arin enterprises

बिचार

  • २०७८ जेठ १९, बुधबार

    ५ हजार ३१६ नयाँ संक्रमित थप

    हिजो २० हजार जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा आज परिक्षण संख्या फेरी पनि घटाइएको छ । जनस्वास्थ्यविद्हरुबाटै हालको अवस्थामा संक्रमण बढाइनुपर्ने विचार सार्वजनिक भइरहँदा आज फेरी १७ हजारभन्दा कम मात्र स्वाब नमूनाको परिक्षण भएको छ । नेपालमा पछिल्लो...

  • २०७८ जेठ १९, बुधबार

    उपत्यकामा ३१ गतेसम्म निषेधाज्ञा थप

    केही खुकुलो हुने काठमाडौं उपत्यकामा आउँदो जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौंका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त वैठकले ३१ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । निषेधाज्ञालाई केही खुकुलो भने बनाइने भएको...

  • २०७८ जेठ १९, बुधबार

    अनलाइनबाटै बेली डान्स सिकाउँदै बिनु

    बेली डान्सरको रुपमा स्थापित कलाकार तथा मोडल बिनु शाक्यले अनलाइनमार्फत एक हप्तासम्म बेली डान्स सिकाउने भएको छ । बिनुले अनलाइनमार्फत सात दिने बेली डान्स कार्यशाला सञ्चालन गर्न लागेकी हुन् । दर्शकहरुमाझ बेली रानीको उपनामले समेत परिचित बिनुले दर्जनौं...

  • २०७८ जेठ १९, बुधबार

    प्रेमध्वज प्रधान कभर प्रतियोगीताका अन्तिम १२ को नाम घोषणा

    कला स्टार अनलाइन प्रतिभा प्रतियोगीताका अन्तिम १२ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । गोल्डन भ्वाइस प्रेमध्वज प्रधानलाई श्रद्धान्जली स्वरुप आयोजना गरिएको प्रतियोगीताको दोश्रो चरणमा छनौट भएका टप ३० का बीचबाट टप १२ को छनौट गर्दै नाम घोषणा गरिएको हो । अब...

  • २०७८ जेठ १९, बुधबार

    आईसीसीले एकदिवसीय विश्वकप र टी–२० विश्वकपमा सहभागी टिमको संख्या बढायो

    अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले एकदिवसीय विश्वकप र टी–२० विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाएको छ । मंगलबार आईसीसीले  एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ बनाउने र टी–२०  विश्वकपमा २० बनाउने निर्णय गरेको छ । आईसीसीले २०२७ र २०३१ को...

  • २०७८ जेठ १९, बुधबार

    नेपाल कोरिया मैत्री अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर मेसीन सहयोग

    कोभिड १९ र्‍यापिड एक्सन टास्कफोर्स (C19-RAT) ले मध्यपुर थिमि नगरपालिका स्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । नेपाल राईजिङ्ग अमेरिका र इन्गेज नेपालको आर्थिक सहयोग र गुथिको सहकार्यमा टास्कफोर्सले १० लिटरको...

  • २०७८ जेठ १९, बुधबार

    युरोकपको लागि इंग्ल्यान्डको टिम घोषणा

    युरोकप २०२० को लागि इंग्ल्यान्डले २६ सदस्यीय अन्तिम टिम घोषणा गरेको छ । इंग्लिस मुख्य प्रशिक्षक गारेथ साउथगेटले युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगको फाइनलपछि मंगलबार २६ सदस्यीय टिम घोषणा गरेको हो । गत साता  इंग्ल्यान्डले घोषणा गरेका प्रारम्भिक...

  • २०७८ जेठ १८, मंगलबार

    कोरोना नियन्त्रणलाई प्राथमिकता दिन मदनकृष्णको सरकारलाई आग्रह

    हास्य सम्राटसमेत भनिने वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफुले कोरोनारुपी विषलाई मज्जाले पचाएको बताएका छन् । कोरोना संक्रमित भएपछि उपचाररत वरिष्ठ कलाकार श्रेष्ठले आफ्नो फेसबुक पेजमा स्टाटस अपडेट गर्दै यद्यपि आफ्नो कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ भने...

  • २०७८ जेठ १८, मंगलबार

    जसपामा ठाकुरलगायतका नेता निष्काशित

    जनता समाजवादी पार्टीले पार्टी अध्यक्ष महन्थ ठाकुरलगायतका नेतालाई पार्टीको सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । आज बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको वैठकले ठाकुरको साथै राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट...

  • २०७८ जेठ १८, मंगलबार

    सामाजिक संजालमा थापाप्रति श्रद्धान्जलीको ओइरो

    विवेकशील पार्टीका नेता उज्वल थापाको निधन पछि उनलाई प्रधानमन्त्रीदेखि मन्त्री र विभिन्न पार्टीका नेताहरुको साथै आम नागरिकहरुले पनि सामाजिक संजालमा दुःख व्यक्त गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै थापालाई श्रद्धान्जली पोखेका छन्...

  • २०७८ जेठ १८, मंगलबार

    विवेकशीलका नेता थापाको अन्त्येष्टि आर्यघाटमा सम्पन्न

    आज निधन हुने विवेकशील नेपाली दलका नेता उज्वल थापाको अन्त्येष्टि आज पशुपति आर्यघाटमा भएको छ । थापाको परिवारका सीमित सदस्य र केही नेताहरुको उपस्थितीमा नेता थापाको अन्त्येष्टि गरिएको हो । थापालाई विवेकशील साझाकी नेतृ रञ्जु दर्शना र नेता आलोक सुवेदीले...

  • २०७८ जेठ १८, मंगलबार

    काठमाडाैं महानगरबाट २ अस्पताललाई २/२ थान भेन्टिलेटर सहयोग

    काठमाडौँ महानगरपालिकाले काठमाडौंका २ वटा अस्पताललाई २/२ वटा भेन्टिलेटर मेसीन सहयोग प्रदान गरेको छ । महानगरपालिकाले जनस्वास्थ्य सरोकार ट्रस्ट काठमाडौं मोडेल अस्पताल र हेल्पिङ ह्यान्ड्स अस्पताललाई २/२ थान भेन्टिलेटर प्रदान गरेको हो । आज महानगर प्रमुख...

  • २०७८ जेठ १८, मंगलबार

    उपत्यकामा नयाँ संक्रमितको संख्यामा कमी आउँदै

    पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ का एक हजार ५५८ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा एक हजार ६०, ललितपुरमा २८३ र भक्तपुरमा २१५ जना नयाँ संक्रमित थपिएका हुन् । हालसम्म उपत्यकामा २ लाख ४३ हजार २७ जनालाई कोभिड १९ संक्रमण भइसकेको छ ।...

  • २०७८ जेठ १८, मंगलबार

    परिक्षणको ३० प्रतिशतमा संक्रमण पुष्टि

    नेपालमा कोरोना संक्रमितको पहिचानका लागि गरिने परिक्षणको संख्या पछिल्लो ३ दिनमा निकै कमी आएकोमा आज आएर २० हजार माथि परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा जम्मा २० हजार १६५ जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ । परिक्षण संख्याको ३० दशमलव १७ प्रतिशतमा...

  • २०७८ जेठ १८, मंगलबार

    सर्जियो अग्युरो बार्सिलोनामा आबद्ध

    म्यानचेस्टर सिटी र अर्जेन्टाइन स्ट्राइकर सर्जियो अग्युरो आगामी सिजनदेखि स्पेनिस क्लब बार्सिलोनामा आबद्ध  भएका छन् । यो सिजनको अन्त्यमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँगको सम्झौता सकिने भएपछि अग्युरो बार्सिलोनामा आबद्ध भएको हो । उनको र...

  • २०७८ जेठ १८, मंगलबार

    भीम तुलाधरको ‘दोष’ बाहिरियो

    नेपालको पप संगीत क्षेत्रमा वरिष्ठ गायक भीम तुलाधरको गीत ‘दोष’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आज जुममार्फत गरिएको भर्च्युअल कार्यक्रममा नेपालका पप सम्राट भनिने वरिष्ठ गायक ओमविक्रम विष्टले गीतको लोकार्पण गर्नुभयो । कार्यक्रममा नेपालमै पहिलो पटक...

Pages