राष्ट्रिय
-
२०७९ चैत्र ३०, बिहिबार
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने मन्त्रीलाई कारवाही गर्न सांसद सुवालको माग
नेपाल मजदुर किसान पार्टीका नेता साथै प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमिका खेल्नेहरुलाई कारवाही गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबारको वैठकमा बोल्दै भक्तपुर क्षेत्र नम्बर एकबाट निर्वाचित संघीय...
-
२०७९ चैत्र २८, मंगलबार
कोरोना संक्रमणबाट ३ महिनापछि एकको मृत्यु
झण्डै तीन महिनापछि नेपालमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको थियो । विगत केही दिनदेखि कोरोना संक्रमण बढ्दै गएको छ । विशेषत भारतबाट फर्केका मानिसहरुबाट संक्रमण देखिएको थियो । जसले...
-
२०७९ चैत्र २६, आइतबार
एभरेष्ट एयरको हेलिकप्टर दुर्घटना
आज विहानदेखि हराइरहेको एभरेष्ट एयरको हेलिकप्टर धौलागिरी वेसक्याम्प नजिकै दुर्घटना अवस्थामा भेटिएको छ । धौलागिरि बेस क्याम्प जानेक्रममा अन्नपूर्ण बेस क्याम्पको पछिल्लो ढिस्कोमा ल्याण्ड गर्ने क्रममा ठोकिएर दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणले...
-
२०७९ चैत्र २६, आइतबार
एभरेष्ट एयरको हेलिकप्टर विहानदेखि सम्पर्कविहीन
एभरेष्ट एयरको हेलिकप्टर आज विहानबाट सम्पर्कविहीन भएको छ । म्याग्दीको धौलागिरि हिमाल आधार शिविरतर्पm गएको उक्त हेलिकप्टर सम्पर्कविहीन भएको हो । हेलिकप्टर आज विहान ११ बजेर ११ मिनेटमा सम्पर्कविहीन भएको म्याग्दी जिल्ला अधिकारीले बताएको छ । हराएको...
-
२०७९ चैत्र २४, शुक्रबार
उपनिर्वाचनको आचारसंहिता लागू
आगामी वैशाख १० गते हुने प्रतिनिधिसभाका तीन वटा क्षेत्रको उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । तनहुँ, चितवन र बारा जिल्लामा उपनिर्वाचन लागू हुने भए पनि आचार संहिता भने देशैभर लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...
-
२०७९ चैत्र २३, बिहिबार
निजी सवारीले भाडा लिएर यात्रु बोक्न नपाउने
निजी सवारीसाधनले अब उप्रान्त भाडा लिएर यात्रु बोक्न नपाउने भएको छ । बुधबार एक परिपत्र गर्दै गृह मन्त्रालयले नेपाल राष्ट्रिय व्यवसायी महासंघको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाहीको निर्देशन दिएको छ । यो निर्देशन पश्चात भाडा लिएर...
-
२०७९ चैत्र २१, मंगलबार
अवस्था सामान्य देखिएपनि सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह
पछिल्लो समय नेपालमा कोभिड संक्रमितको संख्या दिनहुँ बढ्दै गएको अवस्थामा सुरक्षाका उपाय अपनाउन विशेषज्ञहरुले सुझाएका छन् । हाल देखिएका नयाँ संक्रमितहरुको अवस्था सामान्य नै देखिएको भएपनि जटिल अवस्था आउन नदिन सतर्कता अपनाउनु नै राम्रो हुने विशेषज्ञहरुले...
-
२०७९ चैत्र २०, सोमबार
ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ नेपालमा पुष्टि
नेपालमा ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ फैलिएको पुष्टि भएको छ । छिमेकी देश भारतमा पैmलिएको उक्त भेरियन्ट नेपालमा पनि देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४...
-
२०७९ चैत्र १९, आइतबार
सरकार र मिटरब्याज पीडितबीच सहमति
सरकार र मिटरब्याज पीडितबीच हिजो शनिबार ५ बुँदे सहमति भएपश्चात महिनौं अघिदेखिको आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको छ । सरकारले मिटरब्याज पीडितहरूका माग सम्बोधन गर्न र त्यसका लागि अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन...
-
२०७९ चैत्र १८, शनिबार
भारतबाट इन्धनको मूल्य घटेर आयो
भारतीय आयल कर्पोरेसन आइओसीले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर पठाएको छ । १५/१५ दिनमा आउने मूल्य सूचीअनुसार भारतले पेट्रोलियम पदार्थको मूल्य घटेर पठाएको हो । नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ घटेर आएको छ । यस्तै, पेट्रोलको...
-
२०७९ चैत्र १७, शुक्रबार
सुरु भयो एसईई परीक्षा
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज शुक्रबार सुरु भएको छ । आज विहान ८ बजेदेखि देशका ७७ वटै जिल्लामा एकसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) को तथ्याङकनुसार देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले परीक्षामा...
-
२०७९ चैत्र १६, बिहिबार
वैशाखमा बालबालिकाहरुलाई भिटामिन ‘ए’ खुवाइने
सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनिकरण गर्नका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले आगामी वर्ष ६ र ७ गते देशभरीका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको...
-
२०७९ चैत्र १४, मंगलबार
मिटरब्याजीलाई कारबाही गर्न कानुन बनाउने
सरकारले मिटरब्याजमा रकम असुली गर्नु अपराध मानिने गरी कानुनी व्यवस्था गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले मुलुकी अपराध संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने व्यवस्था गर्ने निर्णय गरेको हो । कानुन संशोधनको...
-
२०७९ चैत्र १३, सोमबार
स्व. जोशीको उचाइ र छवि समाजका लागि प्रेरणादायी : राष्ट्रपति पौडेल
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्व. नविन्द्रराज जोशीको सालिक आज राष्ट्रपति रामचन्द्र पौडेलले एक कार्यक्रमबीच अनावरण गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति...
-
२०७९ चैत्र १२, आइतबार
छैठौं वर्ल्ड नेवाः दिवस मनाइयो
विश्वका विभिन्न कुनामा बसोबास गरिरहेका नेवाः समुदायको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनले विश्वभर विविध कार्यक्रम गरी हिजो शनिबार छैठौं वर्ल्ड नेवाः दिवस मनाएको छ । सोही अवसरमा नेपालमा पनि वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले हिजो वसन्तपुरमा...
-
२०७९ चैत्र ११, शनिबार
नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि
नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रिय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो । पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र...





