arin enterprises

समाज

  • २०७७ पौष १६, बिहिबार

    टिपरले हान्दा २ जनाको मृत्यु

    काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० मा भएको एक सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुधबार राती काठमाडौं आयल स्टोरस्थित सडकमा बा.४ ख २५७७ नम्बरको टिपरले हान्दा बाटोमा हिँडिरहेका दुई जना पैदलयात्रीको मृत्यु भएको हो । दुर्घटनामा थापाथली बस्ने...

  • २०७७ पौष १५, बुधबार

    संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी काम गरेको उपप्रधानमन्त्री पोखरेलको दावी

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले प्रभावकारी कामहरु गरेको दावी गर्नुभएको छ । नेपालमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि लकडाउन, निषेधाज्ञा लगायतका आवश्यक...

  • २०७७ पौष १४, मंगलबार

    १७औं ज्यापु दिवस मनाईँदै

    १७औं ज्यापु दिवस भोलि एक समारोहबीच मनाइने भएको छ । गत २०६१ सालदेखि यःमरि पुन्हिको दिनमा ज्यापु समुदायले मनाउँदै आएको ज्यापु दिवस भोलि काठमाडौंमा मनाउन लागिएको हो । यस वर्षको दिवस भने कोरोना संक्रमणको जोखिमका बीच राष्ट्रिय सभागृहमा सिमित व्यक्तिहरुको...

  • २०७७ पौष १४, मंगलबार

    सडक दुर्घटनामा एक जना पुरुषको मृत्यु

    वीरगंजको रेणुका पथ अगाडि सोमबार राती भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ना. ८ प ४५४ नम्बरको मोटरसाइकल ना.७ ख ५९२७ नम्बरको कन्टेनरमा ठोक्किन जाँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा बारा कोल्वी नगरपालिका–१० बस्ने ३२ वर्षीय उमेश चौधरीको...

  • २०७७ पौष १३, सोमबार

    ललितपुरमा आगलागीमा लाखौंको धनमाल जलेर नष्ट

    ललितपुरको ज्वागल स्थित एक टेलर पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । ललितपुर बस्ने ३२ वर्षीय नवाजसरीफको ज्वागलस्थित टेलर पसलमा आगलागी हुँदा करीब ७ लाख ९६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । नवाजसरीफ आइरन जोडी सटर बन्द गरी जाँदा...

  • २०७७ पौष १३, सोमबार

    ट्राफिक नियन्त्रण तालिम समापन

    प्रहरी हवल्दार तथा जवानका लागि संचालित एक सय ३७औं समूहको ट्राफिक नियन्त्रण तालिम सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा एक कार्यक्रमबीच तालिमको समापन गरिएको हो ।...

  • २०७७ पौष १३, सोमबार

    मखन क्रियाशिल समूहमा सुजन विलासको नेतृत्व

    काठमाडौंको ऐतिहासिक टोल मखनको मखन क्रियाशील समूहको दोश्रो साधारण सभा सम्पन्न भएको छ । संक्रमणको जोखिमको अवस्थामा समूहका पदाधिकारी र सदस्य लगायतको सिमित समूह मात्र भेला भएर कार्यक्रम सम्पन्न गरिएको हो । सभाले समूहको नयाँ कार्यसमिति पनि चयन गरेको छ ।...

  • २०७७ पौष १३, सोमबार

    किलाघः सांस्कृतिक पुचःको २० औं वार्षिकोत्सव मनाइयो

    किलाघः सांस्कृतिक पुचः २०औं वार्षिकोत्सवको अवसरमा सांस्कृतिक बाजा गुरुहरुको सम्मान गरिएको छ । संस्था स्थापनाको २० वर्ष पुरा हुनुको साथमा नेपाल संवत् ११४१ नयाँ वर्ष र १७औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा वाद्यगुरुको साथमा संस्थाको स्थापनाका लागि...

  • २०७७ पौष १३, सोमबार

    पत्रकार महासंघका संस्थापक अध्यक्ष श्रेष्ठलाई पत्रकार दबूले सम्झे

    नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचान दिइनुपर्ने मागसहित शिक्षाविद् एवम् पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको एक सय ५औँ जन्मजयन्ती मनाइएको छ । कार्यक्रममा नेपाल पत्रकार संघ गठन गरी संगठनको शुरुवात गर्नुभएका पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार...

  • २०७७ पौष ११, शनिबार

    टीपरले हानेर मोटरसाइकल चालकको मृत्यु

    चितवनको रत्ननगरमा ट्रीपरले मोटरसाइकललाई ठक्कर मोटर साइकल चालकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–३ विद्युत चोकमा भएको दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट बुङताङ बस्ने २५ वर्षीय सुब बहादुर तामाङको मृत्यु भएको हो । विद्युत चोकको सडकमा ना.६ ख २३९८...

  • २०७७ पौष ११, शनिबार

    बल्खुमा सडक दुर्घटनामा एक जनाको मृत्यु

    काठमाडौंको बल्खुमा भएको एक सडक दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको छ । बल्खुमा गाडीको ठक्करले पैदलायत्री गोरखा लाकलुङ गाउँपालिका–५ का हाल काठमाडौं कीर्तिपुर बस्ने ५४ वर्षीय काले आले मगरको मृत्यु भएको हो । बा.१६ च २९१५ नम्बरको गाडीको ठक्करबाट मगर...

  • २०७७ पौष ९, बिहिबार

    सवारी दुर्घटनामा बालकको मृत्यु

    बारामा आज बिहान भएको एक सवारी दुर्घटनामा एक वर्षीय बालकको मृत्यु भएको छ । जितपुरको सिमरा उपमहानगरपालिका–१९ स्थित सडकमा ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने सदाम देवानका १ वर्षीय छोरा समिर देवानको मृत्यु भएको हो । लु.२ त २२४६ नम्बरको ट्याक्टरको...

  • २०७७ पौष ९, बिहिबार

    आगलागीमा साढे २ करोड रुपैयाँ बराबरको धनमाल नष्ट

    धनुषामा एउटा डिपार्टमेन्ट स्टोरमा आगलागी हुँदा करीब साढे २ करोड बराबरको धनमाल जलेर नष्ट भएको छ । जनकपुरको शिवचोकमा रहेको रहेको मिथिला डिपार्टमेन्ट स्टोरमा आज बिहानी आगलागी भएको हो । जनकपुरमै बस्ने हरिकान्त मिश्रको स्टोरमा आगलागी हुँदा कस्मेटिक,...

  • २०७७ पौष ९, बिहिबार

    भाइरस म्यूटेशन सधैं डरलाग्दाे नहुन तर कहिलेकाहिँ भन्न नसकिने डा. दिक्षितकाे भनाइ

    जनस्वास्थ्यविद् डा. समिरमणि दिक्षितले हाल बेलायतमा देखिएकाे नयाँ प्रकारकाे काेराेना भाइरस अरू भाइरसभन्दा कडाभन्ने कुनै प्रमाण नभएकाे बताएका छन् । ट्वीटरमा ट्वीट गर्दै डा.  दिक्षितले नयाँ प्रकारकाे याे भाइरसमा अरूभन्दा म्यूटेशन धेरै देखिएकाे र चाँडै...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    सप्तरीमा सडक दुर्घटनामा परी एकजनाको मृत्यु

    सप्तरीमा मोटरसाइकल र ट्र्याक्टर एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सप्तरीको सुरुङगा नगरपालिका–४ कन्कपुरस्थित सडकमा प्रदेश २–०१–००१ प ५२६४ नम्बरको मोटरसाइकल स.१ त ३०८६ नम्बरको ट्याक्टरमा ठोक्किन गएको थियो । दुर्घटनामा मोटरसाइकल चालक...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    मोटरसाइकल ट्रकमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

    दाङको राप्ती गाउँपालिकामा भएको सडक दुर्घटनामा परी अनिल चौधरीको मृत्यु भएको छ । सोमबार राति राप्ती–८ बिजौरीस्थित सडकमा रा.३ प १३७३ नम्बरको मोटरसाइकल लु.१ ख ७००६ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक राप्ती–७ अननपुर...

Pages