बिचार
-
२०७७ आश्विन २, शुक्रबार
आजबाट मलमास शुरु
आजबाट पुरुषोत्तम महिना अर्थात मलमास शुरु भएको छ । आजबाट शुरु भएको यस वर्षको मलमास आउँदा आश्विन ३० गतेसम्म रहनेछ । एक वर्षमा १२ महिनामात्र हुने भएपनि अधिकमासको समयमा वर्षमा १३ महिना पर्न आउँछ । एक महिना बढी हुने भएकोले यसलाई अधिकमास पनि भन्ने गरिन्छ...
-
२०७७ आश्विन २, शुक्रबार
करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको कुर्था सुरुवाल चोरी
टोखाको मिलन टोलस्थित एक लेडिज फेन्सी पसलबाट २ सय थान कुर्था सुरुवालहरु चोरी भएका छन् । टोखाकै मिरा श्रेष्ठको लेडिज फेन्सी पसलबाट करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको २ सय थान कुर्था सुरुवाल बुधबार राति चोरी भएको हो । चोरीमा संलग्न व्यक्तिहरुको खोजी...
-
२०७७ आश्विन २, शुक्रबार
अवैध लागूऔषध गाँजा सहित ४ जना पक्राउ
आबुखैरनीबाट ३ किलो २ सय ४० ग्राम अवैध लागूऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्याङजा घर भएका २८ वर्षीय रोसन गुरुङ, गोर्खा घर भएकी १९ वर्षीया पुजा गुरुङ, कास्की पोखरा महानगरपालिका ८ बस्ने ३९ वर्षीय सुरज बिश्वकर्मा र...
-
२०७७ आश्विन २, शुक्रबार
१ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद
ललितपुरको ताल्छीखेलबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद भएको छ । ताल्छिखेलकै डम्बर बहादुर रिजालको जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले सुन किन्ने बहानामा नक्कली नोट दिई फरार भएका थिए । ५ तोला बराबरको सुनको...
-
२०७७ आश्विन १, बिहिबार
सवारी दुर्घटनामा परी मृत्यु
ललितपुर महानगमा नख्खु दोबाटोस्थित सडकमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । दुर्घटनामा प्रदेश ३–०२–००९ प ०९५० नम्बरको स्कुटर चालक गोदावरी नगरपालिका–७ टिकाभैरब लामिडाँडा घर भई काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने २५ वर्षीय श्याम थिङको...
-
२०७७ आश्विन १, बिहिबार
भूकम्पबाट घर भत्केर लाखौंको क्षति
बुधबार विहान गएको भुकम्पले धनकुटामा एउटा कच्ची घर ढलेर ४० लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ । धनकुटा नगरपालिका २ पैदले बस्ने पृथ सिंह दाहालको कच्ची घर भूकम्पको कारण बुधबार बिहान ढलेर करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । भूकम्पबाट...
-
२०७७ आश्विन १, बिहिबार
ललितपुरमा दिउँसै धनमाल चोरी
ललितपुरको ग्वार्कोमा कृष्ण माया मल्लकारको घरबाट सुन तथा चाँदीका गरगहनासहित लाखांैंको धनमाल चोरी भएको छ । सुन र चाँदिका विभिन्न गहनाको साथै नगद ३० हजार रुपैयाँ समेत करिब ८ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल मल्लकारको घरबाट चोरी भएको हो । चोरीमा...
-
२०७७ आश्विन १, बिहिबार
डलर साटिदिने भन्दै नगद ५ लाख रुपैयाँ ठगी
मध्यपुर थिमि नगरपालिकाबाट डलर साटिदिने भन्दै लाखौं रुपैयाँ ठगेर ३ जना व्यक्ति फरार भएका छन् । मनहरा दिब्यश्वरी प्लानिङबाट काठमाडौं तार्केश्वर नगरपालिका ७ फुटुङ बस्ने २८ वर्षीय पुरुषको ५ लाख रुपैयाँ ठगी गरी ती व्यक्तिहरु फरार भएका हुन् । उक्त...
-
२०७७ आश्विन १, बिहिबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
धनगढीमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङ बित्थडचिर गाउँपालिका २ बस्ने ३५ वर्षीय कलक बहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानबाट बोहराले ती महिलाको...
-
२०७७ आश्विन १, बिहिबार
थप ४ जनाको कोरोनाका कारण मृत्यु
नेपालमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप ३ जना महिला र एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङ ६४ वर्षीया, चितवनमा ३६ वर्षीया र कैलालीमा ५७ वर्षीया महिलाको कोरोना...
-
२०७७ आश्विन १, बिहिबार
एक हजार २४६ नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६ सय १८
नेपालमा पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूना परिक्षणमा ५० जिल्लाबाट एक हजार २ सय ४६ नयाँ संक्रमित थप भएकोमध्ये ६ सय १८ जना काठमाडौं उपत्यकाबाटै रहेका छन् । आज पनि सबैभन्दा बढि काठमाडौंबाट ५ सय ७ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ६१ र...
-
२०७७ आश्विन १, बिहिबार
एक हजार २४६ नयाँ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार २ सय ४६ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये ४ सय २८ जना महिला छन् भने ८ सय १८ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५९ हजार ५ सय ७३ पुगेको छ । पछिल्लो पटक...
-
२०७७ आश्विन १, बिहिबार
गायक तुलाधरको आमाप्रति समर्पित गीत सार्वजनिक
गायक सलिल सुन्दर तुलाधरको नेपालभाषाको गीत ‘यःमां’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै दिवंगत आमा रुपशोभा तुलाधरलाई समर्पण गर्दै गायक तुलाधरले तयार गरेको गीतको म्यूजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यस...
-
२०७७ भाद्र ३१, बुधबार
कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाईरस (कोभिड १९) संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो पटक ४ जना महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काभ्रेपलान्चोककी ५५ वर्षीया महिलाको साथमा ४१ वर्षीय पुरुषको...
-
२०७७ भाद्र ३१, बुधबार
एक हजार ५३९ नयाँ संक्रमित मध्ये काठमाडौं उपत्यकामा ७ सय ३७
आज देशभरीका ५३ जिल्लाबाट एक हजार ५ सय ३९ जना कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमित थप भएकोमध्ये करीब आधा काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो परिक्षणबाट काठमाडौं उपत्यकामा ७ सय ३७ जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा ६ सय ५२ जनामा...
-
२०७७ भाद्र ३१, बुधबार
एक हजार ५३९ नयाँ संक्रमित थप, एक हजार ६८ निको भए
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार ५ सय ३९ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये ४ सय ४ जना महिला छन् भने एक हजार एक सय ३५ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।...




