arin enterprises

बिचार

  • २०७७ भाद्र १६, मंगलबार

    कुल संक्रमित साढे ४० हजार नाघ्यो, निको हुने २२ हजार नाघ्यो

    नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ६९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ४४ जना महिला छन् भने ७ सय २५ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ४० हजार ५ सय २९ पुगेको छ । पछिल्लो पटक ७ सय...

  • २०७७ भाद्र १५, सोमबार

    आगलागीबाट विभिन्न धनमाल नष्ट

    पाल्पाको रम्भा गाउँपलिका १ संघास्थित श्री कृष्ण गण्डकी युवा क्लब, युवा सूचना केन्द्र र ठुलिटार सामुदायिक बन कार्यालयको सामुदायिक भवनमा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ । करेन्ट सर्ट भई भएको आगलागीमा करीब ३५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट...

  • २०७७ भाद्र १५, सोमबार

    सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

    सुनसरी भोक्राहा नर्सिङ गाउँपालिका ४ लोक मार्गस्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा २१ च ५६९४ नम्बरको पिकअपले को ३८ प ३४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जगदेव मेहेताको मृत्यु भएको हो ।  दुर्घटनामा गम्भीर घाइते...

  • २०७७ भाद्र १५, सोमबार

    गोली प्रहारबाट मृत्यु

    रौतहटका दीनदयाल साहको गोली हानी हत्या भएको छ । रौतहटको ईशनाथ नगरपालिका ७ घ्युरा बस्ने ३२ वर्षीय दिन दयाल साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो । अपरिचित ब्यक्तिहरुले फोन गरी बोलाए पश्चात भारतको घोडासहन गएका उनलाई ती व्यक्तिहरुले गोली प्रहार...

  • २०७७ भाद्र १५, सोमबार

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीका २८ वर्षीय श्रीराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।  गत असार २४ गते चौधरीले ती महिलालाई जबरजस्ती करणी गरी फरार रहेका थिए । घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले...

  • २०७७ भाद्र १५, सोमबार

    नगद तथा सुनका गहना चोरी

    काठमाडौंको गौरीघाटमा सरु अधिकारीको कोठाबाट नगद र सुनको गहना समेत गरी करीब साढे दुइ लाख बराबरको धनमाल चोरी भएको छ ।  सिमराकी २४ वर्षीया अधिकारीको गौरीघाटस्थित डेराको कोठाबाट नगद ४० हजार रुपैयाँ र सुनका बिभिन्न गहना समेत गरी करिब २ लाख ४० हजार रुपैयाँ...

  • २०७७ भाद्र १५, सोमबार

    बालिकालाई यौन शोषण गरेको अभियोगमा पक्राउ

    बालिकालाई यौन शोषण गरेको अभियोगमा पोखराबाट एक जना पक्राउ परेका छन् । पोखरा मिलनचोक बस्ने स्याङ्जा बिरुवा गाउँपालिका ७ घर भएका रेश बहादुर गुरुङलाई ९ वर्षीया बालिकालाई यौन शोषण गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । गुरुङलाई ती बालिकालाई विगत ५...

  • २०७७ भाद्र १५, सोमबार

    लागू औषध सहित पक्राउ

    कास्की, पोखरा महानगरपालिका ३३ भरतपोखरीबाट लागू औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ६ किलो एक सय ग्राम अबैध लागूऔषध गाँजा र १ थान लागूऔषध तौल गर्ने मेसिन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरुमा सोही महानगरपालिका १७...

  • २०७७ भाद्र १५, सोमबार

    भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

    भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । कोभिड १९ बाट संक्रमित ८४ वर्षीय मुखर्जीको उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।  भारतीय कांग्रेसका वरिष्ठ नेता मुखर्जी केही हफ्ता अघिबाट नयाँ दिल्लीस्थित सैन्य अस्पताल रिसर्च एन्ड रेफरलमा भर्ना...

  • २०७७ भाद्र १५, सोमबार

    काठमाडौं महानगर प्रमुख शाक्यलाई कोरोना संक्रमण

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  काठमाडौंको ग्राण्डी अस्पतालमा गरिएको परिक्षणमा उनमा कोरोना संक्रमण देखिएको हो ।  परिक्षणका लागि अस्पतालमा दुई दिन अघि उनको स्वाब लिइएको थियो भने आज आएको रिपोर्टमा...

  • २०७७ भाद्र १५, सोमबार

    एक बालिकासहित ७ जनाको मृत्यु

    नेपालमा पछिल्लो पटक एक बालिकासहित ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक बालिकासहित ३ महिला र ४ जना पुरुषको मृत्यु भएको हो । महोत्तरीकी ४ वर्षीया बालिकाको मृत्यु भएको छ भने गोरखाकी ६४ वर्षीया र...

  • २०७७ भाद्र १५, सोमबार

    काठमाडौं उपत्यकामा २९८ संक्रमित थप, काठमाडौंमा १९०

    पछिल्लो पटक ४६ जिल्लाबाट ८ सय ९९ नयाँ संक्रमित भेटिएकोमा आज पनि सबैभन्दा काठमाडौं उपत्यकाबाटै रहेका छन् ।  पछिल्लो परिक्षणमा काठमाडौंबाट एक सय ९० जना, ललितपुरबाट ६७ जना र भक्तपुरबाट ४१ जना गरी काठमाडौं उपत्यकाबाट २ सय ९८ जनामा संक्रमण भेटिएको छ ।...

  • २०७७ भाद्र १५, सोमबार

    ८९९ नयाँ संक्रमित थप, ५८८ जना निको भए

    नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ९९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ३ जना महिला छन् भने ५ सय ९६ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३९ हजार ४ सय ६० पुगेको छ । पछिल्लो पटक ५ सय ८८...

  • २०७७ भाद्र १४, आइतबार

    एम्बुलेन्स दुर्घटना भई दुई जनाको मृत्यु

    स्याङजा वालिङ नगरपालिका ५ माझकोटस्थित सडकमा आज विहान एक एम्बुलेन्स दुर्घटना भई दुई जनाको मृत्यु भएको छ । बा.२ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेहरुमा चापाकोट नगरपालिका १०...

  • २०७७ भाद्र १४, आइतबार

    सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

    बाँके राप्तीसोनारी गाउँपालिका ८ स्थित सडकमा आज विहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सो सडकमा ना.४ ख २१३९ नम्बरको ट्रकमा भे.८ प २२३८ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका १ बस्ने ३२ वर्षीय केवन...

  • २०७७ भाद्र १४, आइतबार

    भन्सार छलेर ल्याउँदै गरेको विभिन्न सामान बरामद

    कैलालीमा भारतबाट अवैद्द रुपमा भन्सार छली ल्याउँदै गरेको लाखौंको मालसामान प्रहरीले बरामद गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका २ बाट बेवारिसे अवस्थामा रहेको से.१ च २८९ नम्बरको जिपमा करिब २ लाख ३० हजार रुपैयाँ मूल्य बराबरको २ सय प्याकेट सुपर पावर...

Pages