arin enterprises

राष्ट्रिय

  • २०७६ श्रावण १४, मंगलबार

    यसपालीको गथांमुगःमा समावेशी र समानता माग

    आज श्रावण कृष्ण चतुर्दशी, काठमाडौं उपत्यकाका नेवार समुदायले गथांमुगः चःर्हे मनाएका छन् । आजको दिन राक्षसको प्रतीकको रुपमा नर्कटको तीनखुट्टे गथांमुगः बनाई जलाएर नदिमा सेलाउने गरिन्छ । साथै आजको दिनमा घरघरबाट छ्वालीको गथांमुगः बनाई काँचो माटोको भेगतमा...

  • २०७६ श्रावण ७, मंगलबार

    नेकपाका संस्थापक महासचिव पुष्पलाल स्मृति दिवस मनाइँदै

    आज साउन ७ गते, विभिन्न कार्यक्रमहरु गर्दै देशका विभिन्न स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । यसैक्रममा पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा बिहान कीर्तिपुर...

  • २०७६ श्रावण ४, शनिबार

    लोक सेवा विज्ञापनको विरोधमा प्रदर्शन

    लोक सेवा विज्ञापनको विरोधमा राजधानीमा विरोध र्याली निकालिएको छ । लोक सेवा आयोगले समावेशी सिद्धान्तविपरीत स्थानीय तहमा विज्ञापन खुलाएको विरोधमा विरोध र्याली निकालिएको हो । आरक्षण बचाउ अभियानले काठमाडौंको भृकुटिमण्डपले निकालेको र्याली काठमाडौंको...

  • २०७६ आषाढ १४, शनिबार

    गुठीको संरक्षणको लागि मोटरसाइकल र्याली हुँदै

    गुठी विधेयक विरुद्ध आन्दोलनरत पक्षले विधेयक खारेजीको माग सहित आज शनिबार मोटरसाइकल र्यालीको आयोजना गर्दैछ । विधेयक फिर्ता गरेर नहुने र खारेज नै गर्नुपर्ने माग सहित र्याली गर्न लागिएको हो । न्यूरोड जुद्ध शालिकबाट शुरु गरिने मोटरसाइकल र्याली उपत्यकाका...

  • २०७६ आषाढ ९, सोमबार

    गुठी विधेयक विरुद्ध विभिन्न स्थानमा सभा र जुलुस

    गुठी विधेयक खारेजीको मागमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जुलुस सहित सभाहरु भएका छन् । गुठी विधेयक विरुद्ध संघर्षरत ‘राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति’ले विभिन्न स्थानमा खवरदारी जुलुस र सभाको आयोजना गर्यो । काठमाडौंमा...

  • २०७६ आषाढ ८, आइतबार

    गुठी विधेयक खारेजीको मागमा चारैतिर विरोधका कार्यक्रम

    गुठी विधेयक फिर्ता मात्र होइन, खारेज नै हुनुपर्ने मागसहित चारैतिरबाट विरोधका कार्यक्रमहरु घोषणा हुन थालेका छन् । यसैक्रममा आन्दोलनरत पक्षले भोलि विकेन्द्रित रुपमा जुलुस सहित खबरदारी सभा गर्न लागेको छ ।  भोलि उपत्यकाका विभिन्न ठाउँबाट खबरदारी जुलुस...

  • २०७६ आषाढ ५, बिहिबार

    गुठी विधेयकको विरोधमा माईतीघरमा मानव सागर

    मिति : २०७६ असार ४ गते बुधबार समय : विहानको १०ः३० बजेतिर खाना खाइवरी ब्यागमा सामानहरु मिलाउन थालें । क्यामेरा लिएँ, मोबाइलबाट पनि केही भिडियो, केही स्न्याप हान्नुपर्ला भनेर सेल्फि स्टिक पनि ब्यागमा घुसाएँ । प्रचण्ड घामको गर्मीमा घन्टौं भीडमा उभिएर...

  • २०७६ आषाढ ३, मंगलबार

    विधेयक फिर्ता भएपनि आन्दोलन नरोकिने

    अन्ततः सरकार गुठी विधेयकबाट पछि हट्न वाध्य भएको छ । मंगलबार भूमिसुधार मन्त्री पद्माकुमारी अर्यालले प्रेस वक्तव्य जारी गर्दै विधेयक फिर्ता लिइएको जनाएकि छन् । तर विधेयक विरुद्ध आन्दोलनरत समूहले भने विधेयक खारेज नै हुनुपर्ने माग सहित आन्दोलन नरोकिने...

  • २०७६ आषाढ २, सोमबार

    गुथि विधेयकलाई लिएर वालुवाटारमा छलफल

    प्रस्तावित गुथि विधेयकलाई फिर्ता नै लिनुको विकल्प नभएको सभासद्हरुले बताएका छन् । सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा केही सभासद्हरुले विधेयकमा संशोधन गर्न सकिने बताए भने केहीले फिर्ता लिनुको विकल्प नभएको बताएका हुन् ।...

  • २०७६ जेठ ३१, शुक्रबार

    गुथि विधेयकको विरोधमा मंगलबजारमा मानव सागर

    विश्व सम्पदा सूचीमा सुचिकृत स्थान ललितपुरको मंगलबजार दरवार क्षेत्र । विहिबार साँझमा त्यहाँको माहौल तातिएको थियो । सरकारले संसदमा पेश गरेको गुथि सम्बन्धि विधेयकको विरोधमा गुथियार, सरोकारवाला साथै गुथि संस्कृति प्रेमीहरु हजारौंको संख्यामा मंगलबजारमा...

  • २०७६ जेठ २८, मंगलबार

    गुथि सम्बन्धि संशोधन विधेयकको विरोध चर्कियो

    काठमाडौंको ईन्द्रचोक क्षेत्र । दिनहुँ भीडभाड भइ नै रहन्छ । बजारमा किनमेल गर्नेको भीड, कार्यालयतर्फ अथवा घरतर्फ लम्कँदै गर्नेको लर्को अथवा घुमघाम गर्दै लस्सीको चुस्की लिन आउने त यहाँ दिनहुँ हजारौं संख्यामा देखिन सकिन्छ । तर सोमबारको माहौल भने बेग्लै...

  • २०७६ जेठ २५, शनिबार

    नेपाल प्रहरीमा मातृभाषा सेवा शुरु

    अब नेपाल प्रहरीमा आम जन समुदायले आफ्नै मातृभाषामा सेवा पाउन सक्ने भएका छन् । नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मातृभाषामा पनि सेवा दिने कामको थालनी गरेको हो । नेवाः पत्रकारहरुको समूहसँग कुराकानी गर्दै महानगरीय प्रहरी परिसर...

  • २०७६ जेठ २४, शुक्रबार

    गुथि संशोधन विधेयक जलाउँदै आन्दोलनको घोषणा

    प्रस्तावित गुथि संशोधन विधेयकलाई जलाउँदै स्थानीय वासिन्दाले विधयेक विरुद्ध आन्दोलनको थालनी गरेका छन् । प्रस्तावित गुथि संशोधन विधेयकलाई जलाउँदै स्थानीय वासिन्दाले विधयेक विरुद्ध आन्दोलनको थालनी गरेका छन् । सरकारले गुठी संस्थान खारेज गर्दै राष्ट्रिय...

  • २०७६ जेठ ९, बिहिबार

    ‘जनताको अंकुशमा नबस्ने नेता निरंकुश बन्छ’

    समाजवादी पार्टी नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा सुशासन कायम हुनका लागि राजनैतीक नेताहरु जनताको अंकुशमा बस्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सह अध्यक्ष श्रेष्ठले जनताको अंकुशमा नबस्ने नेता निरंकुश बन्ने जिकिर...

  • २०७६ बैशाख १९, बिहिबार

    ‘लोकतान्त्रिक सरकार नै प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्दै’

    लोकतान्त्रिक सरकार नै विभिन्न बहानामा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न लागिपरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा प्रेस सम्वद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले विचार र आस्थाकै आधारमा राज्यले पत्रकारलाई धरपकड...

  • २०७६ बैशाख १७, मंगलबार

    २२ दिनपछि बल्ल रिहा भए पत्रकार महर्जन

    पत्रकार जितेन्द्र महर्जन २२ दिनपछि बल्ला आज रिहा भएका छन् । २२ दिन हिरासतमा रहेका उनलाई मंगलबार सर्बोच्च अदालतको आदेशपछि रिहा गरिएको हो । नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दोस्रोपटक दायर गरेको रिटमाथी सुनुवाइ गर्दै...

Pages