विजनेस
-
२०७९ जेठ १५, आइतबार
लण्डनमा नेपाली फिल्म महोत्सव हुने
लण्डनस्थित नेपालीहरुको संस्था थर्ड आईले बेलायतको राजधानी लण्डनमा पाँच दिने ‘फिल्म महोत्सव’ को आयोजना गर्ने भएको छ । महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्म्सले शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सको घोषणा गरेको हो...
-
२०७९ जेठ १५, आइतबार
भागदौड मच्चिंदा ३१ को मृत्यु
नाइजेरियाको एउटा चर्चमा भएको परोपकारी कार्यक्रममा भागदौड मच्चिंदा ३१ जनाको मृत्यु भएको छ । नाइजेयरियाको दक्षिणी क्षेत्रमा रहेको पोर्टोहार्टकोर्ट चर्चमा कार्यक्रमका बीच खाना खानका लागि एउटा गेट तोडेर जाने क्रममा भागदौड मच्चिएको हो । सो चर्चमा खाना...
-
२०७९ जेठ १५, आइतबार
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत हुने
आगामी आर्थिक वर्ष २०७९÷८० को लागि सरकारले आज संघीय संसदमा बजेट प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे आर्थिक वर्ष २०७९÷८० को राजश्व र आय–व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नु हुनेछ । गत असारमा शेरबहादुर देउवाको नेतृत्वमा...
-
२०७९ जेठ १५, आइतबार
रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि
स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति पेरिसमा भएको फाइनल खेलमा रियलले इंग्लिस क्लब लिभरपुललाई १–० ले हराउँदै यो सिजनको युइएफए च्याम्पियन्स उपाधि जितेको हो । स्टेट डे फ्रान्स स्टेडियममा रियललाई जिताउन...
-
२०७९ जेठ १५, आइतबार
गणतन्त्र दिवस मनाईंदै
आज गणतन्त्र दिवस । दुई सय ३८ वर्ष लामो शाहवंश राज परम्पराको अन्त्य गरी मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको अवसरमा जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाईंदैछ । अघिल्ला वर्षहरुमा कोरोना महामारीको कारण गणतन्त्र दिवसमा औपचारिक...
-
२०७९ जेठ १३, शुक्रबार
कामपामा कम उमेरका मेयर र उपमेयर
काठमाडौ महानगरपालिकाले अहिलेसम्मकै कान्छो मेयर र कान्छी उपमेयर पाएको छ । काठमाडौं महानगर प्रमुखमा निर्वाचित ३२ वर्षीय बालेन्द्र साह महानगरका अहिलेसम्मकै कान्छो मेयर बनेका छन् । सत्तारुढ गठबन्धन सबै दलको मतबाट पनि नेपाली काँग्रेसकि उम्मेदवार सिर्जना...
-
२०७९ जेठ १३, शुक्रबार
काठमाडौं महानगरपालिकामा क–कसले वडाध्यक्ष पद जिते ?
स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाका ३२ वटै वडाको नतिजा घोषणा भइसकेको छ । निर्वाचन आयोगले घोषणा गरेको परिणाम अनुसार प्रमुखमा बालेन शाह तथा उपप्रमुखमा सुनिता डंगालेले जित हासिल गरेको छ । त्यस्तै महानगरपालिकाको ३२ वटै वडामा विजयी भएका...
-
२०७९ जेठ १३, शुक्रबार
काठमाडौं महानगरपालिकालाई विश्वकै सुन्दर र सांस्कृतिक सहर बनाउने नव प्रमुख तथा उपप्रमुखको प्रतिवद्धता
काठमाडौं महानगरपालिकाको नयाँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएको छ । त्यस्तै उपमेयरमा सुनिता डंगोल विजय भएको छ । निर्वाचन आयोगले हिजो साँझ सम्पन्न ३२ वटै वडाको मतगणनापछि बालेन शाह मेयर निर्वाचित हुनुभएको जनाएको हो । आयोगले आज विहान...
-
२०७९ जेठ १२, बिहिबार
कामपामा एसको पहिलो जित
काठमाडौ महानगरपालिका (कामपा) मा नेपाल (एकिकृत समाजबादी) ले पहिलो विजय झण्डा गाडेको छ । कामपा वडा नम्बर १५ को वडाध्यक्षका उम्मेदवार ईश्वरमान डंगोलसहित नेकपा (एस) को पुरै प्यानल जितेको छ । तीन हजार ४७४ मत पाउँदै वडाध्यक्ष पदमा ईश्वरमान विजयी हुँदा...
-
२०७९ जेठ १२, बिहिबार
कामपामा १३मा एमालेका ध्रुब नारायण विजय
काठमाडौ महानगरपालिका १३ मा नेकपा (एमाले)को पुरै प्यानलै विजय हासिल गरेको छ । वडाध्यक्ष पदमा एमालेका उम्मेदवार ध्रुब नारायण मानन्धर विजय भएका छन् । तीन हजार १२४ मत पाउँदै मानन्धर विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार...
-
२०७९ जेठ १२, बिहिबार
भोटो जात्राको साइत निकालियो
रातो मच्छिन्द्रनाथको रथ जात्रा आउँदो जेठ २१ टुङ्गिने भएको छ । आउँदो २१ गते शनिबार भोटो जात्रा गर्दै यस वर्षको जात्रा टुङ्गिने भएको छ । आजै जाह्वला जात्रा अर्थात जाउलाखेलमा रथ तान्ने साइत निकालिएसँगै भोटो जात्राको दिन पनि टुङ्गो लागेको हो । इतिटोलमा...
-
२०७९ जेठ १२, बिहिबार
कामपा १७ मा काँग्रेसबाट नवीन निर्वाचित
काठमाडौं महानगरपालिका वडा नम्बर १७ मा पनि नेपाली काँग्रेसको पुरै प्यानलले विजय हासिल गरेको छ । वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार नवीन मानन्धर विजयी भएका छन् । दुई हजार ७०८ मत पाउँदै मानन्धर कामपा वडा १७ को वडाध्यक्ष पदमा निर्वाचित भएका हुन्...
-
२०७९ जेठ ११, बुधबार
वडा २० मा पनि काँग्रेसले गाड्यो झण्डा
काठमाडौं महानगरपालिका वडा नम्बर २० पनि काँग्रेसले नै विजय झण्डा गाडेको छ । यस वडामा पनि काँग्रेसको पुरै प्यानल विजयी भएको छ । वडाध्यक्ष पदमा काँग्रेसका उम्मेदवार राजेन्द्र मानन्धर निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का...
-
२०७९ जेठ ११, बुधबार
कामपा १९ मा पनि काँग्रेसकै कब्जा
काठमाडौं महानगरपालिका वडा नम्बर १९ मा पनि काँग्रेसको पुरै प्यानल विजयी भएको छ । यस वडामा वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार राजेशकुमार श्रेष्ठ एक हजार २ सय मत पाउँदै विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार...
-
२०७९ जेठ ११, बुधबार
टेक्ससमा गोलीकाण्ड : १८ बालबालिका र शिक्षक सहित २१ जनाको मृत्यु
अमेरिकामा अर्को त्रासदीपूर्ण विद्यालय गोलीकाण्ड भएको छ । अमेरिकाको टेक्सस राज्यमा भएको गोलीकाण्डमा २१ जनाको मृत्यु भएको छ । टेक्ससको एक प्राथमिक बिद्यालयमा १८ बर्षिय एक युवकले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा १८ जना बालबालिका र शिक्षकसहित २१ जना...
-
२०७९ जेठ ११, बुधबार
कामपा १८ मा पनि एमालेको प्यानलै विजयी
काठमाडौं महानगरमा अहिले भित्री वस्तीहरुमा भने नेकपा एमालेको प्यानलले विजयी झण्डा गाड्न थालेको छ । कामपा १८ वडामा पनि नेकपा (एमाले) को पुरै प्यानल विजयी भएको छ । वडाध्यक्षमा निवर्तमान वडाध्यक्ष न्हुछेँकाजी महर्जन नै यस पटक पनि निर्वाचित भएका छन् ।...




