विजनेस
-
२०८० आषाढ २५, सोमबार
साउने ब्रत प्रारम्भ
तिथि अनुसार साउने सोमबारको व्रत आजदेखि शुरु भएको छ । साउने ब्रत शुरु हुने भएपछि पशुपतिनाथलगायत देशभरका शिव मन्दिरहरुमा दशनार्थीको भीड बढेको छ । पशुपति क्षेत्र विकास कोषले साउने ब्रतका लागि सबै तयारी गरिएको जनाएको छ । साउने सोमबारका लागि देशका...
-
२०८० आषाढ २४, आइतबार
मर्निङ वाक जाँदा लुटपाट गर्ने पाँच जना पक्राउ
मर्निङ वाकमा निस्किने महिलाको सुनको सिक्री लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंका विभिन्न ठाउँमा श्रृंखलाबद्ध लुटपाटमा संलग्न तिनीहरुलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।...
-
२०८० आषाढ २४, आइतबार
ज्याक माको कम्पनी एन्ट ग्रुपलाई एक अर्ब डलर जरिवाना
चिनियाँ अर्बपति ज्याक माको कम्पनी एन्ट ग्रुपलाई साढे सात अर्ब युआन अर्थात् लगभग एक अर्ब अमेरिकी डलर जरिवाना लागाएको छ । चीनको वित्तीय नियमनकारी निकायहरुले विभिन्न वित्तीय कानुन र निर्देशिकाहरूको पालना नगरेको भन्दै कम्पनीलाई उक्त जरिवाना लागाएको हो...
-
२०८० आषाढ २४, आइतबार
दक्षिण कोरियाली खेलाडि लि काङ्ग इन पीएसजीमा
दक्षिण कोरियाली मिडफिल्डर लि काङ्ग इनलाई पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अनुबन्ध गरेको छ । पीएसजीले २२ वर्षिया लिलाई स्पेनिस क्लब रियल मालोर्काबाट ५ वर्षका लागि अनुबन्ध गरेको हो । पीएसजीमा जोडिन पाउनु अविश्वसनीय रहेको उनको भनाइ छ । पीएसजीले समर...
-
२०८० आषाढ २४, आइतबार
फोल्डेबल स्क्रिन युक्त म्याकबुक ल्याउँदै एप्पल
एप्पलले फोल्डेबल स्क्रिन (फोल्ड गर्न मिल्ने स्क्रिन) म्याकबुक बजारमा ल्याउने भएको छ । हालै सार्वजनिक एक रिपोर्ट अनुसार कम्पनीले पनि फोल्डेबल स्क्रिन म्याकबुकमा काम गरिरहेको एप्पलले जनाएको हो । यसका लागि कम्पनीले आपूर्तिकर्ताहरूसँग छलफल गर्न थालेको छ...
-
२०८० आषाढ २४, आइतबार
इंल्याण्डलाई युरो यू–२१ च्याम्पियनसिपको उपाधि
इंल्याण्डले युरो यू–२१ च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार राति स्पेनलाई १–० गोलले हराउँदै इंल्याण्डले यू–२१ फुटबल प्रतियोगिताको उपाधि जितेको हो । पहिलो हाफको इन्जुरी समयमा कार्टिस जोन्सले इंल्याण्डको लागि निर्णायक गोल गरे । इंल्याण्डले लगभग ४०...
-
२०८० आषाढ २४, आइतबार
म्यानचेस्टर युनाईटेड छाड्ने डि गियाको घोषणा
इंग्लीस क्लब म्यानचेस्टर युनाईटेडका गोलकिपर डेभिड डि गियाले क्लब छाड्ने घोषणा गरेका छन् । ३२ वर्षीय डि गियाले नयाँ चुनौती लिने सही समय आएको बताउँदै म्यानचेस्टर युनाईटेड छाड्ने घोषणा गरेका हुन् । युनाईटेडमा १२ वर्ष बिताएका गोलकिपर जुनको अन्त्यसँगै...
-
२०८० आषाढ २४, आइतबार
दुषित पानीबाट झाडापखालाका विरामी बढ्यो
केहिदिन यता बर्षा सक्रिय हुँदा पानीजन्य रोग पैmलिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको अनुगमनमा पानीका विभिन्न स्रोतहरुमा फेकल कोलीफर्म भेटिएको जानकारी गराएको छ । सबैभन्दा बढी इनारको, त्यसपछि धारा, ट्यांकर, मेलम्ची र जारको...
-
२०८० आषाढ २४, आइतबार
गायक तामाङको अन्त्यष्टि आज
गायक तथा कलाकार रोविन तामाङको आज अन्त्येष्टि गरिँदै छ । गत मंगलबार बूढानीलकण्ठस्थित आफनै निवासमा मृत्यु भएका रकगायक तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको शव आज बिहान ८ बजेदेखि ११ बजेसम्म संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिने भएको छ । अन्तिम...
-
२०८० आषाढ २४, आइतबार
‘लम्पी स्किन’ रोग ७१ जिल्लामा फैलियो
गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगले महामारीको रुप लिन लागेको छ । अहिलेसम्म यो रोग ७१ जिल्लाका गाइभैंसीमा फैलिसकेको जनाएको छ । रोगका कारण अहिलेसम्म साढे २५ हजारभन्दा बढी गाइभैंसी मरेको तथ्यांक सार्वजनिक भएको छ । पशु सेवा विभागका अनुसार हालसम्म ६...
-
२०८० आषाढ २३, शनिबार
वरिष्ठ कलाकार गणेश सायमी जनस्तरबाट सम्मानित
नेपालभाषा आन्दोलनका अग्रज तथा वरिष्ठ एवं लोकप्रिय कलाकार गणेश सायमीलाई आज जनस्तरबाट नागरिक अभिनन्दन गरिएको छ । उहाँलाई अभिनन्द गर्न कलाकार राजेन्द्र शाक्यको संयोजनकत्वमा ५५ सदस्यीय समिति गठन गरेको थियो । सायमीले नेपाल भाषा तथा कलाकारिता क्षेत्रमा...
-
२०८० आषाढ २३, शनिबार
धान रोपाई( सिनाज्या) मा नेवाः दर्शन
धान रोपाई( सिनाज्या) मा नेवाः दर्शन को एक संघर्षबादी सिद्धान्त अपनाएको पाईन्छ । किसानहरु को लागि सिनाज्या एक मुख्य र महत्वपूर्ण काम हो । १. किसानहरु को लागि धान बाली एक मुख्य बाली हो । १.२. धान खेती गर्न धेरै मेहनत र परिश्रमयुक्त खेती भनेर मानीआएको...
-
२०८० आषाढ २२, शुक्रबार
अमेरिकी अर्थमन्त्री येलेन चीन भ्रमणमा
अमेरिकी अर्थमन्त्री जेनेट येलेन चीन भ्रमणमा गएकी छिन् । विश्वका दुई ठूला अर्थतन्त्रबीचको तनावपूर्ण सम्बन्ध र सञ्चार सुधार गर्ने उद्देश्यले येलेन बिहीबार बेइजिङ आइपुगेकी हुन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको दुर्लभ भ्रमण गरेको केही...
-
२०८० आषाढ २२, शुक्रबार
अभिनेता सारुख ताम्राकारको मृत्यु
अभिनेता सारुख ताम्राकारको मृत्यु भएको छ । उनी रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका हुन् । बिहीबार राति ३१ बर्षीय ताम्राकार घरको भर्याङको रेलिङमा झुण्डिएको अवस्थामा मृत फेला फरेको थियो । रेलिङमा प्लास्टिकको पाइपको पासो लगाइ झुण्डिएको अवस्थामा मृत...
-
२०८० आषाढ २२, शुक्रबार
गाँजा र गन्धक प्रहरी नियन्त्रणमा
कैलाली जिल्लाको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा ईलाकाबाट असार २१ गते सशस्त्र प्रहरीले करीव २९ के.जी. ५ सय ग्राम विष्फोटक पदार्थमा प्रयोग हुने गन्धकसहित भारत घर बताउने ४२ वर्षिय शिवा गुप्तालाई नियन्त्रणमा लिएको छ । साईकलमा राखेर भारतबाट अवैध...
-
२०८० आषाढ २२, शुक्रबार
स्कटल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स विश्वकपमा
नेदरल्यान्ड्सले आइसीसी विश्वकप स्थान बनाएको छ । नेदरल्यान्ड्सले आइसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको हो । बिहिबार भएको खेलमा स्कटल्यान्डले दिएको २ सय ७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२ दशमलब...




