वर्ष भएको छ । काठमाडौं उपत्यकामा पाँच महिनापछि वर्षा भएको छ । पाँच महिनापछि आइतबार दिउँसो काठमाडौं उपत्यकामा पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि असोज २८ गते...
-
२०७९ फाल्गुण १२, शुक्रबार
उपत्यकामा ५० किमिभन्दा बढी गतिमा सवारी साधन कुडाउन नपाइने
उपत्यका ट्राफिक प्रहरी कार्यालयले गति नियन्त्रणसम्बन्धी नियम लागू गर्ने भएको छ । अबदेखि काठमाडौं उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरको गतिमा मात्रै सवारी साधन चलाउन पाइने जनाएको छ । कार्यालयले एक सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र...
-
२०७९ फाल्गुण ११, बिहिबार
राष्ट्रपति निर्वाचनको मतदाता नामावली उपर आज दाबी विरोध गर्न सकिने
निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि आज उजुरी दिनु परेमा आज कार्यालय समयभित्र गर्न आह्वान गरेको छ । भोलि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन...
-
२०७९ फाल्गुण १०, बुधबार
बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प
सुदूरपश्चिम प्रदेशको बाजुरामा बुधबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको बिछ्या केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो । हिमाली जिल्ला हुम्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ । दुई पटक भूकम्पको धक्का महसुस गरिएको...
-
२०७९ फाल्गुण ९, मंगलबार
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाईँदै
आज फेब्रुअरीको २१ तारीख, विश्वभरीमा मातृभाषी तथा मातृभाषा प्रेमीहरु विभिन्न कार्यक्रमहरु गर्दै अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउँदैछन् । यसै सन्दर्भमा नेपालमा पनि विभिन्न आदिवासी जनजाती समुदाय लगायत मातृभाषीहरु विभिन्न कार्यक्रमहरुको आयोजना...
-
२०७९ फाल्गुण ८, सोमबार
नेपाल तथा युएइका सभामुखबीच शिष्टाचार भेट
संयुक्त अरब इमिरेट्स युएइको भ्रमणमा रहनुभएका संघीय संसद, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र युएइको संघीय राष्ट्रिय काउन्सिलका सभामुख Saqr Ghobash बीच अबुधाबीस्थित काउन्सिलमा शिष्टाचार भेटघाट भएको छ। भेटघाटमा अध्यक्ष तिमिल्सिना र युएइका...
-
२०७९ फाल्गुण ८, सोमबार
आयोग राष्ट्रपति निर्वाचनको तयारीमा
निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि आन्तरिक व्यवस्थापनको तयारी तीब्र पारेको छ । निर्वाचन अधिकृत तोक्ने र मतदान स्थल तय गर्ने काम गरिसकेको आयोगले पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकेको छ ।...
-
२०७९ फाल्गुण ८, सोमबार
दल दर्ताका लागि आयोगको आह्वान
निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले सूचना निकालेर फागुन १० देखि १६ सम्म दल दर्ताको मिति तय गरेको हो । यही फागुन ५ सम्म दर्ता कायम रहेका राजनीतिक दललाई दल दर्ता गर्न...
-
२०७९ फाल्गुण ७, आइतबार
आज ७३औं प्रजातन्त्र दिवस
आज ७३ औं प्रजातन्त्र दिवस मनाइँदैछ । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । सरकारी र देशभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउने गरिन्छ । वि.सं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई...
-
२०७९ फाल्गुण १, सोमबार
भारतका विदेश सचिव क्वात्रा नेपालमा
परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमवार नेपाल आइपुग्नु भएको छ । उनले फागुन १ देखि २ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । क्वात्राले नेपालका परराष्ट्र सचिव भरतराज...
-
२०७९ फाल्गुण १, सोमबार
आज जनयुद्ध दिवस, सार्वजनिक विदा
माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध शुरु गरेको अवसरमा आज जनयुद्ध दिवस मनाईंदैछ । माओवादीले हिंसात्मक गतिविधि शुरु गरेको दिनलाई ‘जनयुद्ध दिवस’ भन्दै २८औं वार्षिकोत्सव मनाउन लागिएको हो । यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । हिंसात्मक...





