कला-साहित्य
-
२०८० पौष २१, शनिबार
प्रेरणाकाे श्राेत हाे १०५ वर्षीया मिठाई आमाको सक्रिय जीवन
मिठाईदेवी राजभण्डारी मेरी ठुली आमा हुनुहुन्थ्यो । १०५ वर्षमा उनको गएको पौष ९ गते सोमबारका दिन निधन भयो । आज उहाँलाई सम्झिँदै उहाँको बारे केही शब्द कोर्ने कोशिश गरेको छु । उहाँलाई नचिन्ने मान्छेको लागि उहाँ अरु जस्तै एक साधारण महिला नै हुनसक्छ तर,...
-
२०८० पौष २०, शुक्रबार
जिल्ला अदालत काठमाडौंले सरस्वती प्रधानलाई दियो सफाई
जिल्ला अदालत काठमाडौँले सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी काठमाडौंकी सरस्वती प्रधानलाई सफाइ दिएको छ। २०७८ असार १ मा कोठा हेर्न गएकी तनहुँकी रुपा सुनारले आफू कामीकी छोरी भएको बताएपछि प्रधानले कोठा दिन...
-
२०८० पौष २०, शुक्रबार
‘ट्वेल्थ फेल’को नेपालमा चर्चा किन ?
विगत केही समयदेखि सामाजिक संजालमा बलिउड फिल्म ‘ट्वेल्थ फेल’को चर्चा भइरहेको छ । नेपाली हलमा रिलिज नै नभएपनि यो फिल्मले चर्चा भने नेपालमा पनि भइरहेको छ । कलाकारको बलियो लाइनअप नभएका कारण नेपाली वितरकले यो फिल्म नेपाली बजारमा भित्र्याएन । तर, यसका...
-
२०८० पौष २०, शुक्रबार
शानदार जित सहित युभेन्ट्स क्वार्टरफाइनलमा
युभेन्ट्सले सालेर्निटानामाथि शानदार जित निकाल्दै इटालियन कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार घरेलु मैदानमा सालेर्निटानालाई ६–१ गोल अन्तरले हराउँदै युभेन्ट्सले अन्तिम ८ मा स्थान बनाएको हो । खेलको पहिलो मिनेटमै युभेन्ट्सको कमजोर...
-
२०८० पौष २०, शुक्रबार
उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा सरकारलाई दिन्छौं : मेयर महर्जन
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा सरकारलाई नै दिने काठमाडौं भ्याली मेयर्स फोरमले निर्णय गरेको छ । बुधवार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको बैठकले नेपाल सरकार र नेपवेस्टको बीचमा २०१८ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन नसकेको र...
-
२०८० पौष २०, शुक्रबार
भारतीय दुतावासले नेपालमा आफूखुशी २० करोड खर्च गर्न पाउँदैनः प्रधानमन्त्री
भारतीय दूतावासले नेपालमा २० करोडसम्म लगानी गर्न सम्झौताको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्पष्टिकरण दिनुभएको छ । नेपाल–भारतबीच पराष्ट्रमन्त्रीस्तरीय बैठक भारतीय दूतावासले २० करोडसम्म लगानी गर्ने सम्झौताको चौतर्फी विरोध भएपछि आज प्रधानमन्त्री...
-
२०८० पौष २०, शुक्रबार
ङतभूलु अजिमा (नरदेवी श्वेतकाली)को नाच कीर्तिपुरमा
नरदेवी श्वेतकाली (ङतभूलु अजिमा) १२ वर्षे देवीनाच शुक्रबारदेखि कीर्तिपुरमा शुरु हुने भएको छ । कीर्तिपुरको लाय्कु डबलीमा पुस २० गते र २१ गते नाच देखाई २२ गते आइतबार विहान समापन गरिने १२ वर्षे देवीनाच समारोह समितिले जनाएको छ । समितिका अनुसार आज (...
-
२०८० पौष १९, बिहिबार
पशुपतिनाथलाई गरिने आरतीको भिडियो सामाजिक सञ्जालमा राख्न नपाइने
पशुपति क्षेत्रमा हुने सन्ध्या आरती र दीप प्रज्वलनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरे कारबाही हुने भएको छ । पशुपतिनाथ मन्दिरस्थित बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिचेर सामाजिक सञ्जालमा व्यवसायिक...
-
२०८० पौष १९, बिहिबार
भारतले पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ अनुदान दिने
नेपाल र भारतबीचको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकबाट मुख्य रुपमा चार वटा सहमतिमा हस्ताक्षर भएका छन् । बिहीबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः...
-
२०८० पौष १९, बिहिबार
विदेशमन्त्री जयशंकरसँग विविध पक्षमा छलफल
नेपाल र भारतबीचको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । बैठकमा आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति र राजनीतिकलगायतका विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल–भारत सम्बन्धका विभिन्न...
-
२०८० पौष १९, बिहिबार
चन्द्रागिरिले चार्जिङ स्टेशन निर्माण गर्ने
चन्द्रागिरि नगरपालिकामा सार्वजनिक तथा निजि विद्युतिय सवारी साधनको लागि चार्जिङ स्टेशन निर्माण हुने भएको छ । साझा यातायात र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा पहिलो चरणमा नागढुङ्गा र थानकोट गरि दुई स्थानमा चार्जिङ स्टेशन गरिन लागिएको हो । चार्जिङ...
-
२०८० पौष १९, बिहिबार
रियल र जिरोना विजयी
स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल म्याड्रिडले विजयी हारिल गरेको छ । गयराति रियलले मालोर्कालाई १–० गोलले पराजित गरेको हो । रियलको संघर्षपूर्ण जितमा डिफेन्डर रुडिगरले ७८ मिनेटमा गरेको गोल निर्णायक बन्यो । यस्तै गयराति नै भएको अर्को खेलमा रियलसँगै...
-
२०८० पौष १८, बुधबार
‘चाहना बढ्दै गो....’ को भ्यूज ४ दिनमा १ लाख बढि
गायक सरगम राईबाट स्वरबद्ध गीत ‘चाहना बढ्दै गो....’ को म्यूजिक भिडियोको भ्यूज ४ दिनमा एक लाख बढि पुगेको छ । गत डिसेम्बर ३० का दिनमा The RGT Films युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा जनवरी ४ को दिन अपरान्ह ४ बजेसम्ममा एक लाख ६ हजार ३६४ भ्यूज...
-
२०८० पौष १८, बुधबार
२०८१ को रातो मच्छिन्द्रनाथ जात्रा संकटमा ?
बाराही दः गुठीले गुठि संस्थानलाई २०८१ सालको मच्छिन्द्रनाथ जात्राको लागि काठ उपलब्ध नगराएको आरोप लगाएको छ । दः गुठीले गुठी संस्थान शाखा कार्यालय ललितपुरको नाममा एक पत्र लेख्दै पटक पटक ताकेता गरे पनि काठ उपलब्ध नगराएको जनाएको हो । हाल रहेको रथको खत,...
-
२०८० पौष १८, बुधबार
नेपाल उड प्रदर्शनी हुँदै
नेपाल उड इन्टरनेशनल एक्स्पो र नेपाल इन्टरनेशनल फर्निचर एन्ड होम डेकोर इन्टरनेशनल एक्स्पो काठमाडौंमा हुँदैछ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि को संयुक्त आयोजनामा आउँदो पौष २० गतेदेखि तीन दिने एक्स्पो हुन...
-
२०८० पौष १८, बुधबार
महानगरको निर्णयमा हेरफेर गरेको आरोपमा तीन कर्मचारी निलम्बन
काठमाडौं महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ । काठमाडौं महानगरपालिका वडा १९ को स्वास्थ्य सेवा प्रर्वद्धन केन्द्रमा राखिने कर्मचारीको निर्णय कार्यान्वयनमा अनियमिता गरेपछि उक्त कर्मचारीहरु निलम्बनमा परेको हे । कार्यपालिकाको निर्णय...




