राजनीति
-
२०८० चैत्र १५, बिहिबार
हाम्रो नेपाली पार्टी बागमति प्रदेश सरकारमा सामेल
अन्ततः हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री दावी गर्दै आएको हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी भएको हो । पार्टीका संसदीय दलका नेता शैलैन्द्र मान...
-
२०८० चैत्र ८, बिहिबार
रास्वपाका चार सांसदलाई तोकेको जरिवाना बदर
राष्ट्रिय स्वतन्त्र पार्टीका ४ सांसदलाई निर्वाचन आयोगले तोकेको जरिवाना उच्च अदालतले बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र टीकाराम आचार्यको इजलासले बिहीबार आयोगले जरिवाना गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।...
-
२०८० चैत्र ६, मंगलबार
प्रधानमन्त्री दाहालद्वारा गृहमन्त्री लामिछानेको बचाउ
प्रधानमन्त्री पुष्पकमल दाहालले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धान गर्नुपर्ने नदेखिएको बताउनुभएको छ । प्रतिनिधिसभामा लामिछानेको विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा लामिछानेको बचाउ गर्दै विषयलाई राजनीतिक...
-
२०८० चैत्र ४, आइतबार
बागमति प्रदेश सरकारको नेतृत्वमा हाम्रो नेपाली पार्टीको दावी
लौरो चुनाव चिह्न वाहक हाम्रो नेपाली पार्टीले प्रदेश सरकारको गठनको लागि कुनै दल वा गठबन्धनलाई समर्थन नगर्ने जनाउँदै सरकारको नेतृत्व दावी गरेको छ । पार्टीले विज्ञप्ती जारी गर्दै गत चैत्र ३ र ४ गते बसेको केन्द्रीय कमिटीको वैठकबाट प्रदेशको सरकार...
-
२०८० चैत्र २, शुक्रबार
प्रतिनिधि सभा बैठकमा काँग्रेसको अवरोध
प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले बैठकको कार्यसूचि अनुसार गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय...
-
२०८० फाल्गुण ३०, बुधबार
प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको छ । बुधवार प्रतिनिधिसभा बैठकमा १५७ मत प्राप्त गरी उहाँले विश्वासको मत लिनुभएको हो । २६८ जना सांसदहरु रहेको बैठकमा प्रधानमन्त्री दाहालले बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको...
-
२०८० फाल्गुण २९, मंगलबार
गठबन्धन उम्मेदवार नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्ष
राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । उहाँ ३९ मत प्राप्त गरी विजयी हुनुभएको हो । राष्ट्रिय सभामा रहेका ४ दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । एमाले, माओवादी केन्द्र,...
-
२०८० फाल्गुण २८, सोमबार
राष्ट्रियसभा अध्यक्षमा दुई जनाको उम्मेदवारी
भोलि हुने राष्ट्रियसभा अध्यक्ष चुनावका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता हुनेहरुमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएको हो । दाहालको प्रस्तावकमा...
-
२०८० फाल्गुण २४, बिहिबार
गठबन्धन तोड्नुपर्ने मुख्य कारण कांग्रेस : प्रम दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन तोड्नुको कारण कांग्रेसलाई दोष दिएको छ । प्रतिनिधिसभाको आजको वैठकलाई सम्बोधन गर्दै दाहालले नेपाली कांग्रेसकै कारण सत्ता सहयात्रा तोड्नु परेको तर्क गर्नुभएको छ । उहाँले कांग्रेस महासमितिको बैठकले पारित गरेको...
-
२०८० फाल्गुण २२, मंगलबार
काँग्रेसले माओवादीलाई दिएको समर्थन फिर्ता
नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा मंगलवार अपरान्ह बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो...
-
२०८० फाल्गुण २१, सोमबार
माओवादी–एमालेको नयाँ सरकार, आजै तीन मन्त्रीको शपथ
नेपाली कांग्रेस र माओवादी नेतृत्वको सत्ता गठबन्धन भत्किएसँगै नयाँ मन्त्रिमण्डलका लागि गृहकार्य शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारै सरकारमा एमालेलाई सहभागी गराएर सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने बुझिएको छ । जसअन्तर्गत...
-
२०८० फाल्गुण २०, आइतबार
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना सहित २० सदस्य आजबाट विदा
राष्ट्रिय सभाको ६ वर्षे कार्यकाल समाप्त भएका अध्यक्षसहित २० जना सदस्यहरुको पदावधि आजबाट सकिंदैछ । २०७४ सालमा निर्वाचित एमालेबाट अध्यक्ष बन्नु भएको गणेशप्रसाद तिमिल्सिना सहित ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एसबाट २, जसपाबाट १, स्वतन्त्र...
-
२०८० फाल्गुण १०, बिहिबार
संसद बैठकमा तीन मन्त्रीको राजीनामा माग
प्रतिनिधिसभाको आज बसेको आकस्मिक बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन जना मन्त्रीको राजीनामा माग गरेको छ । एमालेले विभिन्न विवादमा मुछिएका तीन जना मन्त्रीको राजीनामा माग गरेको हो । बैठकको आकस्मिक बैठकमा बोल्दै एमाले भौतिक पूर्वाधार तथा...
-
२०८० फाल्गुण ८, मंगलबार
कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेश
नेपाली काँग्रेसको महासमिति गोदावरीमा जारी बैठकको बन्दसत्र मंगलबारबाट सुरु भएको छ । महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेस भएका छन्। बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले...
-
२०८० फाल्गुण १, मंगलबार
जनयुद्ध प्रधानमन्त्री बन्न र सत्ता कब्जाका लागि मात्रै थियो : केपी ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्र्दै उहाँले यस्तो बताउनुभएको...
-
२०८० माघ १४, आइतबार
रास्वपा मध्यपुरको भाषण प्रशिक्षण कार्यक्रम सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरका स्थानिय नेता तथा कार्यकर्ताहरुलाई लक्षित एक हप्ते प्रखर भाषण कला तथा उद्घोषण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रास्वपा मध्यपुर थिमि नगर समितिले सिलसिला मिलाएर बोल्ने र औपचारिक कार्यक्रम सञ्चालन गर्ने...




