समाज
-
२०७७ पौष २२, बुधबार
कान्तिमा बालबालिका मानसिक स्वास्थ्य सेवा केन्द्र शुरु
कान्ति बाल अस्पतालमा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सेवा केन्द्र भवनको शुरुवात गरिएको छ । अस्पतालको ५९ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले भवनको उद्घाटन गर्नुभयो । सो अवसरमा...
-
२०७७ पौष २१, मंगलबार
छायाँ सेन्टर धम्की प्रकरण : दुवै पक्षबीच मिलापत्र
छायाँ सेन्टर प्रकरणले दिनहुँ नयाँ नयाँ मोडहरु लिइरहेका छन् । केही दिन अघि छायाँका कर्मचारीहरुले छायाँ सेन्टर रहेको स्थानमा कमलपोखरी पुनर्स्थापना गराउन लागिरहेका अभियन्ता भागवत नरसिंह प्रधानलाई धम्क्याएको कुरा आएको थियो । यसपछि अभियन्ता प्रधानले...
-
२०७७ पौष २१, मंगलबार
सम्पदा अभियन्ता भागवतलाई धम्की दिनेलाई कारवाहीको माग
छायाँ सेन्टरका मजदुरको सरोकार सम्वन्धमा भन्दै सम्पदा अभियन्ता भागवत नरसिंह प्रधानलाई धम्की दिएको भन्दै विभिन्न संघसंस्थाले यसको भत्सर्ना गरेको छ । विभिन्न २१ वटा संघसंगठनले संयुक्त विज्ञप्ती जारी गर्दै ऐतिहासिक सम्पदाको पुनर्स्थापनाको मागमा आन्दोलन...
-
२०७७ पौष २१, मंगलबार
सवारी दुर्घटनामा २ जनाको मृत्यु
झापामा बस र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा को.१ ख ६०९८ नम्बरको बस र प्र–१–०२–०४३ प ९२१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो । आज दिउँसो भएको दुर्घटना मोटरसाइकल...
-
२०७७ पौष २१, मंगलबार
भक्तपुरमा सडक बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु
भक्तपुरमा सडक बत्ती मर्मत गर्न पोलमा चढेका एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । सडक बत्ती मर्मत गर्न खटिएका सोही ठाउँ बस्ने दोलखा मेलुङ गाउँपालिका–५ का २३ वर्षीय राज कुमार बुढाथोकीको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको हो । भक्तपुर नगरपालिका–२...
-
२०७७ पौष १९, आइतबार
सम्पदा अभियन्ता भागवतलाई छायाँ सेन्टरका मजदुरबाट धमकी ?
हाल ठमेलस्थित छायाँ सेन्टर रहेको स्थानमा विगतमा ऐतिहासिक र धार्मिक महत्वको कमलपोखरी रहेको त्यहाँ ऐतिहासिक पुरातात्विक पोखरी नै कायम हुनुपर्ने भन्दै सम्पदा अभियन्ताहरु लागिरहेका छन् । छायाँ सेन्टर र कमलपोखरीको यो विषय हाल सर्वोच्च अदालतमा विचाराधीन...
-
२०७७ पौष १८, शनिबार
डोटीमा सडक दुर्घटनामा एक जनाको मृत्यु
डोटीमा भएको एक सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । डोटीको केआईसिंह गाउँपालिका–२ तिखातर फल्चुडामा आज बिहान ट्र्याक्टर सडकबाट खस्दा चालकको मृत्यु भएको हो । से.१ त २३१७ नम्बरको ट्र्याक्टर सडकदेखि अन्दाजी ७ सय मिटर तल खसेर दुर्घटना भएको थियो । सो...
-
२०७७ पौष १७, शुक्रबार
चितवनमा दुर्घटनामा परि महिलाको मृत्यु
चितवनको रत्ननगर नगरपालिका–७ मैनाहामा एको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । आज बिहान भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा पछाडी बसेकी महिलाको मृत्यु भएको हो । प्रदेश ३–०३–००२ प ११९१ नम्बरको मोटरसाइकल शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा...
-
२०७७ पौष १७, शुक्रबार
हलुका सवारी चालक तालिम सम्पन्न
प्रहरी जवानका लागि हलुका सवारी चालक तालिम शुक्रबार सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित २२औं समूहको तालिम सम्पन्न गरिएको हो । समापन कार्यक्रममा महाशाखाका प्रहरी...
-
२०७७ पौष १६, बिहिबार
टिपरले हान्दा २ जनाको मृत्यु
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० मा भएको एक सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुधबार राती काठमाडौं आयल स्टोरस्थित सडकमा बा.४ ख २५७७ नम्बरको टिपरले हान्दा बाटोमा हिँडिरहेका दुई जना पैदलयात्रीको मृत्यु भएको हो । दुर्घटनामा थापाथली बस्ने...
-
२०७७ पौष १५, बुधबार
संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी काम गरेको उपप्रधानमन्त्री पोखरेलको दावी
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले प्रभावकारी कामहरु गरेको दावी गर्नुभएको छ । नेपालमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि लकडाउन, निषेधाज्ञा लगायतका आवश्यक...
-
२०७७ पौष १४, मंगलबार
१७औं ज्यापु दिवस मनाईँदै
१७औं ज्यापु दिवस भोलि एक समारोहबीच मनाइने भएको छ । गत २०६१ सालदेखि यःमरि पुन्हिको दिनमा ज्यापु समुदायले मनाउँदै आएको ज्यापु दिवस भोलि काठमाडौंमा मनाउन लागिएको हो । यस वर्षको दिवस भने कोरोना संक्रमणको जोखिमका बीच राष्ट्रिय सभागृहमा सिमित व्यक्तिहरुको...
-
२०७७ पौष १४, मंगलबार
सडक दुर्घटनामा एक जना पुरुषको मृत्यु
वीरगंजको रेणुका पथ अगाडि सोमबार राती भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ना. ८ प ४५४ नम्बरको मोटरसाइकल ना.७ ख ५९२७ नम्बरको कन्टेनरमा ठोक्किन जाँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा बारा कोल्वी नगरपालिका–१० बस्ने ३२ वर्षीय उमेश चौधरीको...
-
२०७७ पौष १३, सोमबार
ललितपुरमा आगलागीमा लाखौंको धनमाल जलेर नष्ट
ललितपुरको ज्वागल स्थित एक टेलर पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । ललितपुर बस्ने ३२ वर्षीय नवाजसरीफको ज्वागलस्थित टेलर पसलमा आगलागी हुँदा करीब ७ लाख ९६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । नवाजसरीफ आइरन जोडी सटर बन्द गरी जाँदा...
-
२०७७ पौष १३, सोमबार
ट्राफिक नियन्त्रण तालिम समापन
प्रहरी हवल्दार तथा जवानका लागि संचालित एक सय ३७औं समूहको ट्राफिक नियन्त्रण तालिम सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा एक कार्यक्रमबीच तालिमको समापन गरिएको हो ।...
-
२०७७ पौष १३, सोमबार
मखन क्रियाशिल समूहमा सुजन विलासको नेतृत्व
काठमाडौंको ऐतिहासिक टोल मखनको मखन क्रियाशील समूहको दोश्रो साधारण सभा सम्पन्न भएको छ । संक्रमणको जोखिमको अवस्थामा समूहका पदाधिकारी र सदस्य लगायतको सिमित समूह मात्र भेला भएर कार्यक्रम सम्पन्न गरिएको हो । सभाले समूहको नयाँ कार्यसमिति पनि चयन गरेको छ ।...




