arin enterprises

बजार

  • २०७८ माघ २७, बिहिबार

    यथास्थितिमा एमसीसी पास गर्न नसक्ने दाहाल र नेपालको धारणा

    एमसीसी सम्झौता अनुमोदनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका पुष्पकमल दाहाल र माधव नेपालसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी तत्काल...

  • २०७८ माघ २७, बिहिबार

    दूधको मूल्यमा प्रति लिटर ९ रुपैयाँ बढ्यो

    दुग्ध विकास संस्थानले शुक्रबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रति लिटर ९ रुपैयाँ बढाउने निर्णय गरेको छ । कृषि मन्त्रालयको स्वीकृतिपछि संस्थानले मूल्य बढाएको हो । अब दूधको मूल्य लिटरमा ८५ रुपैयाँ पुगेको छ । मूल्य बृद्धिसंगै अब काठमाडौं, विराटनगर,...

  • २०७८ माघ २७, बिहिबार

    ओमिक्रोन कोभिडको वाइल्डकार्ड भेरियन्ट – डब्ल्युएचओ

    विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोेभिड–१९ को ओमिक्रोन नै अन्तिम भेरियन्ट नभएको भन्दै सचेत रहन बिश्वजगतलाई आग्रह गरेको छ । डब्लूएचओको कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेन्ले केरकोभले ओमिक्रोनका ४ फरक–फरक भेरियन्ट पत्ता लागेको भन्दै यो...

  • २०७८ माघ २७, बिहिबार

    भारतमा विधानसभाको चुनाव

    भारतमा आजदेखि विधानसभाको चुनाव शुरु भएको छ । कूल ३२ वटा राज्यमध्ये सबैभन्दा बढी जनसंख्या भएको उत्तरप्रदेशमा आज विधानसभाको चुनाव शुरु भएको छ । सात चरणमा गरिने निर्वाचनका क्रममा आज ५८ सीटका लागि मतदान शुरु भएको हो । सवा दुई करोड भन्दा बढी मतदाता रहेको...

  • २०७८ माघ २७, बिहिबार

    प्रभुपे पनि फोनपेमा जोडियो

    भुक्तानीको सजिलो माध्यम फोनपेमा अब प्रभु बैंकअन्तर्गत प्रभुपे पनि जोडिएको छ । प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा आवद्ध भएको छ । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित...

  • २०७८ माघ २७, बिहिबार

    आफ्नो कार्यकालमा धेरै सम्पदाको पुनर्निर्माण भएको मेयर शाक्यको दावी

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विकास निर्माणका काम कहिल्यै नसकिने भन्दै निरन्तर रुपमा काठमाडौंको विकासका लागि महानगर लागि रहने प्रतिवद्धता जनाएका छन् । बिहीबार काठमाडौं महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर...

  • २०७८ माघ २७, बिहिबार

    सुन्दरीजलमा एकजना मृत फेला

    काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित बागमती खोलामा बुधबार एकजना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिन अनुसार हाल नाम, थर र वतन नखुलेको करिब ३२ वर्षीय युवक मृत फेला परेको हो । घटनाका सम्बन्धमा थप...

  • २०७८ माघ २७, बिहिबार

    काठमाडौँको धोबीचौरबाट नगद र मूर्तिसहित एकजना पक्राउ

    काठमाडौँको धोबीचौरस्थित सडकबाट एक थान पहेँलो रंगको धातुको मूर्ति, नगद एक लाख चार हजार ७४० रूपैयाँ र दुई थान मोबाइलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएका प्रहरीले टोखा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–८...

  • २०७८ माघ २६, बुधबार

    बुधबारदेखि इमर्जिङ नेपालको आईपीओ निष्कासन

    इमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ बिक्री गरेको हो । कम्पनीले निष्कासन गर्ने ५ लाख ५५ हजार कित्ता मध्ये २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता कर्मचारी र ५ प्रतिशत...

  • २०७८ माघ २६, बुधबार

    वैशाख ९ बाट एसईई परीक्षा हुने

    यस वर्षको एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा बैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा बैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण पठनपाठनमा प्रभावित भएकोले बोर्डले...

  • २०७८ माघ २६, बुधबार

    कोरोनाबाट १४ जनाको मृत्यु, २ हजार ४०१ जना संक्रमित थपियो

    स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार आज नेपालमा कोरोना संक्रमण २ हजार ४०१ जना थप भएका छन् । १६ हजार ३५६ जनामा कोरोना परीक्षण गर्दा २ हजार ४०१ जनामा संक्रमण देखिएको हो । उक्त संक्रमणको दर आरटी, पीसीआर परीक्षणबाट १ हजार ८५१ र एन्टीजेन...

  • २०७८ माघ २६, बुधबार

    प्रदर्शन रोक्न ट्रक चालकहरुलाई प्रधानमन्त्रीको आग्रह

    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रक चालकहरूलाई प्रदर्शन रोक्न आग्रह गरेका छन् । क्यानडामा कोभिड १९ विरुद्धको खोप अनिवार्य गरेको विषयमा ट्रक चालकहरुले प्रदर्शन जारी राखेको बेला प्रधानमन्त्री ट्रुडोले यस्तो आग्रह गरेका हुन् । ट्रुडोले हरेक...

  • २०७८ माघ २६, बुधबार

    ठेकेदार सांसद्, सरकारकै संरक्षणमा गैरकानूनी कार्यले देश अराजकतातर्फ – प्रेम सुवाल

    सांसद्हरू ठेकेदार हुनु र सरकारकै संरक्षणमा गैरकानूनी रूपमा प्लटिङहरू हुनुले देशलाई अराजकतातर्फ लगिरहेको प्रतिनिधिसभा सांसद् प्रेम सुवालले जनाएका छन् । आज भक्तपुर नगरपालिकाको ११ औँ नगरसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता विषयमा...

  • २०७८ माघ २६, बुधबार

    भक्तपुर नगरपालिकाको ११ औँ नगरसभा सुरु

    भक्तपुर नगरपालिकाको ११ औँ नगरसभाको आजबाट सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले नगरसभाको उद्घाटन गर्दै जनप्रतिनिधिहरूले जनसहभागितासहित जनताको सेवा गर्नुपर्ने जनाएका छन् । उनले संघीयताको पूर्ण...

  • २०७८ माघ २६, बुधबार

    अबको १५ दिनमा कमलपोखरीको उद्घाटन हुने

    काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले अबको करीब १५ दिनमा कमलपोखरीको उद्घाटन हुने बताउनुभएको छ । महानगर प्रमुख शाक्यले पुर्ननिर्माणको काम करीब–करीब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने जानकारी गराउनुभयो । पुर्ननिर्माणको अन्तिम चरणमा रहेको...

  • २०७८ माघ २६, बुधबार

    शताब्दी पुरुष जोशीको स्वास्थ्य स्थितिमा सुधार

    वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको स्वास्थ्य स्थितीमा सुधार देखिएको छ । शरीरमा अक्सिजनको कमी देखिएर उपचारार्थ किष्ट अस्पताल भर्ना भएका शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार आएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले जानकारी दिनुभएको छ...

Pages