ब्लग
-
२०७७ श्रावण १९, सोमबार
४ सय बढिमा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घन्टामा ४ सय १८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक ३ सय ५८ जना संक्रमित...
-
२०७७ श्रावण १९, सोमबार
नेवार समुदाय गुंपुन्हि मनाउँदै
तागाधारीहरु आज जनै पुर्णिमा मनाउँदै गर्दा नेवार समुदाय भने आजको दिनलाई गुंपुन्हिको रुपमा मनाइरहेका छन् । विभिन्न ९ थरी गेडागुडी पकाएर क्वाति खाँदै आज नेवार समुदाय गुंपुन्हि मनाउने गर्दछन् । नेपाल सम्वत अनुसार यो पर्व गुंला महिनामा पर्छ र नेपालभाषामा...
-
२०७७ श्रावण १९, सोमबार
आज देशैभरि जनै पुर्णिमा मनाईँदै
आज श्रावण पुर्णिमा, देशैभरीका हिन्दु धर्मावलम्बीहरु जनै पूर्णिमा मनाउँदैछन् । आजको दिन नेपाली हिन्दु परंपरा अनुसार ब्रामण क्षेत्री लगायतका तागाधारीहरु जनै फेर्ने गर्दछन । हिन्दूहरूले बायाँ काँधबाट छड्के पारी दायाँहातमुनी खोकिलासम्म पहिरिने सेतो सुती...
-
२०७७ श्रावण १८, आइतबार
कोरोना जित्दै अमिताभ घर फर्के
बलिउडका महानायक अमिताभ बच्चन कोरोनालाई जित्दै घर फर्केका छन् । ट्वीटरमा ट्वीट गर्दै अमिताभले आफ्नो कोरोना परिक्षणको पछिल्लो रिपोर्ट नेगेटिभ आएको र घर फर्केको लेखेका छन् । ट्वीटमा उनले घर गएर क्वारेन्टाइनमा बस्ने पनि बताएका छन् । अमिताभले नानावतिका...
-
२०७७ श्रावण १८, आइतबार
फेरी पर्सामै कोरोना संक्रमितको मृत्यु
पर्साकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पर्सा जिल्ला वीरगंज महानगरपालिका १६ बस्ने ६१ वर्षीया महिलाको हिजो मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरको छ । उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि गत १४ गते नारायणी...
-
२०७७ श्रावण १८, आइतबार
२४६ नयाँ संक्रमितमा ३१ जना काठमाडौं उपत्यकाबाट
आज देशका २७ वटा कोभिड प्रयोगशालामा गरिएको ८ हजार ८ सय ६१ वटा नमूना परिक्षणमा २ सय ४६ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशका २५ वटा जिल्लाबाट २ सय ४६ नयाँ संक्रमित भेटिएकोमा आज पनि काठमाडौं उपत्यकामा नयाँ संक्रमित थपिने क्रम...
-
२०७७ श्रावण १८, आइतबार
२४६ नयाँ संक्रमित थप
पछिल्लो २४ घन्टामा २ सय ४६ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २० हजार ३ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक एक सय ११ जना संक्रमित...
-
२०७७ श्रावण १८, आइतबार
कोरोना संक्रमणका कारण भारत उत्तर प्रदेशको मन्त्रीको निधन
भारतको उत्तर प्रदेशकी एक क्याबिनेट मन्त्रीको कोरोना भाईरस (कोभिड १९) का कारण मृत्यु भएको छ । उत्तर प्रदेशकी प्रविधि शिक्षा मन्त्री कमला रानी वरुणको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनी लखनउस्थित एसजीपिजिआई अस्पतालमा...
-
२०७७ श्रावण १८, आइतबार
नेपालभाषाका तीन कृतिको लोकार्पण
नेपालभाषा एकेडेमीबाट एकैपल्ट नेपालभाषाका तीन वटा कृतिहरुको लोकार्पण भएको छ । महामारीको अवस्थामा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एकेडेमीले नेवाः युट्युबको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारणको माध्यमबाट तीनवटा विभिन्न पुस्तकहरूको विमोचन गरेको हो । आयोजक...
-
२०७७ श्रावण १७, शनिबार
ब्रम्हटोलको ऐतिहासिक श्वेत भैरब फल्चाको पुनर्निर्माण सम्पन्न
काठमाडौंको ऐतिहासिक ब्रम्हटोलमा मौलिक परम्परा र कलात्मक शैलीमा सम्पदा मैत्री श्वेत भैरब फल्चा (पाटी) पुनर्निर्माण सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत फल्चा पुनर्निर्माण गरिएको बागमती प्रदेशका...
-
२०७७ श्रावण १७, शनिबार
आज पनि काठमाडौं उपत्यकामा ६ जना संक्रमित भेटिए
देशका २७ वटा प्रयोगशालामा गरिएको ६ हजार ९ सय ९३ वटा परिक्षणबाट ३ सय १५ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा निरन्तर रुपमा नयाँ संक्रमित भेटिरहेकोमा यो क्रम आज पनि जारी रह्यो । २१ वटा जिल्लाबाट ३ सय १५ नयाँ संक्रमित...
-
२०७७ श्रावण १७, शनिबार
कुल संक्रमित संख्या २० हजार नाघ्यो
पछिल्लो २४ घन्टामा ३ सय १५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक ९३ जना संक्रमित निको भएर...
-
२०७७ श्रावण १७, शनिबार
आजबाट एक साता विश्व स्तनपान सप्ताह मनाईँदै
आज अगस्ट १, आजबाट विश्वभरी विश्व स्तनपान सप्ताह शुरु भएको छ । हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभरी विश्व स्तनपान दिवस मनाउने गरिन्छ । शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा सन् १९९२...
-
२०७७ श्रावण १७, शनिबार
मुसलिम धर्मावलम्बिहरु बकर ईद मनाउँदै
आज इस्लाम धर्मावलम्बीहरु इद उल अज्हा मनाउँदैछन् । मुसलिम समुदायमा इद उल फित्रपछिको दोश्रो ठुलो पर्वको रुपमा ईद उल अज्हालाई लिइन्छ । ईद उल फित्र मनाएको ७०औँ दिनमा इद उल अज्हा मनाउने परम्परा रहेको छ । तीन दिनसम्म मनाइने ईद उल अज्हालाई बलिदान दिने...
-
२०७७ श्रावण १६, शुक्रबार
इल उल अज्हा घरमै बसेर मनाउन आयोगको आग्रह
नेपाल बहुल जातीको विविध सँस्कृतिले भरिएको देश हो । यहाँको पहिचान भनेकै यहाँका विभिन्न जातजाती, विभिन्न धर्मावलम्बिको विभिन्न सँस्कृति नै हो । समग्र विश्व नै कोरोना महामारीको चपेटामा परेको बेला नेपाल पनि यसबाट अछुटो रहन सकेन र नेपालका सँस्कृतिहरुलाई...
-
२०७७ श्रावण १६, शुक्रबार
चाँगु नारायणको कलश यात्रा हनुमान ढोका ल्याइयो
चाँगुनारायणको कलश आज हनुमान ढोका ल्याइएको छ । चाँगुनारायणयको कलश यात्राको परम्परा अनुसार आज साउन शुक्ल द्वादशीका दिन चाँगुनारायणको कलश हनुमान ढोका ल्याइएको हो । चाँगुनारायणको कलशलाई चाँगुबाट मुलपानी, बौद्ध, चावहिल, नक्साल, कमलादी, रानीपोखरी हुँदै...





