खेलकुद
-
२०७८ आश्विन २०, बुधबार
८३ वर्षको उमेरमा 'रावण'को निधन
रामानन्द सागरबाट निर्मित रामायण सिरियलमा रावणको भूमिका निभाएका अरविन्द त्रिवेदीको निधन भएको छ । ८३ वर्षीय त्रिवेदीको मंगलबार राती १० बजे हृदयघातका कारण मृत्यु भएको हो । मुम्बइ कान्दिवलीस्थित आफ्नै निवासमा उनको मृत्यु भएको थियो । त्रिवेदीका भतीजा...
-
२०७८ आश्विन २०, बुधबार
पन्डोरा पेपर्समा सचिन तेन्डुलकर पनि
भारत सरकारले पन्डोरा पेपर्सको बहु एजेंसी जाँचको आदेश दिएको छ । पन्डोरा पेपर्समा ३ सय बढि भारतीयको नामसमेत मुछिएपछि भारत सरकारले जाँचको आदेश दिएको हो । पन्डोरा पेपर्समा मुछिएका भारतीयमा विश्व प्रशिद्ध क्रिकेटर सचिन तेन्डुलकरसमेत परेका छन् । पूर्व...
-
२०७८ आश्विन १९, मंगलबार
कोरोना निको हुनेको दर बढ्दै
नेपालमा कोरोना संक्रमणको अवस्था नियन्त्रणमा आउँदै गरेको पाइएको छ । नयाँ संक्रमितको संख्यामा दिनहुँ कमी आउँदै गर्दा निको हुनेको दर पनि बढ्दै गएको छ । हाल कोभिड १९ संक्रमण निको हुनेको दर ९६ दशमलव ६ प्रतिशत पुगेको छ । कुल संक्रमितमध्ये ७ लाख ७१ हजार...
-
२०७८ आश्विन १९, मंगलबार
मात्र ६ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो समय गरिएको परिक्षणमा मात्र ६ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमणको यो दर पछिल्लो ६ महिनाकै कम हो । जम्मा १६ हजार ४२ वटा स्वाब नमूनाको परिक्षण गरिँदा ९६८ जनामा संक्रमण पुष्टि भएको हो । ११ हजार ५८२ आरटी पिसिआर...
-
२०७८ आश्विन १९, मंगलबार
शिक्षक दिवस मनाईँदै, दिवसबारे शिक्षकहरु नै अनभिज्ञ
आज औं विश्व शिक्षक दिवस विश्वभरी विभिन्न कार्यक्रम गरी मनाईँदैछ । हरेक वर्ष अक्टोवर ५ तारीखका दिन सबैलाई शिक्षा प्रदान गरी शिक्षित समाज निर्माणमा योगदान दिने शिक्षकहरुको सम्मानमा विश्व शिक्षक दिवस मनाइन्छ । यो पटक ‘शैक्षिक सुधारको केन्द्रमा शिक्षक’...
-
२०७८ आश्विन १८, सोमबार
संक्रमण दरमा हिजाेभन्दा ४ प्रतिशतले वृद्धि
कमी आउँदै गर्दा आज भने फेरी बढेको पाइएको छ । हिजो परिक्षण संख्याको ६ दशमलव २१ प्रतिशतमा संक्रमण पुष्टि भएकोमा आज भने बढेर करीब साढे ९ प्रतिशत नयाँ संक्रमित भेटिएका छन् । दिनहुँ नयाँ संक्रमण दर घट्दै गइरहेकोमा महामारीको अवस्था नियन्त्रणमा आउने आशा...
-
२०७८ आश्विन १८, सोमबार
कार्टूनिस्ट लार्स विल्क्सको सडक दुर्घटनामा मृत्यु
एक समय पैगम्बर मोहम्मदको कार्र्टुन बनाएर चर्चामा आएका स्वीडेनका कार्टुनिस्ट लार्स विल्क्सको सडक दुर्घटनामा परी मृत्यु भएको छ । बीबीसीका अनुसार विल्क्स एउटा प्रहरीको गाडीमा जाँदै गर्दा दुर्घटना भएको हो । दक्षिणी स्वीडेनको मारकरद शहरमा उक्त प्रहरीको...
-
२०७८ आश्विन १८, सोमबार
जेष्ठ नागरिक सम्मानसहित निशुल्क आँखा शिविर सम्पन्न
सामुदायिक स्वास्थ सेवा केन्द्र नागबहाल र ललितपुर महानगरपालिका वडा १६ को संयुक्त आयोजनामा सम्पन्न निशुल्क आँखा शिविरमा हिरण्यवर्ण महाविहारका जेष्ठ नागरिक आजुहरुलाई सम्मानित गरिएको छ । बिहान ८ बजेबाट शुरु गरिएको जेष्ठ नागरिक केन्द्रित शिविरमा करीब ३...
-
२०७८ आश्विन १८, सोमबार
ईलामबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ
इलामबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ नगदसहित २ जना पक्राउ परेका छन् । ईलाम सूर्योदय नगरपालिका–६ हर्कटे चोकबाट उक्त रकमसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ईलाम नगरपालिका–१० फिक्कल बस्ने ३५ वर्षीय अनुप अग्रवाल र...
-
२०७८ आश्विन १८, सोमबार
चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा किशाेर पक्राउ
रुपन्देहीमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा एक भारतीय किशाेर पक्राउ परेका छन् । हत्या गरेको आरोपमा प्रहरीले भारत गोपालगंज बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति पक्राउ गरेको हो । किशोरले शुद्धोधन गाउँपालिका–३ बेतानीस्थितमा प्लाई फ्याक्ट्रीमा काम...
-
२०७८ आश्विन १८, सोमबार
स्रोत नखुलेको करीब २३ लाख नगदसहित पक्राउ
कपिलवस्तुमा स्रोत नखुलेको करीब २३ लाख नगदसहित एक २२ वर्षीय युवा पक्राउ परेका छन् । कृष्णनगर नगरपालिका–२ बसपार्कबाट बुद्धभूमि नगरपालिका–९ धमौली बस्ने २२ वर्षीय जिवन प्रसाद भुसाललाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले भुसालको साथबाट स्रोत नखुलेको २२...
-
२०७८ आश्विन १७, आइतबार
अपाङ्गता भएका कलाकारलाई ललितपुर महानगरले सहयोग गर्ने
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शारीरिक अपाङ्गता भएका कलाकारहरुको सहयोगको लागि योजना लिएर आउन नृत्य निर्देशकहरुलाई आह्वान गर्नुभएको छ । नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालको ललितपुर शाखाले आयोजना गरेको ‘बडा दशैं,...
-
२०७८ आश्विन १६, शनिबार
चलचित्र कलाकार संघको साधारण सभा सम्पन्न
नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको पेशागत छाता सङ्गठन ‘नेपाल चलचित्र कलाकार सङ्घ’ को १८ औं साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ । सभामा सङ्घका अध्यक्ष कलाकार रविन्द्र खड्काले आफूले पदभार ग्रहण गरेपछि हालसम्म सङ्घले गरेका गतिविधि र कार्य...
-
२०७८ आश्विन १६, शनिबार
जसपा महानगर समितिको समायोजन, पूर्व राजपा समूहमा असन्तुष्टि
जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौं महानगर समिति समायोजन सम्पन्न भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा अनुप सिं सुवालको अध्यक्षतामा ८९ सदस्यीय समिति घोषणा भएको छ । तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल एकिकरण भइ...
-
२०७८ आश्विन १६, शनिबार
८९ वर्षीय गायक गुह्येश्वरीको दाफा गीत सार्वजनिक
वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले देशमा कला र कलाकर्मीका नाममा प्रज्ञा प्रतिष्ठान बने पनि ती प्रतिष्ठान वाद्यवादक, गुरु र कलाकर्मीलाई नचिनेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शताब्दी पुरुष जोशीले देशको अमूर्त...
-
२०७८ आश्विन १४, बिहिबार
जिप्रकाको निषेधाज्ञा सूचनाको प्रत्युत्तरमा गृहको अर्को सूचना
काठमाडौं उपत्यकाको तीनै जिल्लाको जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने कार्यक्रम, गतिविधि नगर्न सूचना सार्वजनिक गर्दा यसको प्रत्युत्तरमा गृह मन्त्रालयले अर्को सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायत भक्तपुर र ललितपुरले पनि आजै...




