arin enterprises

समाज

  • २०७७ कार्तिक २९, शनिबार

    स्वर्गीय पत्रकार शाक्यको परिवारलाई एक लाख रुपैयाँ प्रदान

    नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय अग्रज पत्रकार विक्रम शाक्यको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । पत्रकार राष्ट्रिय दबूले शनिबार पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा एक श्रद्धाञ्जली सभाको आयोजना गरी सहयोग स्वरुप सो रकम प्रदान गरेको...

  • २०७७ कार्तिक २३, आइतबार

    भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्य

    भक्तपुरको लाकुलाछेँमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । भक्तपुर लाकुलाछेँ बस्ने ३५ वर्षीय राज भेलेको करेन्ट लागेर शनिबार मृत्यु भएको हो । सूर्यबिनायकको गुण्डुस्थित कृष्णमन्दिर नजिक आफ्नै निर्माणाधिन घरमा सिमेन्ट घोल्ने मेसिन खस्दा समाउने...

  • २०७७ कार्तिक २३, आइतबार

    हात्तीको आक्रमणबाट मृत्यु

    चितवन रत्ननगर नगरपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । रत्ननगर ६ बस्ने रौतहट चन्द्रपुर गैडाटार घर भएका ३६ वर्षीय हंसराज कुँवरको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । सोही ठाउँस्थित एनसिएन संघको पालुवा हात्तीलाई राष्ट्रिय निकुञ्जभित्र...

  • २०७७ कार्तिक २२, शनिबार

    आनन्दकुटीमा आइसोलेसन संचालन गरिने

    स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठमा आइसोलेसन संचालन गरिने भएको छ । काठमाडौं महानगरपालिका १५ वडाबासीका लागि उक्त बिद्यापीठको एउटा प्रयोगविहिन भवनलाई आइसोलेसनको रुपमा संचालन गर्न लागिएको हो । संघीय सांसद जीवनराम श्रेष्ठको नेतृत्वमा कामपा १५ वडाले...

  • २०७७ कार्तिक १९, बुधबार

    पूर्वसभामुख महरा पत्नीको कोरोना संक्रमणका कारण मृत्यु

    पूर्वसभामुख तथा संघीय सांसद कृष्णबहादुर महराकी श्रीमती सीता महराको कोरोना संक्रमणका कारण निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत उनको आज बिहान ६ः२५ बजे उनको निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत कार्तिक १३ गते...

  • २०७७ कार्तिक १५, शनिबार

    अक्टोबर ३१, आज विश्व शहर दिवस मनाईँदै

    आज अक्टोबर ३१ तारीख, यो दिन विश्वभरी विश्व शहर दिवस मनाइन्छ । यो वर्ष यस दिवसको नारा ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने रहेको छ । आज नेपालमा पनि विश्व शहर दिवस मनाईँदैछ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना...

  • २०७७ कार्तिक १३, बिहिबार

    आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

    धादिङ धुनिबेशी नगरपालिका वडा नम्बर ६ थाक्रेस्थित एक होटलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । थाक्रे गाउँपालिका वडा नम्बर १० बस्ने राम कुमार श्रेष्ठको होटलमा विद्युत सर्ट भई आज बिहान आगलागी भएको थियो । आगलागीमा करिब ४ लाख रुपैयाँ बराबरको...

  • २०७७ कार्तिक १३, बिहिबार

    कोरोनाका कारण मृत्यु हुने ९ सय नाघ्यो

    नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ सय नाघेको छ । पछिल्लो २४ घन्टामा थप १७ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९ सय ४ पुगेको छ । अहिलेसम्मको तथ्याङ्कको हिसाबले नेपालमा कोरोना संक्रमणबाट हुने मृत्यु...

  • २०७७ कार्तिक १३, बिहिबार

    विजुलीको पोलमा मोटरसाइकल ठोक्किएर चालकको मृत्यु

    बाराको बारागढिमा मोटरसाइकल दुर्घटना भई मोटरसाइकल चालकको मृत्यु भएको छ । बारागढी गाउँपालिका–५ सिंहासनी चोकस्थित सडकमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल चालक धर्वेन्द्र चौधरीको मृत्यु भएको हो । ना.४७ प १९ नम्बरको आफै अनियन्त्रित भई विजुलीको...

  • २०७७ कार्तिक १३, बिहिबार

    कैलालीमा दुर्घटनामा परी एक जनाको मृत्यु

    कैलालीको धनगढीमा भएको एक सडक दुर्घटनामा परी ६६ वर्षीय एक पुरुषको मृत्यु भएको छ । धनगढीको चटकपुरस्थित सडकमा बुधबार दिउँसो ना.३ ख ५५८५ नम्बरको ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको हो । दुर्घटनामा धनगढीकै सगंमटोल बस्ने ६६ वर्षीय बीर सिंह...

  • २०७७ कार्तिक १३, बिहिबार

    मध्यपुर थिमिमा मोटरसाइकल जलेर नष्ट

    मध्यपुर थिमिमा आज बिहान एउटा मोटरसाइकल जलेर नष्ट भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ मनहरा लोकन्थलीस्थित केश क्याफे नजिकै पार्किङ गरी राखेको मोटरसाइकल जलेर नष्ट भएको हो । लोकन्थलीमै बस्दै आएका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ घर भएका २४...

  • २०७७ कार्तिक १२, बुधबार

    कारको ठक्करबाट एकजनाको मृत्यु

    सप्तरीको कञ्चनरुपमा आज बिहान कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कन्चनरुप बरमझियास्थित सडकमा आज बिहान बिहान एउटा कारले ठक्कर दिँदा सोही स्थान बस्ने ७० वर्षीय तिलक सुरतको मृत्यु भएको हो । बा. १८ च ७७३४ नम्बरको कारको ठक्करबाट सुरतको घटनास्थलमै...

  • २०७७ कार्तिक १२, बुधबार

    आगलागीबाट करिब १ करोड रुपैयाँ बराबरको मेशिन जलेर नष्ट

    बाराको जितपुर सिमरामा कपडा फ्याक्ट्रीमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको मेसिन जलेर नष्ट भएको छ । सिमराको छाता पिपरास्थित कोहिनुर स्टाईल कपडा फ्याक्ट्रीमा मेसिन वेल्डिङ गर्ने क्रममा आगलागी भएको थियो । आगलागीमा परी सोही फ्याक्ट्रीमा काम...

  • २०७७ कार्तिक ११, मंगलबार

    आगलागीबाट २० लाख बढिको धनमाल जलेर नष्ट

    काठमाडौंको शंखमूलस्थित एक पेन्ट पसलमा आज बिहान आगलागी हुँदा २० लाख बढिको मालसामान जलेर नष्ट भएको छ । शंखमुल चोकस्थित पेन्ट्स पसल न्यूआरके ईन्टरप्राईजेजमा आगलागी हुँदा २० लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीमा पसलमा राखिएको...

  • २०७७ कार्तिक ११, मंगलबार

    सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

    काठमाडौंको महाराजगंजमा भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । सडकमा पार्किङ गरिराखेको एक मोटरसाइकलमा स्कुटर ठोक्किन गई स्कुटर चालक बुढानीलकण्ठ चपली बस्ने ४५ वर्षीय सन्दिप गिरीको मृत्यु भएको हो ।  सडकमा पार्किङ गरिराखेको बा.८४ प ५६४०...

  • २०७७ कार्तिक ९, आइतबार

    मोटरसाइकल दुर्घटनामा एलु घलेको मृत्यु

    ललितपुरको नख्खुमा भएको सडक दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ । ललितपुरको नख्खुस्थित सडकमा बा.८ च १५८१ नम्बरको कारले को.२९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २८ वर्षीय एलु घलेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका...

Pages